News

Dec 15, 2009

अनलाइन नेपाली साहित्य मन्चले तीन स्रस्टालाई पुरस्कार प्रदान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अनलाइन नेपाली साहित्य मन्चले सोमबार राजधानीमा तीन स्रस्टालाई पुरस्कार प्रदान गरेको छ। मोफसलमा बसेर साहित्यकर्ममा निरन्तर क्रियाशील भोजपुरका राजेश राई, तनहुका सागर उदास र पाँचथरका ससेमी नाल्बो सेरेङलाई समालोचक डा. गोविन्दराज भट्टराईले सम्मान गर्नुभयो।अमर तु्म्याहाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भट्टराईले नेपाली साहित्यलाई अनलाइनमार्फत विश्वभर फैलाउन देशभित्र र बाहिर बसेका स्रस्टाहरूले ठूलो भूमिका निर्वाह गरेको बताउनुभयो।आयोजक संस्थाका विश्वासदीप तिगेलाले राजधानीबाहिर बसेर साहित्यकर्म गर्नेहरूलाई प्रोत्साहन गर्न यस खाले पुरस्कारको व्यवस्था गरेको बताउनुभयो।कार्यक्रममा रमेश पौडेल, हरिराज खेवा लिम्बू र पुरस्कृत स्रटाहरूले यस्ता सम्मान र पुरस्कारले मोफसलमा बसेर साहित्य सिर्जना गर्नेहरूलाई प्रोत्साहन मिल्ने बताउनुभयो।

अन्तरजातीय विवाह गर्ने जोडी गाउँनिकाला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दैलेख, सरकारले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप १ लाख दिने व्यवस्था गरे पनि पश्चिम दैलेखमा अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनको साटो गाउँबाट निकाला गरिएको छ। मंसिर १३ गते प्रेमविवाह गरेका नाउलेकटुवाल गाविस वडा नं. ९ का उपेन्द्र विक र सोही गाविस-८ की मीना खड्कालाई माइती पक्षकाले गाउँबाट निकालेका हुन्। भागेर नेपालगन्ज गएका अन्तरजातीय जोडीलाई खोज्न नेपालगन्ज नै पुगेपछि पुनः दैलेख सदरमुकाम आएको पीडितहरूले बताए। अन्तरजातीय जोडीले भने- ँएकान्त होटलमा बसेका छौं, यहाँ पनि फोनबाट धम्की आउन थाल्यो।’कक्षा १० मा पढ्दादेखि नै पे्रम रहेको बताउने उपेन्द्र र मीना सरकारले अन्तरजातीय विवाह गर्नेलाई पुरस्कार र सम्मान गर्ने व्यवस्था गरेपछि मात्र विवाह गरेको बताउँछन्। आँशु झार्दै मीनाले भनिन्- गाउँका फटाहाहरूले त कुरा बुझ्दैनथे, बाबुआमाले त कुरा बुझ्नुपथ्र्यो, उल्टै २ लाख ५० हजार लगेर भागेको आरोप लगाएका छन्।’दैलेखमा अन्तरजातीय बिहे गरेकै कारण ज्यान मार्ने धम्कीसहित गाउँ निकाला गरिएको उदाहरण यो मात्रै होइन। दैलेखमा यसअघि अन्तरजातीय विवाह गर्ने दलित युवाको परिवारले ६० हजार जरिवाना तिर्नुका साथै केटा बेपत्ता हुनुपरेको थियो। गैसस महासंघ दैलेखका सचिव अमर सुनारले अन्तरजातीय विवाह गर्ने दम्पतीलाई ससम्मान घरमा बस्ने वातावरण मिलाउन राजनीतिक दलहरूले सहयोग नगरेको गुनासो पोख्नुभयो। हाल पीडित सदरमुकामस्थित विष्णु होटलमा बसिरहेका छन्।

गोर्खाल्यान्ड क्षेत्रमा चारदिने आमहडताल शुरू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बिर्तामोड, दार्जिलिङमा छुट्टै राज्यको माग राख्दै आएको गोर्खा जनमुक्ति मोर्चाले सोमबारदेखि गोर्खाल्यान्ड क्षेत्रमा चारदिने आमहडताल शुरू गरेको छ। भारतको उत्तराञ्चलमा छुट्टै तेलंगना राज्य गठनको सरकारले प्रक्रिया शुरू गरेपछि थप आक्रोशित बनेको मोर्चाले आन्दोलनलाई निर्णायक मोडमा पुर्याउन आमहडतालको आ³वान गरेको जनाएको छ। सोमबार बिहानदेखि आ³वान गरेको आमहडतालका कारण पश्चिम बंगाल राज्यको पहाडी क्षेत्र दार्जिलिङ, कालिम्पोङ, खरसाङ, मिरिक र डुबर्स क्षेत्रको जनजीवन प्रभावित बनेको छ।भारत सरकारले तेलंगनासहित दुइ राज्यको गठन प्रक्रियालाई अघि सारेपछि आन्दोलित मोर्चाले यसै अवधिमा गोर्खाल्यान्ड राज्यको पनि प्रक्रिया अघि बढाउन माग गर्दै आएको छ। सरकारले तत्काल सकारात्मक कदम नचाले आन्दोलनलाई अझ कडा पार्दै लगिने मोर्चाका अध्यक्ष विमल गुरुङले बताउनुभयो।गोर्खाल्यान्ड राज्य प्राप्तिका लागि भोक हडतालजस्ता प्रभावकारी कार्यक्रम गर्दा पनि सरकारी धारणा नआएपछि आमहडतालको कार्यक्रम ल्याइएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो।यसअघि मोर्चा, पश्चिम बंगाल सरकार र केन्द्रीय सरकारबीच गोर्खाल्यान्ड राज्यबारे त्रिपक्षीय वार्ता हुने तय भएको छ।

टेलिफोनमै सकियो शिर्ष नेताहरुको बैठक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१५ डिसेम्बर, २००९,पटक पटक टेलीफोन गरी शिर्षबैठक बस्ने तयारी गरिरहेका तीन दलका प्रमुख नेताहरुको बैठक टेलिफोनमै सिमित भएको छ । दलहरुबीच सहमतिका लागि गठित कार्यदलले सहमति जुटाउन नसकेपछि तीन दल कांग्रेस एमाले र माओवादीका शिर्षनेताहरुको बैठक बसी आज सहमति जुटाउने भनिए पनि टेलिफोन वार्तामै बैठक स्थगित गर्ने सहमति भएको श्रोतले बताएको छ । कांग्रेस सभापति गिरिजाप्रसाद काइरालाको निवास महाराजगञ्जमा बैठक बस्ने बताइए पनि अन्त्यमा आएर स्थगित गरिएको हो । बैठक बस्ने तयारीका लागि तीनै दलका दोस्रो तहका नेताहरु दिनभर व्यस्त रहेपनि शिर्षनेताहरुलाई एकै ठाउँमा जम्मा पार्न भने असफल भए । यसअघि माओवादी अध्यक्ष प्रचण्डले आजै तीन दलबीच सहमति जुट्ने दाबी गरेका थिए । बैठक भोली बस्ने संभावना रहेको बताइएको छ ।

लिम्बुवानी महिलाहरु ऐतिहासिक राष्ट्रिय सम्मेलनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डी बी आङ्बुङ
मंसिर २९, २०६६, दमक, झापा,अरुको पार्टीमा लागेर वाक्क दिक्क भएका तथा सामाजिक संस्थागत कार्यमात्र गरेर नहुँने रहेछ भन्ने कुरा बुझेका लिम्बुवानवासी आदिवासी जनजाति महिलाहरु ''सम्पूर्ण लिम्बुवानवासी महिलाहरु स्वायत्तता र नारी मुक्तिका लागि एक होऔं'' भन्ने नाराका साथ लिम्बुवानको दमक झापामा प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलनका लागि जुटेका छन् ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद/संघीय महिला मञ्चअन्तर्गत् संघीय लिम्बुवान महिला परिषदको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन मंसिर २९ गते दमक, झापा लिम्बुवानमा सम्पन्न भयो । संघीय लिम्बुवान महिला परिषदका संयोजक निर्मला लिम्बूको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलन उद्घाटन सत्रको प्रमुख अतिथि मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन 'मिराक' बाट द्वीप प्रज्वलन गरेर च्याबु्रङ नाचसँगै यो सम्मेलनको समुद्घाटन गरिएको थियो ।लिम्बुवानका नौवटै जिल्ला झापा, मोरङ, सुनसरी, इलाम, पान्थर, ताप्लिजोङ, संखुवासभा, धनकुटा र तेह्रथुमका महिला प्रतिनिधि तथा पर्यवेक्षकहरु उपस्थित् रहेको यस सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्ने क्रममा नेपाल तामाङ घेतुङ संघका कल्पना तामाङले यस सम्मेलनले सम्पूर्ण आदिवासी जनजातिको आवाज बोक्ने नेतृत्वको चयन गर्नसकोस् भन्ने शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । विशिष्ट अतिथि थरुहट महिला परिषदका सदस्य चन्द्रकला चौधरी थारुले आदिवासी जनजाति महिलाहरु राजनीतिक लडाइँ लड्ने क्रममा थरुहटकालाई अभर र समस्या परेको बेलमा लिम्बुवान, खम्बुवान र तामाङसालीङले सर सहयोग गर्नुपर्दछ र लिम्बुवानलाई कुनै समस्या परेको बेलामा थरुहटवासीले सहयोग गर्नुपर्ने आवश्यकता औलाउनु भयो । त्यसैगरी, तमाम् आदिवासी जनजाति महिलाहरु एउटै संगठनको छातामुनि रहनुपर्ने कुरा बताउनु भयो । शुभकामना मन्तव्यको क्रममा विशिष्ट अतिथि खम्बुवान स्वायत्त परिषद -खम्बुवान डेमोक्रेडिक फ्रन्ट)को तर्फाट महिला विभाग प्रमुख पूर्णकुमारी खम्बूले आदिवासी जनजाति महिलाहरु पुरुषभन्दा पनि राज्य सत्तासँग लड्नुपर्ने आवश्यकता भएको औलाउनु भयो । आदिवासी महिलाहरु पनि आदिवासी पुरुषसँगै उनीहरुकै हारा हारीमा अघि बढ्नुपर्ने तथा तेत्तीस प्रतिशत होइन पचास प्रतिशत अधिकारका लागि संघर्ष गर्नुपर्ने बताउनु भयो । विशिष्ट अतिथि मञ्चसम्वद्ध तामाङसालीङ स्वायत्त राज्य पषिदका महिला विभाग प्रमुख बुद्धश्री लामाले यो लिम्बुवानको ऐतिहासिक सम्मेलन सिङगो आदिवासी महिलाहरुकै इतिहास र सवालमा ठूलो उपलब्धी हो भन्नु भयो । वहाँको मानवसमाजको विकासक्रमको प्रसङग जोड्दै आदिवासी महिलाहरु अन्यजस्तो शोषण र उत्पीडनमै त परेका होइनौं । तर, पछि हाम्रो समुदायमा पनि अन्य जातिका प्रभाव र दमनले विभेदित हुन पुगेका छौं । संसारमा महिलाहरु अधिकारका लागि संघर्ष गरिरहेको बेला हामी पनि चुप लागे र बस्नु हुन्न । राज्यले हामी हरेक जाति, वर्ग र क्षेत्रका महिलाहरुलाई एउटै बास्केटमा राखेर हेर्ने गरेको हुनाले पनि हामी आदिवासी जनजाति महिलाहरुको हक अधिकारलाई सम्मान र सम्बोधन गर्न सकेको छैन भन्नुभयो । त्यस्तै, विशिष्ट अतिथि संघीय महिला मञ्चका उपाध्यक्ष अमृता थेबेले जातीय तथा भूमि मुक्ति सो महिला संगठनको प्रमुख उद्देश्य भएको बताउँदै नयाँ किसिमको नेतृत्व र आन्दोलनले मात्र सिङहदरबालाई दबाव दिन सक्दछौं भन्नुभयो । लिम्बुवान महिलाहरु अधिकार खोज्ने क्रममा भएकोले त्यसको लागि सबभन्दा पहिले आफ्नो राजनीतिक अधिकारलाई स्थापित गर्नुपर्ने कुरा औलाउनु भयो । एनेकपा माओवादीका सभासद तथा राज्यको पुनर्संरचना राष्ट्रिय आयोगका सदस्य माननीय सीता थेबेले आदिम साम्यवादको युगमा वास्तवमै महिलाहरुनै परिवार र समाजको नेतृत्व गरेको कुरा बताउनु भयो । माननीय थेबेले राज्य पुनर्संरचनाको विषयमा बोल्दै यो केवल उत्पीडित जातिहरुको आँखा छल्ने विषय मात्रै भएको आरोप लगाउनु भयो । वास्तवमा अहिलेको राज्य सत्ताले देशलाई संघीय गणतन्त्रमा रुपान्तरण गर्न नचाहेको कुरा पनि बताउनु भयो । मञ्चसम्वद्ध संघीय लिम्बुवान परिषदका सचिवालय सदस्य मुक्कुम नेम्बाङले महिलाहरुको मुक्तिको सवालमा बोल्दै महिला मुक्तिको सवाल र महिलाहरुको अवस्था बारे संश्लेषण र विश्लेषण गरेर जानुपर्ने आवश्यकता औलाउनु भयो । के साँच्चै महिलाहरुलाई विभेद पार्ने र माथि उठ्न नदिने पुरुष मात्र हुन त ? के महिला मुक्तिको लागि राज्यसत्तामात्र बाधक छ त ? यस बारेमा पनि गम्भीर भएर समीक्षा गरेर अघि बढेर जानुपर्ने कुरा बताउनु भयो । अहिले हामी यसरी राजनीति गरिरहँदा हामी कुन राजनीतिक दर्शन र दृष्टिकोणबाट मुक्तिको बाटो अवलम्बन गर्दै जान्छौं त्यसबारेमा यस सम्मेलनले मार्गदर्शनको पहिचान गरेर जानुपर्ने बताउनु भयो । संघीय लिम्बुवान राज्य परिषदका सचिवालय सदस्य विसेन्द्र चेम्जोङले संघीय मञ्च, मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद र महिला परिषदको सम्बन्ध र संरचना बारेमा सहजीकरण गर्नुभयो । मंसिर २६ गते ए नेकपा माओवादीले लिम्बुवानमा कोचिला राज्य घोषणा गरेकोप्रति आपत्ति जनाउँदै यस बारेमा मुकाबिला गरेर अरुणपूर्व नौ जिल्ला लिम्बुवान प्राप्तिका लागि एक भएर आन्दोलनको आँधी बेहरी ल्याउनु पर्ने आवश्यकता औलाउनु भयो । विशिष्ट अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्षमण्डल सदस्य तथा संघीय महिला मञ्चका अध्यक्ष विष्णु तुम्बाहाङफेले उक्त महिलाको सम्मेलन पनि आन्दोलनकै रुपमा गर्नलागेको बताउनु भयो । राज्यसत्ताले कहिल्यै पनि हाम्रो आवाजहरु सुनुवाई गर्न खोजेको छैन । यर्सथ, हामी एकतावद्ध भई आन्दोलित हुनुको विकल्प नभएको कुरा राख्नु भयो । वहाँले संघीय लोकतान्त्रिक मञ्चको इतिहास, आन्दोलन र महत्वबारेमा पनि प्रकाश पार्नुभयो । सम्मेलन उद्घाटन समारोहका प्रमुख अतिथि कुमार लिङदेन 'मिराक' ले माओवादीद्वारा गरिएको कोचिला स्वायत्त राज्यको घोषणालाई त्यही दिनमा नै अवैध बनाइएको, केवल पे्रस विज्ञप्तिमार्फत् मात्र नभएर र्सार्वजनिक रुपमै हजारौ जनमासको सहभागितामा त्यसको विरोध र भर्त्सना गरिएको बताउनु भयो । लिम्बुवानमा भोलि लिम्बुवान स्थापना भएपछि सबैभन्दा पहिले घरेलु हिङ्साको अन्त्य हुनुपर्दछ । हामीले महिलाले पुरुषलाई र आदिवासीले गैर आदिवासीलाई गाली गलौच गर्नेभन्दा पनि हामी आफै कसरी मजवुत र एकतृत हुने भन्ने सम्बन्धमा चिन्तित एकतावद्ध भएर लागिपर्नुपर्दछ भन्नु भयो । परिषदका राष्ट्रिय पार्ष सदस्य शान्ता लोहोरुङले सञ्चालन गर्नुभएको यस कार्यक्रमको अन्तमा, सम्मेलन उद्घाटन सत्रका सभाध्यक्ष तथा संघीय लिम्बुवान महिला परिषदका संयोजक निर्मला लिम्बूले लिम्बुवान प्राप्तिपश्चात मात्र हामी महिलाहरुले चाहेको महिला मुक्ति पनि हुने र यसरी लिम्बुवानी महिलाहरुको राष्ट्रिय सम्मेलन धेरै पहिलै गर्नुपर्ने, तर ढिलो भए पनि यो सम्मेलन हुनसकेकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएर सम्मेलन उद्घाटनसत्रको समापन गर्नुभएको थियो ।

आदिवासी जनजातिका सभासद् र कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर २ घन्टापछि रिहाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर ३० जातीय आत्मनिर्णयको अधिकार माग गर्दै धर्ना बसेका आदिवासी जनजातिका सभासद् र कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर २ घन्टापछि छाडेको छ। मङ्गलबार दिउसो माइतीघर मण्डलमा धर्ना दिइरहेको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरिएको हो। आदिवासी जनजातिको बृहत् मोर्चाका तर्फबाट विभिन्न जातीय सङ्घ/संस्था र दल निकट जनजाति मोर्चाका कार्यकर्ता धर्नामा सहभागी थिए।मोर्चाले जातीय आत्मनिर्णयको अधिकार, राजनीतिक अग्रधिकारलगायत मागसहित धर्ना दिएको थियो।धर्नाबाट पक्राउ पर्नेमा माओवादीका सभासद् सुरेश आले मगर, गमबहादुर श्रीस मगर, कुमार राई र जनजाति महासङ्घका महासचिव तथा सभासद रामबहादुर थापा, कृष्णबहादुर भट्टचन, थारूहटका लक्ष्मण थारूलगायत् ७० भन्दा बढी थिए। उनीहरुलाई दुई घन्टापछि छाडेको सभासद् गमबहादुर श्रीसले बताए। । आदिवासी जनजाति बृहत मोर्चाको नाममा आज दिउँसो माइतीघर मण्डलामा चक्काजाम गरिरहेका झण्डै सात दर्जन प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको हो ।

Dec 14, 2009

नेपाली र भारतीय सुरक्षाकर्मीबीच विवाद सुनौली नाकामा बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर २९, नेपाली र भारतीय सुरक्षाकर्मीबीच विवादको कारण रुपन्देहीस्थित सुनौली नाकामा बन्द भएको छ। भारतीय सीमा सुरक्षा बल(एसएसबी)का जवानहरुले नेपाल भित्रने खोज्ने नेपालीसँग रकम माग गरेपछि विवाद भएको थियो। एसएसबीका जवालने कुटपिट गर्दा नेपाल प्रहरीका एक जनाव र २ सर्वसाधारण घाइते भएका छन् । सीमा बन्द भएपछि दुवै क्षेत्रमा यात्रीहरु आलपत्र परेका छन्। सीमामा जम्मा भएर नेपालीहरुले भारतीय सुरक्षाकर्मीविरुद्ध नारावाजी गरिरहेको स्थानीय शंकर तिवारीले नागरिकलाई जनाएका छन्।