News

Nov 9, 2010

फिफा रेफ्रीमा अब दुई नेपाली छानिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिका, कार्तिक २३ - सन् २०११ को फिफाको अन्तर्राष्ट्रिय रेफ्रीमा नेपालका पदमबहादुर भुजेल र सुदिशकुमार पाण्डे छानिएका छन् । एक महिलासहित कुल छ रेफ्री छन् । पाँचलाई यसै डिसेम्बर भित्र नियुक्त गरिने भएको छ भने एकमात्र महिला सिंगापुरकी अबिरामी अप्बाई नाइडुले नियुक्ति पाइसकेकी छन् । यी रेफ्री २००७ कै एएफसी प्रोजेक्ट फ्युचर रेफ्री ब्याचका भए पनि उमेरको हदबन्दीले ढिला भएको थियो । अन्तर्राष्ट्रिय रेफ्री हुन २५ वर्षको न्युनतम उमेर तोकिएको छ ।

हेलिकोप्टर दुर्घटना जाँचबुझ आयोग गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोलुखुम्बु जिल्लाको आमाडब्लम क्षेत्रमा आइतबार भएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाको जाँचबुझ कार्य गरी सुझावसहितको प्रतिवेदन सरकारसमक्ष पेस गर्न आज नेपाल सरकारले मन्त्रिस्तरीयको निर्णयानुसार पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिएको छ ।पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा गठित सो आयोगमा एयर डाइनेस्टी हेलि सर्भिसेज प्रालिका क्याप्टेन प्रमोदकुमार लामा, माउन्टेन हेलिकाप्टर प्रालिका वरिष्ठ इन्जिनियर दीपकराज कोइराला, एभिएसन मेडिकल बोर्डका संयोजक डा. रन्जित सिंह बराल र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव सुरेश आचार्य सदस्य सचिव रहनुभएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।सो आयोगको म्याद कार्य आरम्भ भएको मितिले ६० दिन रहने गरी तोकिएको मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

फेसबुकमा 'पोस्ट' गर्न नहुने १० कुरा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फेसबुकमा कति सूचना पोस्ट गर्नु राम्रो हुन्छ ? सोसल नेटवर्कको यो संजालमा राख्‍न हुने र नहुने कुराबारे विज्ञहरुले केही सुझाव दिएका छन् । डेभ ह्वाइटलेग्सले साथीभाईसँग भेटघाटका आधारमा फेसबुक रमाइलो भएपनि यो त्यत्तिकै डरलाग्दो पनि रहेको बताए। 'फेसबुकमा राखिने केही सूचना, तस्बिर आदिले तपाँईलाई खतरामा पार्न सक्छ। यतिसम्म कि अपराध वा त्यो भन्दा पनि डरलाग्दा कुरामा तपाँई जोडिनसक्नुहुन्छ।' उनले भने। डाटा मिनिङसम्वनधि यस्ता कतिपय कम्प्युटर प्रोग्राम छन् जसले जन्म मिति, फोन नम्बर या ठेगानको गलत प्रयोग गराइदिनसक्छ। उनले सुझाएका १० कुरा :
१.जन्म मिति र स्थानजन्म मिति र स्थानको सुचनाबाट पहिचान चोरी गर्न सजिलो हुन्छ। ठाउँ र मितिका आधारमा पासवर्ड अनुमान गर्न सकिनेमात्र होइन त्यसलाई फेर्न पनि सक्छन्
२.आमाको बाबुपट्टिको थरकतिपयले आमाको थरबाट तपाँईको वास्तविकता थाहा पाउन सक्छन्। उनीहरुले तपाँई पढेको स्कुल आदिको जानकारी यसैबाट थाहा पाउन सक्छन्।
३.ठेगानातपाँईले दिएको ठेगानाले तपाँईलाई सूचनाका चोरमात्र होइनन् घरमा आउने लुटेरालाई समेत सजिलो हुनसक्छ।
४.छुट्टिका कुरा
'म यति समय बाहिर छु' या '२ साता काठमाडौं बाहिर छु' जस्ता स्टाटसले तपाँई चोरलाई निम्ता दिइरहेको त दिइरहेको हुनुहुन्न ?
५.घरबारहिर निस्कने जानकारीछोटो समयका लागि तपाँई बाहिरिँदै गरेको कुराले चोरलाई सघाएकै हुन्छ।
६.असान्दर्भिक फोटोहरु जातीय घृणा,अश्लिल र कानुनले निषेध गरेका फोटोहरु नराख्‍नुस। तपाँईको हाकिमले तपाँईको फेसबुक स्टाटस हेरिरहेका हुनसक्छन्।
७.कमजोरी स्विकारआफ्ना कतिपय कमजोरी वा गल्तीलाई फेसबुकमा नराख्‍नुस्। यसले पूरै जीवनलाई विगार्न सक्छ। आफूले गरेका गल्तो वा कुनै केटा वा केटीसँग गरेका रोमान्सलाई पोस्ट नगर्नुस्।
८.फोन नम्बर फेसबुकमा फोन नम्बर राख्दा तपाँईलाई सामान बेच्न बसेकाहरुले हैरान पार्न सक्छन।
९.केटाकेटीको नाम पेडोफिलहरुले यस्तो पहिचानको दुरुपयोग गर्न सक्छन्। बच्चाको पहिचान सार्वजनिक गर्नु ठिक होइन।
१०.पूरै प्रोफाइलफेसबुकमा मात्र होइन, पोस्ट गरिएका प्रोफाइल गुगल सर्चमा पनि सजिलै फेला पर्छ। सबै कुरा खुलाएको प्रोफाइल राख्‍नु ठिक होइन। कुनै पनि कुरा सहि ठाउँमा मात्र दिनुपर्छ।

Nov 8, 2010

कियाचु हङकङको बलीहाङ तङनाम युनलङ र जोर्डनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/तान्छोहाङ लाओती
६ नोभेम्बर २०१० को दिन किरात याक्थुङ चुम्लुङ हङकङले आफ्नो पहिलो बलीहाङ तङनाम युनलङमा चुम्लुङको अध्यक्ष कृष्णराज लाओती र नेपाली महांसघको अध्यक्ष प्रदीप थापा द्वारा सयुक्त रुपमा मैनबती र के (च्याब्रुङ) साथै पेपर फायर्रवर्क गरि भव्यताका साथ वलिहाङ तङनामको सुवात गरेको छ । कि.या.चु. का कलाकार द्वारा लारिङगे नामलीङगे र विभिन्न गाना तथा नृत्य प्रस्तुत गरेर उपस्थित सम्पूर्ण लाई मनोरञ्जन र आफ्नो कला संस्कृतिको झलक देखाउन सफल भएको छ । त्यसैगरि ७ नोभेम्बर २०१० का दिन याक एण्ड यति रेष्टुरेण्ट जोर्डनमा पनि चुम्लुङले लारीङगे र नामलिङगे भब्यताका साथ सम्पन्न गरेको छ ।

स्वतः बढुवा समायोजन निर्णय दुर्भाग्यपूर्ण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक २२ - विशेष (स्वतः) बढुवा भएका ठूलो संख्याका कर्मचारीलाई पदोन्नति भएकै पदमा समायोजनका लागि निजामती ऐन संशोधन गर्न विधेयक ल्याउने सरकारको निर्णय दुर्भाग्यपूर्ण भएको विज्ञहरूले बताएका छन् । यसले निजामती प्रशासनमा गम्भीर नकारात्मक असर पार्ने चिन्ता उनीहरूले प्रकट गरेका छन् ।
लोकतन्त्र बहालीपछि सरकारले कर्मचारी संगठनहरूको दबाबमा निजामती ऐन संशोधन गरी पुरानै पदमा काम गर्ने सर्तमा स्वतः बढुवा हुने व्यवस्था गरेको थियो । उक्त प्रावधानका आधारमा १७ हजार कर्मचारीले स्वतः बढुवा पाइसकेका छन् । पुनः कर्मचारी संगठनकै दबाबमा सरकारले स्वतः बढुवावालालाई पदोन्नति भएकै पदमा समायोजन गर्न निजामती ऐन संशोधन विधेयक संसद्मा लाने निर्णय गरेको छ ।
विज्ञहरूले सरकारको यो निर्णयले सरकारी निकायमा योग्य र सक्षम व्यक्ति पाखा लाग्ने र दबाबका भरमा स्वतः बढुवा भएका असक्षम र अयोग्यहरू हावी भई निजामती प्रशासन नै कमजोर र पंगु हुने धारणा व्यक्त गरे । त्यसो भएमा कम्तीमा पाँच वर्षसम्म सरकारी सेवामा नयाँ प्रवेश, आन्तरिक र खुला प्रतिस्पर्धाबाट बढुवा हुने सिट अहिल्यै पूर्ति भइसक्ने भएकाले निजामती प्रशासनमा वृत्ति विकासमा समेत गम्भीर नकारात्मक असर पर्ने चिन्ता कर्मचारीहरूको छ ।

भारतीय सुरक्षाकर्मीको ज्यादती बिरोधमा सडक जाम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्लाही, कार्तिक २२ - सीमावर्ती बजारबाट घरेलु प्रयोगका समान लिएर आएका नेपालीमाथि भारतीय सुरक्षाकर्मीले सीमाक्षेत्रमा गरेको दुर्ब्यबहारको बिरोधमा पीडितले सोमबार र्सलाही सदरमुकाम मलंगवाको गोरखकाली सीमा प्रहरी चौकी नजिक करिब ४ घण्टा सड्क जाम गरेका छन् । सिमावर्ती सोनबर्षा बजारबाट घरायसी प्रयोगका सामान किनेर मलंगवा र्फकन थालेका मधेसी चिकित्सक समाजका महासचिव डा. रामनारायण साह र उनका भाई बिरेन्द्रलाई भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले दुर्ब्यबहार गरेका थिए । एसएसबीको दुर्ब्यबहारपछि आफ्नो गाडी र सामान सोनबर्षामै छाडेर मलंगवा आइपुगेका उनीहरुले बिरोधमा बन्द गरेका हुन् ।
'भारतीय सुरक्षाकर्मीले दुर्ब्यबहार गरेपछि हामीले पनि सीमाक्षेत्रमा भारतीय सवारीलाई रोक्यौं,' डा. साहले भने, 'उनीहरुको दुर्ब्यबहारको बिरोधमा भएको बन्दमा स्थानीय बासिन्दाले पनि सहयोग गर्नुभयो ।' भारतीय बजारमा नेपालीलाई आबत जाबत गर्दा अभद्र ब्यबहार गर्ने र सवारी समेत रोक्ने गरेको भन्दै बन्दका क्रममा भारतीय सवारीलाई सीमामा रोकिएको थियो ।
सदरमुकाम नजिकै सिमा क्षेत्रमा बन्द भएपछि सशस्त्र प्रहरी उपरीक्षक पद्मसिंह ऐर, नेपाल प्रहरीका नायब उपरीक्ष्ँक युवनारायण बैद्य भारतीय समकक्षीसंग बार्तागर्न सिमाबर्ती सोनबर्षा गएका थिए । बार्तामा नेपाली पक्षले सिमाक्षेत्रमा आवत जाबत गर्दा नेपालीमाथि दुर्ब्यबहार भयो भनेर असन्तुष्टि राखेका थिए । दुबैदेशका सुरक्षाकर्मीबिच भएको बार्तामा डा. साहलाईपनि सहभागी गराइएको थियो । साहका अनुसार भारतीय सुरक्षकर्मीले गल्ती स्वीकार गरी आइन्दा नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए ।

माओवादीको केन्द्रीय बैठकको तयारी झण्डै ५० प्रतिशत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा (माओवादी) को केन्द्रीय समितिको विस्तारित बैठकको तयारी झण्डै ५० प्रतिशत पूरा भएको छ । विस्तारित बैठकको तयारीका लागि नेपालकै ठूलो टारमध्येको एक गोरखाको पालुङ्गटारमा सडक विस्तार, विद्युत लाईन विस्तार, टेलिफोनका टावरको क्षमता अभिवृद्धि खानेपानी तथा बैठक स्थलमा छलफलका लागि कटेरा निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।प्रारम्भिक तयारी झण्डै डेढ महिना अगाडिदेखि तयारी सुरु भएपनि दुई हप्तादेखि भने आवश्यक भौतिक संरचना निर्माणका लागि तीब्रता दिइएको हो । पृथ्वी राजमार्गको डुम्रे बेशीसहर सडकखण्डको तुरतुरेबाट ६ किलोमिटरको दुरीमा रहेको पालुङटार गाविसको तान्द्राङ्गटारमा माओवादी कार्यकर्तासहित दैनिक सयौं सर्वसाधारणको सहभागितामा झण्डै १ महिना समय लगाएर यी भौतिक पूर्वाधार तयार पारिएको हो ।हालसम्म विस्तारित बैठकको समूहगत छलफलका लागि ७० वटा टहरा (कटेरा) निर्माण भइसकेका छन् । ३२ फिट लम्बाई र १६ फिट चौडाईका ६० वटा कटेराहरु समूहगत छलफलका लागि निर्माण गरिएको माओवादी पोलिटव्यूरो सदस्य एवम् व्यवस्थापकीय जिम्मा पाएको तमुवान राज्य समितिका इञ्चार्ज हितराज पाण्डेले जानकारी दिनुभयो ।