News

Jun 8, 2012

सिक्किममा पहिरो, सात नेपाली भाषीको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
काँकडभिट्टा, जेष्ठ २६ - भारतको सिक्किममा विहीवार राति पहिरो जाँदा एक घरका तीनसहित ७ जना नेपालीभाषिको मृत्यु भएको छ । पूर्वी सिक्किमको नाथाङ–माओङ क्षेत्रमा पहिरो जाँदा ७ नेपालीभाषीको मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । अविरल वर्षापछि गएको पहिरोले त्यस क्षेत्रको ८ वटा घर वगाएको थियो । सिक्किम प्रहरीलाई उद्धृत गर्दै नेपाली दैनिक अखवार हिमालय दर्पणले जनाएअनुसार पहिरोमा परी एकै परिवारका दिलमान, मणिमाया र टीका राईसहित महेन्द्य्र राई, नेहाल राई, चन्द्रकुमारी राई र मोहन राईको मृत्यु भएको हो । यसअघि गतवर्ष पश्चिम सिक्किममा गएको पहिरोमा परी १३ जना नेपालीभाषिले ज्यान गुमाएका थिए । यसैवीच सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले शुक्रवार पहिरो ग्रस्त क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको संचारमाध्यमहरुले जनाएका छन् ।

माओवादीले संविधान नै बन्न नदिएको पशुपतिशमशेर राणाको भनाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेठ २६,राप्रपाका नेता पशुपतिशमशेर राणाले माओवादीले एकदलीय टाइपको संविधान बनाउन खोजेको बताउँदै त्यस्तो सम्भावना नभएकाले बरु संविधान नै नबनाउने निर्णयमा पुगेको बताएका छन्। उनले एकजुट भएर यो सरकार ढाल्नुपर्छ भन्दै अहिलेसम्म प्रजातन्त्र नहारेको पनि उल्लेख गरे। उनले त्यसलाई विफल तुल्याउनुपर्ने पनि बताएका छन्। नेपाली कङ्ग्रेस-नेकपा एमालेसहितका सत्ताविरोधी २२ दलको गठनबन्धनले आयोजना गरेको शक्ति प्रदर्शनका क्रममा उनले यस्तो बताएका हुन। राणाले माओवादीले जसरी पनि दुई तिहाई ल्याएर एकदलीय संविधान बनाउने र त्यसैका आधारमा सधैंका लागि संविधान कब्जा गर्ने रणनीतिअन्तर्गत संविधान सभा विघटन गराएको पनि उनले दाबी गरे। अनि भने- तर हामी उसको यो प्रयासलाई कदापि सफल हुन दिने छैनौं। संविधान सभा विघटन भएको तेह्रौं दिनका दिन यो कार्यक्रम भएको बताउँदै उनले अब बाबुराम सरकारको दाहसंस्कार गर्नुपर्ने पनि उल्लेख गरे। यसअघि पूर्व प्रधान मन्त्री लोकेन्द्रबहादुर चन्दले माओवादीले नेपाली-नेपालीलाई लडाएर आपसमा अविश्वासको वातावरण सिर्जना गरेर धमिलो पानीमा माछा पक्डने प्रयास गरेको बताएका थिए। उनले माओवादीले सङ्घीयता र संविधान देखाउने दाँतका रुपमा मात्र प्रयोग गरेको पनि बताए। यसअघि नेपाली कङ्ग्रेसका नेता रामचन्द्र पौडेलले संविधान सभा विघटन हुनुको कारण सङ्घीयता नभई सत्ता भएको बताएका थिए। अनि माओवादीको सत्ता कब्जाको नियत पनि यसको कारण भएको दाबी गरेका छन्। उनले यो सरकार रहिरहेको भए विपक्षीहरुले अविश्वासको प्रस्ताव ल्याएर हटाउने भएकाले संविधान विघटन गरेर लामो समय टिक्ने दाउ रहेको पनि बताए। माओवादी अध्यक्ष दाहालले संविधान सभामा अल्पमत-बहुमतको खेल सुरु भएकाले संविधान सभा बचाउन नसकिएको भनेबाट पनि यो प्रमाणित भएको उनको भनाई थियो। सङ्घीयता र समावेशिता प्रचण्ड पथका देखाउने दाँतमात्र भएको भन्दै उनले थपे- संविधान सभा माओवादीको रणनीतिमात्र थियो भन्ने उनीहरुकै शक्तिखोरको भिडियोले पनि प्रष्ट पारिसकेको छ। अहिले माओवादीलगायत केही दलले भ्रम फिँजाएजस्तो सङ्घीयता हुने कि नहुने भन्नेबारे कुनै विवाद नरहेको बताउँदै उनले प्रदेशहरु कसरी बनाउने भन्नेबारे मात्र विवाद रहेको बताए। अनि भने- माओवादीले चाहेको भए संविधान सभा विघटन हुँदैन्थ्यो र त्यो पनि मिल्थ्यो। सङ्घीयताबारे माओवादी अध्यक्ष र अन्य माओवादी नेतासमेत सहमत भई हात्तीवन सम्झौता भएको उल्लेख गर्दै पछि फेरि उनीहरुले विभिन्न बखेडा निकालेर त्यो सहमति तोडेपछि समस्या उत्पन्न भएको बताए। नेपालको झण्डा, नाम आदि फेर्ने बहुलठ्ठी कुराहरु ल्याएर वर्षौं संविधान सभाको समय बिताएकाले पनि संविधान नबनेको र त्यसमा माओवादी दोषी रहेको भनाई उनको थियो। कङ्ग्रेस नेता पौडेलले आफ्नो पार्टीले ५ प : पहिचान, प्रतिनिधित्व, प्रतिष्ठा, पहुँच र प्रगतिलाई महत्व दिएको पनि बताए। अनि भने- गल्ती स्वीकारेर सरकार सहमतिमा आएन भने उनीहरुलाई घोक्र्याएर पनि ल्याउने वातावरण बनाउने छौं। यसअघि नेपाली कङ्ग्रेसका नेता प्रकाशमान सिंहले माओवादीले निर्वाचनमा दुई तिहाई मत पाउने दाबी गर्नु सपनामात्र भएको बताएका थिए। उनले तेल, ग्यास, सुरक्षा जस्ता आधारभूत समस्यासमेत हल गर्न असक्षम माओवादीको यस्तो कल्पना धेरै परको कुरा भएको दाबी पनि गरे। खुलामञ्चको यो कार्यक्रममा सहभागी हुन राजधानीका विभिन्न स्थानबाट जुलुससहित भेला हुने क्रम जारी छ। भेलाका कारण राजधानीको यातायात पनि प्रभावित बनेको छ। खुलामञ्चमा राजनीतिक दलका नेताहरुले सम्वोधन गर्ने क्रम जारी छ। पार्टीका झन्डासहित कार्यकर्ताहरु कार्यक्रमस्थलमा पुगेका छन्। भाषण सुन्न पुगेकाहरुलाई पालमुनि बस्ने व्यवस्था मिलाइएको छ। कङ्ग्रेसको सुन्धाराबाट, एमालेको भृकुटीमण्डप, राप्रपा र राजपाको नक्साल, चुरे भावरको न्युप्लाजा, नेकपा मालेको गौशाला, जनता दलको लैनचौर र बाँकी दलले भद्रकालीबाट जुलुससहित खुलामञ्च पुग्ने कार्यक्रम तय भएको थियो।

इराकको पूर्वशासक सद्धामका सहयोगीलाई मृत्युदण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बगदाद - इराकले पूर्वशासक सद्धाम हुसेनका सचिव तथा प्रमुख सुरक्षाकर्मी अबिद हमिद महमुदलाई मृत्युदण्ड सजाय दिएको छ । इराकको न्याय मन्त्रालयका प्रवक्ता हैदर अल सादीले अबिदलाई फाँसी दिइएको बताएका थिए । मन्त्रालयले हत्या गरेको अपराधमा दिइएको निर्णय कार्यान्वय गरेको हो । सन् २००३ मा अमेरिकाले गरेको आक्रमणमा अबिदलाई चौथो स्थानको लक्ष्यको रुपमा लिइएको थियो । पूर्वराष्ट्रपति सद्धाम तथा उनका दुई छोरा उदय तथा कुसेपछिको स्थानमा उनको नाम आउँथ्यो । अबिदलाई सन् २००३ को जुन १६ मा पक्राउ गरिएको थियो र सन् २०१०को अक्टोबर २६ मा उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । सिया मुसलमान धार्मिक समूहमाथि सन् १९८० मा गरेको दमनका लागि उक्त निर्णय सुनाइएको हो । सद्धामलाई सन् २००६ को डिसेम्बर ३० मा मृत्युदण्ड दिइएको थियो । सद्धाम हुसेनले अबिदलाईसँगै लिएर हिँड्थे । अबिदले सद्धामका आदेश सुनाउने गर्थे ।

काँग्रेस र एमालेको आमसभा जनजाती सभासद्ले बहिस्कार गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
काङ्ग्रेस–एमाले लगायतका २२ दलहरुले सरकारविरुद्ध आज गर्न लागेको शक्ति प्रदर्शन जनजाती नेताहरुले बहिष्कार गर्ने भएका छन् । नयाँ संविधानमा जनजातिको अधिकार सुनिश्चित गर्न नेतृत्व तह सकारात्मक नभएको भन्दै असन्तुष्ट जनजाति नेताहरुले आजको विरोधसभा बहिष्कार गर्न लागेका हुन् । नेपाली काङ्ग्रेसका नेता ईन्द्रबहादुर गुरुङ्ले आफ्नो पार्टी आदिवासी जनजातिको मुद्दामा सहमत नभएकोले विरोधसभा बहिष्कार गरिने जानकारी दिए । पहिचान स्वीकार गरी जनजातिका मुद्दामा सहमति नजनाएसम्म पार्टीका कुनै पनि कार्यक्रममा सहभागी नहुने उनले बताए । यसैगरी नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ्ले सरकारविरुद्धको आन्दोलन एजेण्डाविहीन भएको भन्दै एजेण्डाबिनाको आन्दोलनमा सहभागी नहुने प्रतिक्रिया दिएका छन् ।

Jun 7, 2012

अध्यक्ष दाहाल र वानका बिशेषदूत ताम्राटबीच भेट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेष्ठ २५,माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र संयुक्त राष्ट्र सङ्घका महासचिव वान कि मुनका विशेषदूत स्यामुअल ताम्राटबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बिहीबार भएको भेटमा पछिल्लो समयमा विकसित नेपालको राजनीतिक घटनाक्रम र संविधानसभाबाट संविधान नबनेको विषयमा छलफल भएको थियो । भेटमा विशेषदूत ताम्राटले संविधानसभाबाट संविधान बन्न नसक्नु दुःखद् भएको बताउँदै राजनीतिक दलहरुले सहमतिमै नेपालको भाग्य र भविष्यको फैसला गर्नुपर्नेमा जोड दिनुभएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए । सो अवसरमा अध्यक्ष दाहालले राजनीतिक दलहरुका बीचमा सङ्घीयताको विषयमा सहमति हुन नसक्दा संविधान बन्न नसककेको बताउँदै पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान बनाउनका लागि केही राजनीतिक दलहरु सहमत नभएका कारण देशले निकास पाउन नसकेको बताए । संविधानसभाबाटै संविधान निर्माण गर्नका लागि माओवादीले हदैसम्मको लचकता अपनाए पनि अन्य राजनीतिक दलहरु तयार नहुँदा समस्या पैदा भएको र संविधानसभा विघटन भएको उनले बताए । राजनीतिक दलहरुको सहमतिमै आगामी दिनको यात्रा तय गरिने उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसभन्दा बाहेक अरु कुनै विकल्प नरहेकोसमेत बताए । सो अवसरमा ताम्राटले राजनीतिक दलहरुबीच नयाँ सहमति गरेर देशलाई अगाडि बढाउनका लागि अनुरोध गरेका थिए । भेटमा सेना समायोजन र शान्ति प्रक्रियाको विषयमा पनि कुराकानी भएको बताइएको छ ।

तस्लिमाको आलोचनाको घेरामा पूनम र सन्नी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मुम्बई, जेठ २५ (एजेन्सी)-बंगलादेशी विवादास्पद लेखिका तस्लिमा नसरिनले हट मोडल पूनम पाण्डे र बलिउडमा भित्रिएकी पोर्न स्टार सन्नी लिओनको कडा आलोचना गरेकी छिन्। पूनम पाण्डे र सन्नी लिओनलाई भारतमा आवश्यकताभन्दा बढी महत्व दिदै गरेको उनले बताएकी छिन्। एउटा पोर्न स्टारलाई जसरी सेलिबृटी बनाएर महिमामण्डित गरिदै छ, त्यसले युवतिहरूमा गलत सन्देश प्रवाह भइरहेको तस्लिमाले बताएकी छिन्। 'यही क्रम जारी रहने हो भने तपाइहरूको छोरी इन्जिनियर, डाक्टर, अध्यापक नभएर पोर्न स्टार बन्ने सपना बुन्न थाल्ने छन्।' तस्लिमाले बताएकी छिन्।' तस्लिमाले टि्वटरमा आफ्नो असन्तुष्टि व्यक्त गर्दै भनेकी छिन्,'एउटा पोर्न स्टार सन्नी लियोनलाई भारतमा यतिका महत्व किन दिइदै छ? यस अघि तस्लिमाले पूनम पाण्डेको बारेमा लेखेकी थिइन्-पूनम पाण्डे नग्न भइसकेकी छिन् तर उनको मन अझ पनि भरिएको छैन। उनको फोहरो कृयाकलाप अझ पनि जारी रहने छ।

अफगानिस्तानमा भएको आत्मघाती आक्रमणमा कम्तिमा २२ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
काबुल (अफगानिस्तान), जेठ २४ (एजेन्सी)-दक्षिणी अफगानिस्तानको वजारमा बुधबार भएका दुई विस्फोटमा परी कम्तिमा २२ जनाको मृत्यु भएको छ भने ५० जना जति घाइते भएको अधिकारीहरूले बताएका छन्। ससाना पसलहरू नजिकै अमेरिकाको नेतृत्वमा रहेको गठबन्धन सेनाको कन्दाहार एयर फिल्डमा रसद पुर्‍याउने ट्रकहरू रोकिराख्ने स्थानमा भएको उक्त विस्फोटको जिम्मेवारी तालिबानले लिएको छ। वम वोकेको व्यक्तिले पहिला आफ्नो मोटरसाइकलमा विस्फोट गराएको थियो। त्यसपछि मानिसहरू हताहत भएकाको उद्धारका लागि आए। त्यतिनै बेला उसँगै भएको अर्को बम विस्फोट भएको कान्दाहार क्षेत्रका प्रवक्ता जावेद फैजलले बताए। उनले दुबै विस्फोटमा परी २२ जनाको मृत्यु भएको तथा ५० जना घाइते भएको बताए। मृतक सबै साधारण नागरिक भएको उनले बताए। तालिवानका प्रवक्ता कारी युसुफ अहमदीले त्यो आक्रमणको जिम्मेवारी लिएका छन्। उक्त विस्फोट अफगान सेनाको शिविरभन्दा लगभग ५ सय मिटर पर भएको थियो।