News

Oct 4, 2011

डेनमार्कमा पहिलो महिला प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोपनहेगन (डेनमार्क) , आश्विन १७ - अधिकांश क्षेत्रमा महिलाको बर्चश्व रहेको डेनमार्कमा हेले थ्रनिङ स्मित पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । ४४ बर्षकी हेले सोमबार डेनमार्कको ४२ औं प्रधानमन्त्री बनेकी हुन् । उनी सन् २००५ देखि सोसियल डेमोक्रेट पार्टी अध्यक्ष हुन् । यूरोपियन संसदमा १९९४ देखि ९७ सम्म डेनमार्कको प्रतिनिधि भएर काम गरेकी उनले पोलिटिकल साइन्स र यूरोपियन स्टडिजमा मास्टर गरेकी छन् । गत सेप्टेम्बर १५ मा सम्पन्न आम निर्बाचनमा सोसियल डेमोक्रेट पार्टीको गठबन्धन रेड ब्लकको विजयीसंगै हेलेलाई इतिहास रच्ने मौका मिल्यो । रेड ब्लक गठबन्धनमा सोसियल डेमोक्रेट पार्टी, रेडिकल लेफ्ट, सोसियल फल्के पार्टी र यूनिटी पार्टी छन् । रेड ब्लक गठबन्धनमा सहभागी चार घटकमध्ये सरकारमा तीन वटामात्र सहभागी भए । गठबन्धनमै रहेर काम गर्ने बताउने यूनिटीले सरकारमा भने नजाने बताएको छ । हेलेले सोमबारनै २३ सदस्यीय मन्त्रीमण्डल समेत बनाएकी कोपनहेगन पोष्टले उल्लेख गरेको छ । मन्त्रीमण्डलमा १४ पुरुष र नौ जना महिला छन् । रेडिकल पार्टीकी अध्यक्ष मार्गरेट भेस्टागर इकोनमी एण्ड इन्टिरियर मन्त्री भएकी छन् । उनी मन्त्रीमण्डलमा बर्यता क्रममा दोस्रो स्थानमा छिन् । यसैगरी सोसियल फल्के पार्टी अध्यक्ष बिल्लि सोन्ड्याल परराष्ट्र मन्त्री भए ।
प्रधानमन्त्री भएपछि उनले गठबन्धनकोमात्र सरकार नभएर डेनिसबासीको सरकार भएको र सबैसंग मिलेर काम गर्ने बताइन् । बि्रटिस नागरिक स्टेफेन किनकसंग विवाह गरेकी हेलेका श्रीमान वल्ड इकोनमी फोरमका डाइरेक्टर छन् । हेलेका दुइजना छोरी छन् । कोपनहेगन पोष्टका अनुसार उनका बाबु होल्गर र आमा ग्रेटे राजनीति पृष्ठभूमिका देखिदैनन् । बाबु होल्गर गणित बिषयका प्राध्यापक तथा नेशनल इकोनमीको एडभाइजर थिए । तर, उनका सासू ससुरा भने राजनीतिज्ञ हुन् । सासू ब्यारेन र ससुरा नेल बि्रटिस लेबर पार्टीमा उच्च ओहदामा थिए । सासू यूरोपियन संसदमा मन्त्री समेत भइसकेकी हुन् । हेलेले पढाइसंगै राजनीति सुरु गरेकी बताइन्छ । । गत सेक्टेम्बरमा तात्कालिन प्रधानमन्त्री लार्स लुक रासमुसेनको भेन्स्टर पार्टीको गठबन्धन ब्लु ब्लकलाई हराउदै रेड ब्लक गठबन्धन विजयी भएको थियो । संसदीय उक्त निर्बाचनमा रेड ब्लकले ८९ सिट र ब्लु ब्लकले ८६ सिट ल्याएको थियो । पुरुषभन्दा महिला अगाडी छन् भनिने डेनमार्कमा महिला प्रधानमन्त्री भएपछि महिला अझ उत्साहित भएका छन् । 'यहाँ महिला नै अगाडी छन्, राष्ट्र प्रमुख पनि माहारानीनै छन्' टिना भ्यास्कडले भनिन् 'म यति खुसी छु प्रधानमन्त्री पनि महिला भइन् ।' सरकारमा सहभागी रेड ब्लक गठबन्धनमा चार पार्टीमा तीन पार्टीका अध्यक्ष महिला छन् ।

Oct 3, 2011

साहित्य महासंघ विश्व साहित्य सम्मेलनको तयारीउन्मुख

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२८ सेप्टेम्बर ११, विश्व नेपाली साहित्य महासङ्घको नियमित ईबैठक केन्द्रिय अध्यक्ष डा. मधु माधुर्यको अध्यक्षतामा सम्पन्न भयो । भर्खरै सम्पन्न विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता सन् २०११ को बारेमा समिक्षा ग¥यो । विश्वका १९ वटा मुलुक र नेपालका २७ जिल्लाबाट लगभग १८२ कविहरुको सहभागिता रहेको प्रतियोगिता भब्यतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्यो । साहित्य महासंघको साउदी अरेयिबा शाखा, रसिया शाखा, प्रवासी नेपाली साहित्य समाज ब्रुनाई, नबोदित साहित्यिक मोवाइल पुस्तकालय कतार, अनेसास युएइ लगायत ब्यक्तिगत रुपबाट आर्थिक सहयोग गर्नुहुने सबैलाई धन्यवाद प्रस्ताव पारित ग¥यो । विश्वभरको स्रष्टा र साहित्यिक संघसंस्थाहरु माझ आफ्नो उपस्थिती जनाउन महासंघले पहिलो चरणको कार्यक्रम अन्तर्गत उक्त प्रतियोगिताको आयोजना गरिएको जनाएको छ । अब दोस्रो चरणमा महासंघले साहित्यिक मुखपत्र प्रकाशनको शुरुवात गर्ने निर्णय गर्यो । विश्वभर फैलिन्दै गएको साहित्य महासंघको शाखाहरुलाई ब्यवस्थित गर्ने तथा विश्व साहित्य सम्मेलन गर्ने सम्बन्धमा पनि ब्यापक छलफल भयो । साहित्य महासङ्घले प्रत्येक महिनाको २८ तारिख इबैठक तथा साहित्यिक कार्यक्रम गर्दै आएको छ ।

लिम्बुवानको राजनैतिक परिस्थिति र सांगठानिक गतिविधि बारे छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/पान्थरे लुङा
पान्थर फेदेन २०६८ असोज १३,लिम्बुवानको समसामयिक राजनैतिक परिस्थिति र सांगठानिक गतिविधि सम्बन्धी छलफल गर्दै फेदेन नगरस्तरीय भेला २०६७ असोज १३ गते फेदेन नगरमा मञ्चसम्बद्ध संघीय लिमबुवान राज्य परिषद फेदेन नगर समितिको आयोजनामा फेदेन बजारमा सम्पन्न भएको छ ।
उक्त भेलामा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद केन्द्रीय सचिवालय सदस्य दिलेन्द्र कुरुम्बाङले आफ्नो पार्टी लिम्बुवानमा मात्र नभएर काठमाडौं उपत्यका र देशबाहिर समेत विस्तार भएको जानकारी गराउनुभयो । उहाँले पार्टी गतिविधि बारे जानकारी गराउँदै तीव्ररुपमा संगठन विस्तार भइरहेको र जनतामाझ लोकप्रिय हुँदै गएकोले सबैलाई यसै पार्टी एकढिक्का भएर लाग्न आग्रह गर्नुभयो । उपस्थित महानुभावहरूले राख्नुभएको जिज्ञासाको जवाफ दिंदै कुरुम्बाङले मञ्चसम्बद्ध संलिरापले लोकतन्त्र, समाजवाद र सह-अस्तित्वलाई आफ्नो मार्गनिर्देशक सिद्धान्तका रुपमा लिएको बताउनु भयो ।
यसैगरी, लिम्बुवानका केन्द्रीय सदस्य संगम खनालले मञ्चसम्बद्ध संलिराप आदिवासी जनजाति, महिला, मधेशी, मुश्लिम र पिछडिएका समुदाय र क्षेत्रको लागि लड्ने पार्टी भएकोले सबैलाई पार्टीमा आबद्ध हुन आग्रह गर्नुभयो । उक्त भेलामा संघीय लिम्बुवान महिला परिषदका केन्द्रीय सदस्य राधिका आङदेम्बे, पान्थर जिल्ला अध्यक्ष लाबाहाङ चेम्जोङ, जिल्ला सचिवालय सदस्य चन्द्रराज आङदेम्बे, अर्थ-सचिव अमिर लिम्बू, जिल्ला सदस्यहरू बृजहाङ आङदेम्बे, खगेन्द्र आङदेम्बे, दुर्गा नेम्बाङलगायतको उपस्थिति रहेको थियो ।
उक्त भेलाले सजिव योङयाको अध्यक्षतामा पछि तीन जना सदस्य मनोनित गर्ने गरी १८ सदस्यीय फेदेन नगर समिति निर्माण गरेको छ । समितिको उपाध्यक्षहरूमा बलबहादुर राई र अन्द्रवीर मगर, सचिवमा विक्रम नेम्बाङ र अर्थ-सचिवमा पूर्ण तुम्बापो रहेका छन् भने सदस्यहरूमा गौरव लामा, वीरबहादुर केरुङ, चन्द्रविक्रम आङदेम्बे, टंक मुखिया, शान्ता राई, अस्मिता तुम्बापो, तुलसी तुम्बापो, सन्तकुमार सेवा, लक्ष्मण श्रेष्ठ, वीरबहादुर श्रेष्ठ, पुष्पा तुम्बापो, सुवास राई र कुमार मुखिया रहनुभएको छ । नवगठित समितिले चाँडै सम्पूर्ण वडाहरूमा वडास्तरीय भेला गरी छलफल कार्यक्रमसहित संगठन विस्तार गर्ने निर्माण गरेको छ । हालै सरकारद्वारा घोषित फेदेन नगरपालिकामा पहिलेका चोकमागु र सिवा गाविसहरूलाई समेत समावेश गरिएकोले सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी समिति निर्माण गरिएको छ ।

विशेष सुरक्षा योजना फिर्ता लिन माग गर्दै सञ्चारमन्त्रीले प्रधानमन्त्रीलाई पत्र लेखे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन १६ - मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष एवं सञ्चार मन्त्री जय प्रकाश प्रसाद गुप्ताले प्रधानमन्त्री वावुराम भट्टराईसँग तराईमा लागु विशेष सुरक्षा योजना फिर्ता लिन आग्रह गरेका छन् । सञ्चार मन्त्री गुप्ताले आइतवार मन्त्री परिषद्को वैठकमा प्रधानमन्त्री भट्टराईलाई विशेष सुरक्षा योजना फिर्ता लिन लिखित आग्रह गरेका हुन् । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकालदेखि तराईमा विशेष सुरक्षा योजना लागु छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र माओवादीसँग भएको चार सुत्रिय सम्झौताको एउटा बुँदामा तराईको विशेष सुरक्षा योजनालाई परिमार्जन गरिने उल्लेख छ । 'यो योजनाको अनुसार मधेसमा हाल एक प्रकारको अघोषित ईमर्जेन्सी जस्तै छ', सञ्चार मन्त्रीले भने । विशेष सुरक्षा लागु भएयता खरखजाना ऐन अन्तर्गत सात सय ९० जना जेलमा छन् । विशेष सुरक्षा योजना लागु भए यता गैर न्यायिक हत्या अन्तर्गत सशस्त्र समूहवाट करिव एक सय २८ र पुलिसवाट एक सय ३३ हत्या भएको समेत उनले जनाए ।
हालको अवस्थामा हात हतियार खरखजाना कानुन अनुसार प्रहरीले कुनै व्यक्तिको विरुद्घ केस खडा गर्दा त्यो केस प्रमुख जिल्ला अधिकारी नजिक जाने व्यवस्था छ । प्रजिअलाई त्यसमा जमानत दिने कुनै कानुनी अधिकार भने छैन । 'यसैले सात सय ९० जना दुई अढाई वर्षदेखि जेलमा छन,' गुप्ताले भने, 'प्रजिअले त्यसको मुद्दाको फैसला समेत गर्दैनन् ।' उनले यो विषयलाई लिएर संयुक्त राष्ट्रसंघ मानव अधिकार उच्च आयोगले गम्भिर आपत्ति व्यक्त गरेको समेत वताए । 'तराईमा विशाल संख्यामा गैर न्यायिक हत्या भइरहेको छ र कानुनको दुरुपयोग भइरहेको छ, भन्ने कुरा मानव अधिकार उच्च आयोगको थियो,' मन्त्री गुप्ता भन्छन् ।
हालै यसै विषयमा सर्वोच्च अदालतमा परेको रिट निवेदनको फैसलालाई औंल्याउँदै गुप्ताले भने, 'सर्वोच्चले हात हतियार तथा खर खजना कानुन अन्तर्गत प्रजिअलाई अधिकार दिनु संविधानको भावना विपरीत रहेको वताएको छ ।' सर्वोच्चले आफनो फैसलामा यो कानुनलाई एकै पटक हटाउदा समस्या हुन सक्ने भएकोले सरकारलाई यसको पुनरावलोकन गर्न समेत भनेको छ ।

तमलोपा नेताद्वारा चार बुँदे राष्ट्रघाती भन्नेलाई मधेसमा प्रतिकार गर्ने धम्की

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १६,भौतिक योजना तथा निर्माण मन्त्री एवम् तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले चार बुँदेलाई राष्ट्रघाती भन्नेलाई मधेसमा प्रतिकार गरिने धम्की दिएका छन्। प्रतिगमन आधा सच्चियो भनेर राजाको शासनमा सहभागी हुने एमालेले चार बुँदेको विरोध गर्न नसुहाउने पनि उनले बताए। कङ्ग्रेस, एमाले र माओवादीको एउटा समूहले चार बुँदेको विरोध गरेकोमा आपत्ति जनाउँदै उनले चार बुँदे सहमतिले मुलुकलाई अग्रगमनतर्फ लैजाने दाबीसमेत गरे। सधैं सत्ता र शक्तिमा बस्दै आएको एमालेले सत्ता नपाएर विरोधमा उत्रेको दाबी गर्दै मन्त्री त्रिपाठीले सत्ताकुण्ठाबाट एमाले ग्रसित भएको बताए। उनले सरकारले शान्ति प्रक्रिया टुङ्ग्याउन दशैंलगत्तै सेना समायोजनको रोडम्याप (मार्गचित्र) विशेष समितिमा पेश गर्ने तयारी भइरहेको पनि बताए। रिपोर्टर्स क्लब नेपालले आइतबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा मन्त्री त्रिपाठीले शान्ति प्रक्रियाअन्तर्गतको सेना समायोजनसम्बन्धी विषय समेटेर विशेष समितिमा रोडम्याप पेश गर्ने आन्तरिक गृहकार्य भइरहेको पनि बताए।
उनले भने- माओवादी र मधेसी मोर्चाले शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पुर्‍याउन आन्तरिक गृहकार्य गरिरहेका छन्। कङ्ग्रेस र एमालेले सहयोग नगरे पनि हामीले शान्ति प्रक्रिया एकतर्फीरुपमा अगाडि बढाउँछौं। शान्ति प्रक्रिया अगाडि बढेपछि कङ्ग्रेस र एमालेले सहयोग नगरी सुःखै छैन। मन्त्री त्रिपाठीले दशैं बिदामा तयार हुने शान्ति प्रक्रियासम्बन्धी रोडम्यापलाई कङ्ग्रेसले पनि सहयोग गर्ने आश्वासन दिएको बताए।
कङ्ग्रेसले शान्ति प्रक्रियाको रोडम्यापलाई सहयोग गर्ने सङ्केत दिएको उल्लेख गर्दै मन्त्री त्रिपाठीले भने- एमालेले सहयोग नगरे पनि अब शान्ति प्रक्रियाले गति लिनेछ। 'संविधानसभा निर्वाचनपछि सबैभन्दा धेरै सत्ताको नेतृत्व एमालेले गरेको छ, सहयोग गर्ने बाध्यता एमालेलाई छ, ' उनले थपे- सरकारका तर्फबाट प्रस्तुत हुने रोडम्याप शक्ति सन्तुलनका लागि आधारसमेत हुनेछ। मन्त्री त्रिपाठीले मधेशी मोर्चाले माओवादी नेतृत्वको सरकारलाई जोखिम मोलेर सहयोग गरेको दाबी गरे। त्रिपाठीले भने- बाबुराम भट्टराईलाई जोखिम मोलेर सहयोग गरेका छौं, यसलाई विशेष गरेर कङ्ग्रेस र एमालेले सहयोग गर्नै पर्छ। यद्यपि त्रिपाठीले जोखिम मोलेर बाबुराम भट्टराईलाई सहयोग गर्नुपर्ने कारणका बारेमा भने केही खुलाएनन्। प्रधान मन्त्री बाबुराम भट्टराईले ४५ दिनभित्र शान्ति प्रक्रयाले ठोस प्रगतिसहित अघि बढ्ने भनेर दिएको अभिव्यक्ति माओवादी वा मधेसी मोर्चाका लागि मात्रै नभई समग्र मुलुक र जनताका लागि भएको दाबीसमेत गरे। हामीले ४५ दिन होइन, मङ्सिर १४ लाई ध्यानमा राखेर शान्ति र संविधानका लागि काम गरिरहेका छौं- उनले भने। मधेस र मधेसी समुदायले राष्ट्रिय राजनीतिको मूलधारमा आउन गरेको प्रयासलाई सिक्किमीकरण वा राष्ट्रियताको विरुद्ध जोडिएकोमा आपत्ति जनाउँदै त्रिपाठीले पूर्व राजावादी र घोर दक्षिणपन्थी शक्ति मिलेर मधेसलाई मूलधारमा आउन नदिने षड्यन्त्र गरिरहेको आरोप लगाए।

सभासद् ढुंगेललाई आममाफी नदिन राष्ट्रपतिसमक्ष परिवारको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १६,माओवादी सभासद् बालकृष्ण ढुंगेलविरुद्ध सर्वोच्च अदालतले गरेको सर्वस्वसहित जन्मकैदको फैसला आम माफी दिन सरकारले राष्ट्रपतिलाई गरेको सिफारिसप्रति मृतक उज्जनकुमार श्रेष्ठको परिवारले आपत्ति जनाएका छन्। श्रेष्ठको हत्या अभियोगमा ढुंगेललाई सर्वोर्च्चले २०६६ पुष १९ गते दोषी ठहर्‍याउँदै जन्मकैदको फैसला गरेको थियो। सोमबार रिपोर्टरस क्लबमा आयोजित कार्यक्रममा मृतककी दिदी साबित्री श्रेष्ठले अदालतले गरेको फैसला कार्यन्यवन नगरी हत्यारालाई सरकारले आम माफी दिए पीडिथ परिवार हत्यारालाई आफैँ कारबाही गर्न बाध्य हुने चेतावनी दिइन्। कार्यक्रममा सहभागी मृतकका छोरा निरज श्रेष्ठ लयातका परिवारले सरकारले गरेको सिफारिस अस्विकार गरी ढुंगेललाई आम माफी नदिन राष्ट्रपतिलाई आग्रह गरे। परिवारको आग्रह अस्विकार गरी सर्वोच्च अदलालतको फैसलाविपरीत हत्यारालाई आम माफी दिए परिवार कुनै पनि हदसम्म जानसक्ने र त्यसको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने चेतावनी दिए। २०५५ असार १० गते ढुंगेलले ओखलढुंगा तारकेराबारीका श्रेष्ठको गोली हानी हत्या गरेका थिए। २०५९ मंसि ६ गते श्रेष्ठको हत्यामा माओवादी सभासद् ढुंगेल संलग्न रहेको दाबी गर्दै किटानी जाहेरी दिने मृतकका दाजु गणेशकुमार श्रेष्ठको रामेछाप चाँगुटार बजारमा गोली हानी हत्या गरेको थियो। परिवार गणेशको हत्यामा समेत ढुंगले संलग्न रहेको दाबी गर्छ।

थाई प्रधानमन्त्रीको टि्वटर हृयाक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थाईल्याण्ड, आश्विन १६ - थाई प्रधानमन्त्री यिङ्लक सिनावात्राको टि्वटर एकाउण्ट हृयाक भएको छ । अन्तिम टि्वटमा लेखिएको छ, 'टि्वटरको सुरक्षा नगर्ने प्रधानमन्त्रीले देशको सुरक्षा कसरी गर्छिन् ?'
उनको टि्वटर हृयाक गरेर हृयाकरले ८ वटा टि्वट पोस्ट गरेको छ । सवै पोस्टमा प्रधानमन्त्री सिनावात्राको क्षमतामा प्रश्न उठाइएको छ । पूर्वप्रधानमन्त्री थाक्सिनकी बहिनी यिङ्लक जुलाईमा प्रधानमन्त्री निर्वाचित भएकी थिइन् । यहाँका सूचना तथा सञ्चार मन्त्रीले हृयाकर पत्ता लागिसकेको बताएका छन् ।