News

Apr 24, 2009

तस्करहरूव्दारा सामुदायिक वन फँडानी तीव्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तस्करले रूपन्देही देवदह क्षेत्रका सामुदायिक वन फँडानी तीव्र पारेका छन् । तस्करहरू वन फँडानी गर्न बन्दुक लिएर आउन थालेपछि उपभोक्ता टुलुटुलु हेरेर बस्न विवश छन् । हतियारसहित सुरक्षाकर्मी नखटाएसम्म वन फँडानी नियन्त्रण गर्न नसकिने उपभोक्ताले बताएका छन् । वन-तस्कर हतियार बोकेर आउन थालेपछि उपभोक्ताले वनमा गस्ती गर्न छाडेका छन् । वन फँडानीमा उपभोक्ताको समेत सहयोग रहेकाले नियन्त्रण गर्न गाह्रो भएको स्थानीयवासीले बताएका छन् । देवदह गाविसमा दर्ता भएका, दर्ताको प्रक्रियामा रहेका र प्रस्तावित गरी १५ वटा सामुदायिक वन छन् । स्मृति सामुदायिक वनका पदाधिकारीले तस्करसँग मिलेर वन फँडानी तीव्र पारेपछि उपभोक्ता समिति विघटनको तयारीमा छन् । यहाँका बुद्ध सामुदायिक वन, स्मृति सामुदायिक वन र चरन कालिका सामुदायिक वनमा फँडानी बढी भएको उनीहरूले बताएका छन् । समितिका पदाधिकारीले वनमा गएर काठ बेच्ने गरेको उपभोक्ताको दाबी छ । देवदहका गाविस सचिव डिल्लीराज मरासिनीले वन समितिका पदाधिकारीकै मिलेमतोमा फँडानी बढेपछि जनतामा निराशा छाएको बताए । 'बन्दुक लिएर वन फँडानी गर्न आउँछन् जनताले के गर्न सक्छन् र ?' उनले नयाँ पत्रिकासँग भने, 'फँडानी नियन्त्रणबारे सातदलसँग पनि छलफल गरेका छौँ, तर हतियार लिएर फाँड्न आउनेलाई नियन्त्रण गर्न हतियारसहित सुरक्षाकर्मी पठाएमात्र सम्भव होला नत्र गाह्रो छ ।' वन फँडानी रातको समयमा बढी हुने गरेको सचिव मरासिनीले बताए । उनका अनुसार देवदहमा घोडाहा खोलादेखि उत्तरपट्टि र खैरेनीदेखि उत्तरपट्टको वनमा बढी फँडानी भएको छ । वन फँडानी बढेको अवस्थामा केही दिनअघि मात्रै दुई ट्रयाक्टर काठ जनताले समातेका थिए । जिल्ला वन कार्यालय रुपन्देहीका निमित्त प्रमुख शिवकुमार वाग्लेले वन फँडानी भएको जानकारी पाएपछि बुधबार हतियारसहित एउटा सवारीसाधनमा गस्तीका लागि टोली पठाएको बताए । रुपन्देहीमा धेरै सामुदायिक वन रहेको गाविसअन्तर्गत पर्ने देवदहमा चारवटा वनलाई समुदायमा हस्तान्तरण गरिएको रुपन्देहीका सहायक वनअधिकृत गिरिराज पन्तले बताए । एक सय ८० हेक्टर वन यी चारवटा सामुदायिक वनले ओगटेको छ । रुपन्देहीमा आठ हजार चार सय हेक्टर वन छ । ७९ वटा सामुदायिक वनले दर्ताका लागि विधान पेस गरेकोमा ६६ वटा वन हस्तान्तरण भएका छन् ।

मोसो दलेको घटनाप्रति विद्यार्थी तथा प्राज्ञिक क्षेत्रबाट विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
त्रिभुवन विश्व- विद्यालयका उपकुलपति प्रा.डा. माधवप्रसाद शर्मा र शिक्षाध्यक्ष सूर्यलाल अमात्यलाई बुधबार अनेरास्ववियु क्रान्तिकारीले मोसो दलेको घटनाप्रति विभिन्न विद्यार्थी संगठन तथा प्राज्ञिक क्षेत्रबाट विरोध भएको छ ।क्रान्तिकारीले उपकुलपति र शिक्षाध्यक्षमाथि अमर्यादित व्यवहार गरेको भन्दै अनेरास्ववियु, नेविसंघलगायतका संगठनले विरोध गरेका छन् । अनेरास्ववियुका महासचिव माधव ढुंगेलले बिहीबार प्रेस विज्ञप्ति जारी गरी घटनाको निन्दा तथा भत्र्सना गरेका छन् । नेपाल विद्यार्थी संघले पनि सो घटनाको विरोध गरेको छ । नेविसंघका अध्यक्ष प्रदीप पौडेलले माग पूरा गराउने नाममा क्रान्तिकारीले जंगली शैली अपनाएको बताए ।त्रिभुवन विश्वविद्यालयले पनि प्रेस विज्ञप्ति निकालेर अराजकपूर्ण व्यवहार भन्दै सो घटनाको भत्र्सना गरेको छ ।

पाकिस्तानको एक जिल्ला तालिवानको नियन्त्रणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पेसावर/ तालिवान विद्रोहीहरूले बिहीबार पाकिस्तानको एक जिल्लामाथि नियन्त्रण गरेका छन् । राजधानी इस्लामावादबाट करिब सय किलोमिटर टाढा रहेको बनेर जिल्लामा उनीहरूले पाँच जाँच चौकी खडा गरेका छन् । साथै मस्जिदहरूसमेत आफ्नो अधीनमा लिएका छन् । हतियारधारी सयौँ लडाकु सम्मिलित डपmफाले जिल्लालाई नियन्त्रणमा लिएपछि तालिवान गतिविधिबारे अन्तर्राष्ट्रिय क्षेत्रमा चासो बढेको छ । 'तालिवानहरूले बनेर जिल्लाका सडकमा गस्ती गर्न सुरु गरेका छन्,' स्थानीय प्रहरी अधिकारी रसिद खानले बताए । विद्रोहीहरूको नियन्त्रण अन्त्यका लागि स्थानीय जिल्ला प्रशासनका अधिकारीले तालिवानसँग वार्ता गरिरहेको उनले बताए । एक तालिवान कमान्डरले बनेर जिल्लामा सरिया कानुन कडाइका साथ लागू गर्ने बताए ।

एसिसी यू-१९ इलाइट कप क्रिकेटको विजय सुरुवात

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साविक चारपटकको विजेता नेपालले एसिसी यू-१९ इलाइट कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कुवेतमा बुधबारदेखि सुरु भएको प्रतियोगिताको समूह 'बी' को खेलमा नेपालले साउदी अरेबियालाई १ सय ३७ रनको विशाल अन्तरले पराजित गरेको हो । नेपालको जितमा बायाँहाते बलर अमृत भट्टराईले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे । म्यान अफ द म्याच अमृतले सानदार ८२ रनको अर्धशतकीय पारी खेलेपछि पहिलो ब्याटिङ गरेको नेपालले ४९ ओभरमा सबै विकेट गुमाई २ सय ३२ रनको योगफल बनायो । अमृतले ९३ बलको सामना गरी ९ चौका र २ छक्का प्रहार गरे । प्रत्युत्तरमा साउदी अरेबिया ३८ ओभर ३ बलमा ९६ रनमा समेटियो । लालबहादुर अधिकारी, सागर खड्का र अनिल मण्डलले उत्कृष्ट बलिङ गर्दै साउदी अरेबियालाई सस्तो रनमा अलआउट गर्‍यो । तीनैजना बलरले दुई/दुई विकेट लिए । यसैगरी, कप्तान ज्ञानेन्द्र मल्ल र पृथु बाँस्कोटाले एक/एक विकेट आफ्ना पोल्टामा राखे । साउदीलाई अली जमानले २० रनको सर्वाधिक पारी खेले । यसअघि, कप्तान ज्ञानेन्द्रले टस जितेर ब्याटिङ रोजेको नेपाली टोलीको ब्याटिङ निकै कमजोर भएको थियो । साउदीका वकारले पाँच विकेट लिइसक्दा नेपाल इनिङको एक समय ७६-७ कमजोर स्थितिमा थियो । नेपाललाई अमृत रोम -३२) र चन्द साउद (२८) साझेदारी गर्दै नेपाललाई २२१-९ को बलियो अवस्थामा ल्याए । यसैगरी, ज्ञानेन्द्र मल्लले २० रन जोडे । नेपाललाई अतिरिक्तिबाट ३२ रन प्राप्त भयो । प्रतियोगितामा खेल तालिका परिवर्तन भएपछि नेपालले अर्को खेल बिहीबार मलेसियासँग खेल्नेछ ।

सन् २००९ की कामुक महिला को होलिन् ?

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन् २००९ की कामुक महिला को होलिन् ? फुटबल स्टार एसले कोलकी पत्नी सेर्ले कोललाई एफएचएम म्यागेजिनले यो वर्षकै कामुक महिला भएको उल्लेख गरेको छ । गत वर्ष सर्वाधिक कामुक ठहरिएकी २२ वर्षीया मेगान फक्सलाई दोस्रो स्थानमा झार्दै सेर्लेले सबैलाई मुग्ध बनाएकी हुन् । कुनै पनि बि्रटिस सुन्दरीले कामुकताको ताज पहिरिएको तीन वर्षमा पहिलोपटक हो । बेलायती ट्याबोलाइट सनले कामुक घोषित गरेको केली हाजेल भने एचएचएमको नजरमा पाँचौ भइन् । नायिका एना फील फेरि कामुकताको सूचीमा शीर्ष दसभित्र पर्न सफल भएकी छिन् । पछिल्लो समय टेलिभिजन सो पुसिङ डाइजिज कार्यक्रमको सफलतासँगै उनको कामुकताले पनि सबैलाई प्रभावित पारेको हो । स्लमडग मिलिनियरीकी चर्चित नायिका फीदा पिन्टो चार्टको दसौं नम्बरमा परेकी छन् । एफएचएमको सो सूचीमा रहेका चर्चित व्यक्तित्वमा पmान्सेली राष्ट्रपति निकोलास सार्कोजीकी पत्नी कार्ला ब्रुनी पनि रहेकी छिन् । विश्वकै कामुक महिलाको सूचीमा उनी चालीसौं क्रममा रहेकी छिन् । आश्चर्यजनक रूपमा ब्रुनीले एभा लंगोरिया(४१औं) र पुसिक्याट डल्स गायिका निकोल स्क्राजिन्जर (६०औं) लाई कामुकताको सवालमा पछि पारिन् । बजारमा चर्चित पेरिस हिल्टन, जेनिफर लोपेज र किम्बर्ली स्टेवार्ट भने कामुकताको सूचीमा परेनन् । एफएचएम म्यागेजिनले विश्वभरिका दस लाख मानिसको मतका आधारमा कामुक महिलाको सूची सार्वजनिक गरेको हो ।
कामुकताको शीर्षमा दस सुन्दरी
१. सेर्ले कोल
२. मेगान फक्स
३. जेसिका अल्बा
४. ब्रिटनी स्पेयर्स
५. केली हाजेल
६. एड्रीयन लिमा
७. एलिसा कुटबर्ट
८. क्रिस्टिन क्रेउक
९. एना फील
१०. फीडा पिन्टो

'स्लमडग मिलेनियर' जोडी रेस्टुरेन्टमा चुम्बन लिप्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आफूहरूबीच प्रेससम्बन्ध छैन भन्दै आएका 'स्लमडग मिलेनियर' जोडी देव पटेल र फीदा पिटो चुम्बन गर्दागर्दै भेटिएका छन् । मिडियाले उनीहरूको प्रेमसम्बन्धका विषयमा चर्चा गर्दा आफूहरू सहकर्मी मात्रै भएको दाबी गर्दै आएका थिए । तर, इजरायलको एक रेस्टुरेन्टमा चुम्बन गरिरहेको अवस्थामा भेटिएपछि देव र फीदादाको गुपचुप सम्बन्धको विषयमा थप चर्चा सुरु भएको छ । फीदा सुटिङका क्रममा थिइन् भने देव उनको सुटिङ हेर्न पुगेका थिए । सुटिङ सकिएपछि साँझको समय डिनर गर्नेक्रममा रेस्टुरेन्टमा चुम्बनमा लिप्त हुन पुगे उनीहरू । कन्ट्याक्ट म्युजिक डटकमले उल्लेख गरेअनुसार उनीहरू अरूको वास्ता नगरी चुम्बनमा मस्त थिए । 'रेस्टुरेन्टमा खान आउने- जानेहरूको क्रम जारी थियो, तर सोही रेस्टुरेन्टको एउटा टेबुलमा बसेका यी जोडी चुम्बनमै मस्त थिए,' डटकमले उल्लेख गरेको छ । ओस्कार अवार्ड विजेता फिल्म 'स्लमडग मिलेनियर' मा सानो वेलाका साथीका चरित्र निर्वाह गरेका यी कलाकारको प्रेमप्रसंगले सिनेमाको सुटिङ भएलगत्तै चर्चा पाएको थियो । उनीहरूको सम्बन्ध गाढा भएको सोही फिल्ममा काम गरेका अर्का कलाकार अलिन कपुरले पनि स्विकारेका छन् । 'उनीहरूको सम्बन्ध देख्दा मलाई उनीहरूबीच केही होला भन्ने लागेको थियो, अहिले पुष्टि भयो,' अनिलले भने ।

Apr 23, 2009

प्रधानमन्त्री दलहरुको समर्थन लिन असफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली सेनाका प्रधानसेनापतिलाई पदबाट हटाउन अन्य दलहरुको समर्थन लिन गरेको प्रयास असफल भएको छ।बुधबार अवेर साँझ सकिएको संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक सेनापति कटवाललाई हटाउन अग्रसर देखिएको सरकार र त्यसको चर्को विरोध गरिरहेका अधिकांश गैरमाओवादी पार्टीहरु आमने-सामने हुने अवसर थियो।तर प्रधानसेनापति रुक्माङ्गद कटवालमाथि शुरु गरेको कारवाहीको पक्षमा दलहरुको समर्थन जुटाउने उदेश्यले गरिएको उक्त बैठकमा माओवादीले अधिकांश दलहरुको चर्को विरोध सामना गर्नु पर्‍यो।सेनापति हटाउन नदिन अभियान नै छेडेको मुख्य विपक्षी नेपाली कांग्रेसका एकजना नेता डा.प्रकाश शरण महतले भने, “गणतन्त्र स्थापनामा सघाएको सेनाका प्रधानसेनापतिले राज्य र सरकारको निर्देशनमा काम गर्ने स्पष्ट पारिसकेकाले त्यसलाई यहीँ टुंग्याएर निस्कासन गर्ने कुरा रोक्नु पर्ने हाम्रो धारणा राख्यौ।”त्यसअघि कांग्रेसको अगुवाइमा सरकारी कदम विरुद्ध मंगलबारदेखि एकजुट भएका गैरमाओवादी १६ दलले पनि संयुक्त बैठक गरी सेनापति हटाउन नदिने अडान कायम राख्ने निर्णय गरेका थिए।