News

Aug 19, 2011

दृष्टिविहिन खिरमाया मगरलाई वेलायती सैनिकहरुको सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कुनैवेला सुँगुरको खोर भन्दा पनि गएगुज्रेको ठाँउमा वस्न वाध्य दृष्टिविहिन खिरमाया मगर अहिले चिटिक्क परेको घरमा वस्न सफल भएका छन्। उनको यो सपना वेलायतमा कार्यरत गोर्खा सैनिकहरुको पहलमा सम्भव भएको हो। मगरलाई धनकुटा नगरपालिका वार्ड नं १ त्रिसुलेमा जग्गा खरीद गरि घर निर्माण गरिदिईएको छ। दृष्टिविहिन खिरमायाको कारुणिक अवस्थाको वारेमा वेलायतस्थित व्रिटिश फोर्सेस व्रोडकास्टिङ्ग सर्भिस (वीएफवीस) रेडियो वाट समाचार प्रशारण भएपछि उक्त खबरवाट प्रभावित भई खिरमायाको सहयोगका लागि उहाँहरु जुट्नुभएको हो। खिरमायाको सहयोगका लागि वेलायतवाट गोर्खा सैनिकहरुको तर्फवाट २ लाख २५ हजार रुपैया रकम जुटेको थियो। उक्त सहयोग रकम जुटाउनका लागि वेलायती सेनामा सेवारत विश्वास दीप तिगेला, उत्तम राई, दिलिप लिम्बु,सलबहादुर गुरुङ र सन्तोस मगर लगायतको हेल्पिङहेण्ड टिमको सक्रियतामा दुइसय ६६ दाताहरुबाट सहयोग प्राप्त भएको थियो। “समाचार सुनेपछि यति प्रभावित भईयो की केही नगरी मनमा सञ्च नै भएन” तिगेलाले भन्नुभयो। उहाँहरुको पहलमा वु्रनाई, अमेरिका र क्यानडामा रहनुभएका नेपालीहरुले समेत आआफ्नो गच्छेअनुसारको सहयोग गर्नुभएको थियो।
तीन छोराछोरीका साथ असहाय अवस्थामा रहनुभएका खिरमाया मगर स्थानिय समाजवासीहरुको पहलमा अत्यन्तै दयनीय अवस्थामा अर्काको जग्गामा सामान्य टीनले वारेको चुहिने अवस्थामा रहेकाले सल्लोको झाङ्गले ओत लगाईएको सानो कटेरोमा बस्न वाध्य भएका थिए। अहिले के खाऔ भरै के खाऔको स्थितीमा रहनुभएका मगरको अहिले भने वासको समस्या भने टरेको छ। शुरुमा उनको आँखाको उपचारको लागि उक्त सहयोग रकम जुटाईएपनि जलविन्दु भएको लामो समय भएको कारण आँखाको उपचार सम्भव नहुने चिकित्सकहरुको परीक्षणवाट पत्ता लागेको थियो। काठमाडौंमा ल्याइ उनको आँखाको उपचारका लागि २५ हजार रुपैया र नागरिकता बनाउन २० हजार रुपैया खर्च भई वाँकी रकमवाट उनलाई जग्गा खरीद गरि घर वनाईदिईएको हो। “हाम्रो प्रयास उनको आँखाको उपचारका लागि थियो तर उपचार नहुने चिकित्सकको परीक्षणवाट देखियो त्यसैले बाँकी पैसाले उनलाई घर र जग्गा खरीद गर्न हौसिएका हौ” वेलायती गोर्खा सैनिक राईले यस प्रतिनिधीलाई वताउनुभयो।
“म अत्यन्तै खुशी छु यतिको खुशी त आँखाको ज्योती फर्के जस्तै नै लागेको छ।" खिरमायाले नयाँ आफ्नो लागि वनेको घर प्रवेशको क्रममा भन्नुभयो। उक्त नयाँ घरको दाताहरुका तर्फवाट वेलायती गोर्खा सैनिक विश्वास दीप तिगेलाले रिवन काटेर नवनिर्मित घरको उद्घाटन गर्नुभएको थियो। “हाम्रो थोपाथोपा सहयोगको सदुपयोग मात्र होईन यसले अरु हामीलाई नेपालको सेवा गर्नलाई हौसाएको पनि छ” तिगेलाले भन्नुभयो।
वास्तवमा उक्त सहयोगले के प्रमाणित गर्छ भने रोजगारीको सिलसिलामा नेपाली मन नेपाली ज्यान जहाँ भएपनि संसारको जुनसुकै कुनामा भएपनि मातृभूमिको सेवाका लागि सदा तत्पर हुन्छ भन्ने उदाहरण त प्रस्तुत भएको छ नै यसका अतिरिक्त एउटा नेपालीलाई दुख्दा सारा नेपालीलाई दुख्छ भन्ने अर्को उदाहरण पनि प्रस्तुत भएको छ। स्मरण रहोस, खिरमायालाई सहयोगको निम्ति उत्तम राईको उपस्थितीमा गंगाहाँङ लिम्बुको संयोजकत्वमा ५ सदसिय स्थानिय सहयोग समिति समेत गठन भएको छ र उक्त उद्घाट्न कार्यक्रम पनि सोहि समितिले ब्यवस्थापन गरेको थियो भने उद्घाटन समारोहलाई विएफविएस गोर्खा रेडियो नेपाल, ब्रुनाई र वेलायतले प्रत्येक्ष प्रसारण गरेको थियो।
वीएफवीस सवाददाता नगेन्द्र राईले आकर्षक ढंगले सहि समाचार सम्प्रेषण गरेकै कारण खिरमायाले सहयोग पाएकी हुनाले पत्रकार राई र सहयोगदाताका तर्फबाट तिगेलालाई स्थानिय सहयोग समितिले धन्यवादपत्र प्रदान गरेको थियो। सहयोगको बारेमा विस्तृत जानकारी http://nepaliliterature.com मा राखिएकोले सर्वसाधारण सबैले हेर्न सकिने जनाइएको छ।

सहमतीय सरकार निर्माणका लागि प्रतिवद्धता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पाँच बुँदे सहमति कार्यान्वयन संसदीय अनुगमन समितिले तीन दलका शीर्ष नेताहरुलाई संसदमा वोलाएर शुक्रबार छलफल गरेको छ । छलफलमा प्रमुख तीन दलका शीर्ष नेताहरुले सहमतीय सरकार निर्माणका लागि प्रतिवद्धता व्यक्त गरेका छन् । अनुगमन समितिले वोलाएको वैठकमा उनीहरुले राष्ट्रिय सहमतिको सरकारका लागि आफूहरुले इमानदार पूर्वक प्रयास गर्ने बताएका हुन् । समितिको छलफलमा तीनै दलका नेताहरुले सहमतीय सरकारका लागि अधिकतम प्रयास गर्ने र प्राप्त अवसर गुम्न नदिने बताएका थिए । वैठकमा सभामुख सुवास नेम्वाङले पाँच बुँदे सहमति मध्ये संविधानसभाको म्याद थप र प्रधानमन्त्रीको राजीनामा दुई वटा मात्र बुँदा कार्यान्वयन भएको बताउनुभयो । उहाँले संविधानको मस्यौदा, शान्ति प्रक्रिया, राष्ट्रिय सहमतिको सरकार, सेनामा मधेशीको सहभागिता लगायतका महत्वपूर्ण विषयहरु कार्यान्वयन हुन बाँकी रहेकाले नेताहरुको त्यसतर्फ ध्यानाकर्षण गराउनुभएको थियो ।

लगातार दोस्रो दिन नेपालमा भूकम्पको धक्का

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २- बझाङ जिल्लाको पूर्वी भागमा आज बिहान ७ बजेर ३७ मिनेट जाँदा ४.९ रिक्टर स्केलको भूकम्प गएको छ। भूकम्पको केन्द्रविन्दु बझाङ जिल्लाको काँगरगोठ आसपास भएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ। यसअघि हिजो दिउँसो २ बजेर २० मिनेट जाँदा पनि लमजुङ जिल्लाको दुराडाँडा आसपास केन्द्र भएको ४ रिक्टर स्केलको भूकम्प गएको सो केन्द्रले जनाएको छ।

Aug 18, 2011

याक्थुङ मौलिकधर्मको कार्यसमिती गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
याकथुङ मौलिक धर्मको अवसानको खतरालाई महशुस गर्दै त्यसलाई संरक्षण र संवद्धन गर्नको लागि १३ अगष्ट २०११ शनिवारको वेलुका कोषाध्यक्ष आगामी वैठकले मनोनयन गर्नेगरी एक सात सदस्यीय कार्यसमितीको गठन भएको छ । यसको पदाधिकारीहरुक्रमश अध्यक्ष हस्त मास्वा, उपाध्यक्ष सुरेश सुव्वा, सचिव चन्द्र सिङगक, सदस्य दिल पालुङवा, भूपेन्द्र चेम्जोङ,त्रिभूवन लुङफुङवा रहेका छन् ।

लिरामोको अन्तरक्रिया कार्यक्रम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१५ अगष्ट २०११ सोमवार वेलुका नेपालवाट आउनु भएका लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष श्री श्रीजवेगुको विषेश उपस्थितीमा लिम्वुवान राष्ट्रिय मोर्चाको आयोजनामा लिम्वुवान स्वायत्त राज्य सुनिश्चित नभएमा हाम्रो रणनिती के हुने ? भन्ने शिर्षकमा एक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता दिल पालुङवावाट गरिएको थियो भने सञ्चालन सचिव सुरेश सुव्वा, स्वागत मन्तव्यका कोषाध्यक्ष मदन कन्दङवावाट गरिएको थियो । लिरामोको तर्फवाट महासचिव अविचन्द्र र्इङनामले आधिकारिक धारणा राख्नुभएको थियो । उहाको अनुसार संविधान सभाले लिम्वुवानको सुनिश्चित नगरेमा सवै लिम्वुवानवादीहरु तथा संघीयवादीहरु एक भै जुनसुकै तरिकाले भएपनि लड्नुपर्नेवताउनुभयो । त्यस्तै श्रीजवेगुले पनि र्सवप्रथम लिम्वुवान चाहनेहरु एक हुनुपर्ने । त्यो नभए कार्यगत एकता गरेर अघि वढ्नुपर्ने र पूर्वपश्चिम सवै मिलेर जानुपर्ने वताउनुभयो । वुद्धिजिवी भूपेन्द्र चेम्जोङले पनिआदिवासीजनजातिहरु एक भै नलडीनहुने वताउनुभयो ।लिम्वुवान स्वायत्तराज्यभए अरु पनिराज्य वन्छन् भन्ने विचार राख्दै सवै आदिवासी जनजातिहरु यसप्रति संवेदनशिलभएर लाग्नुपर्ने वताउनुभयो । अन्य सहभागीहरुमा चुम्लुङ अध्यक्ष कृष्ण लावती, मानवहादुर थोप्रा, जे.वी. ओख्रावु,ध्रुव लिम्वु,मदन कन्दङवाआदि रहेका थिए । वोल्ने क्रममा सवैले आदिवासी जनजाति, दलितहरु एकभै लड्नुनै अपरिहार्यता हो भनेर निष्कर्ष निकालेको थियो । यसै समारोह विचमा लिरामोले नेकपामाओवादी पार्टीलाई लिम्वुवान स्वायत्त राज्य सम्वन्धमा श्रीजवेगु मार्फत सुझाव पत्र प्रदान गरिएको थियो ।

माओवादी सहमतीय सरकारको नेतृत्व गर्न तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीका नेता वर्षमान अनन्तले लडाकुको बर्गीकरण गरेर माओवादी सहमतीय सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन् । आज राजधानीमा भएको एक कार्यक्रममा उनले भदौ १४ अघि नै लडाकु वर्गीकरण गरेर सहमतिय सरकार निर्माण गर्न माओवादी तयार रहेको बताएका हुन् । समायोजनको मोडालिटी, संख्या, पुर्नस्थापना प्याकेज, उमेर, बैवाहिक अवस्था र शैक्षिक अवस्थामा लचकता अपनाउने र आठ हजारको हाराहारीमा समायोजना गर्ने भनि शीर्ष नेताहरुबीच अनौपचारिक रुपमा सहमति भइसकेको उनले बताए । पुनःस्थापना प्याकेज आर्कषक बनाए संख्याको विवाद समाधान हुने उनले दर्जा मिलानमा नेपाली सेना र माओवादी कमाण्डरहरु बसेर सहमति खोज्न सकिने विचार व्यक्त गरे ।

भट्टराई नेतृत्व स्वीकार्न माओवादी प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १,माओवादीले पार्टीका प्रधानमन्त्री उम्मेद्वार बाबुराम भट्टराईलाई समर्थन गर्न एमाले समक्ष प्रस्ताव गरेको छ। केही समयअघि सिंहदरबारमा एमालेसँग भएको बैठकमा माओवादीले यस्तो प्रस्ताव राखेको हो। माओवादी प्रस्तावप्रति एमालेले सर्त अघि सारेको छ। शान्ति प्रक्रियामा ठोस प्रगति नभएसम्म माओवादी नेतृत्वको राष्ट्रिय सहमति सरकार निर्माणमा सहयोग गर्न नसकिने एमालेले स्पष्ट पारेको छ। माओवादीले विगतमा गरेका सम्झौता पालना नभएको भन्दै शान्त प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन विश्वासको वातावरण बनाउन एमाले नेताहरुले आग्रह गरेका थिए। भट्टराईको पक्षमा समर्थन जुटाउन लबिङ तीव्र पारेको माओवादीले एमालेबाट सकारात्मक जवाफ नपाएपछि शान्ति प्रक्रिया बारेको आफ्नो अवधारणा सार्वजनिक गर्ने तयारी गरेको छ।