News

Sep 19, 2011

पाँचथरमा चौविसै घण्टा विजुली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
देशले सातामा १८ घण्टासम्म लोडसेडिड खेपिरहेको वेला पाँचथरका भण्डै दुई दर्जन वढी गाविसका स्थानीयवासीले भने चौविसै घण्टा विजुली बत्ति वालिरहेका छन् । पाँचथरको पौवासारताप, आङसराङ, चिलिङदेन, इम्वुङ, फाक्तेप, सराङडाँडा, रवि, माडजावुङ, च्याङथापु, फलैचाँ, सिदिन, मेमङ, थर्पु, प्रङवुङ, लयातका गाविसमा स्थानियवासीले चौविसै घण्टा विजुली वालिरहेका हुन् । पाँचथरको उत्तरपूर्वी गाविस च्याङथापु, फलैचा र मेमङमा अठासी किलोवाटको साना जलविधुत परियोजना सञ्चालन गरिएको छ भने पौवासारताप, आडसराड, चिलिडदेन, सराडडाँडा, रवि, गाविसमा ७ करोड ७५ लाखको लगानीमा लघु जलविधुत निर्माण कार्य सम्पन्न भएको छ । सदरमुकाम फिदिमका स्थानियवासी भने दिनमा ८ देखि १० घण्टा सम्म लोडसेडिङ भोग्न वाध्य छन् । अहिले पाँचथरका विभिन्न गाविसहरुमा ७ वटा हाइड्रो पावर सञ्चालनमा रहेको लघुजलविधुत कार्यालय पाँचथरले जनाएको छ ।

शसस्त्र समुहको गोली लागी प्रहरी हवल्दारको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्ताले बाराको बडकी फुलबरीयामा एकजना प्रहरी हवल्दारलाई गोली हानी हत्या गरेको छ । गोली लागेर हवल्दार रहेश राउतको ज्यान गएको हो । घटना लगत्तै गोली हान्ने जनतान्त्रिकका कार्यकर्तालाई स्थानीय गाउँलेले प्रतिकार गरेर मारेका छन् । टाउकोमा गोली लागेर गंम्भीर घाइते भएका हवल्दार रहेश राउतलाई उपचारका लागि वीरगंज लगिएको थियो । वीरगंजमा उपचार हुन नसकेपछि राउतलाई काठमाडौं ल्याइएको उनको मृत्यु भएको हो । प्रतिकारमा पक्राउ परेका मध्ये अजय भन्ने जयमंगल यादव गाउँलेले चलाएको गोली लागेर मरेको छ । एक जना मिश्री यादव पक्राउ परेका छन् । स्थानीय प्रहरी चौकीमा यादवलाई राखिएको छ । गाउँलेले प्रहरी चौकी घेराउ गरेको छ । उनीहरुको साथबाट गोली लोड भएको दुई थान पेस्तोल बरामद भएको छ । बिहान पौनै ९ मा उनीहरुले हवल्दारलाई गोली हानेका थिए ।

शक्तिशाली भूकम्पबाट नेपालमा मर्नेको संख्या दश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हिजो साँझ गएको शक्तिशाली भूकम्पबाट नेपालमा मर्नेको संख्या दश पुगेको छ । काठमाडौंको लैनचौरस्थित बेलायती दूतावासको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा गोरखा भुम्लिचोकका बाबु-छोरीसाजन श्रेष्ठ, अनिता श्रेष्ठ र सिन्धुलीको मरिन खोलाका वीरबहादुर माझी रहेका छन् । महानरीय प्रहरी आयुक्तको कार्यालयले जनाएअनुसार उपत्यकाका विभिन्न अस्पतालमा ३२ जनाभन्दा बढीको उपचार भइरहेको छ भने अधिकांशको खुट्टा भाँच्चिएको छ । त्यसैगरी काठमाडौको रामकोट ७ फस्कु डांडापौवामा रहेको फर्माको इन्ड्रस्टिज प्राइभेट लिमिटेडको भवन भत्केको छ । यसैबीच भूकम्पबाट भक्तपुरमा ६ वटा घर भत्किएर पूर्ण रूपमा क्षति भएका छन् भने आठवटा घरमा चर्केर क्षति पुगेको छ । भूकम्प आएपछि आत्तिंदा हृदयघात भई मध्यपुरथिमी गठ्ठाघरकी ६५ वर्षीया लीला पौडेलको मृत्यु भएको छ । भक्तपुरमा २२ जना घाइते भएको प्रहरीले जनाएको छ । त्यसैगरी धरानमा पनि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विमल परियार र सन्तोष परियार रहेका छन् ।
भूकम्पबाट सुनसरीको इनरुवामा चार जना घाइते भएका छन् । त्यसैगरी संखुवासभा पनि एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा प्रदीप राई रहेका छन् । त्यसैगरी झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आयशा घिमिरे रहेको प्रहरीले जनाएको छ । त्यसैगरी बाराको भगवानपुर–५ निवासी भोला पासवानका ३४ वर्षिय छोरा जयसीलाल पासवानको मृत्यु भएको  
साँझ आएको भुकम्पको धक्का महशुस भएपछि अर्ध बेहोस भएर बिरामी परेका पासवानको गएराति ११ बजे घरमै मृत्यु भएको जनाइएको छ । यसैगरी पूर्वी पहाडी जिल्ला धनकुटामा भने भुकम्पका क्रममा गाह्रो भत्कँदा फलाटे–४ मा मधु कार्कीको मृत्यु भएको छ । त्यस्तै कोशी राजमार्गको भेडेटारमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । भेडेटारको भोजपुरे धुम्तीमा माथिबाट झरेको पहिरोले पुरेर सडक अवरुद्ध भएको प्रहरीले बताएको छ । पहिरोले सडक पुरेपछि यातायात सेवा समेत बन्द भएको प्रहरीले बताएको छ ।
त्यस्तै मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ सडक खण्ड पनि अवरुद्ध भएको छ । त्यसैगरी ताप्लेजुङको फुङलिङमा ५० प्रतिशत घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । अञ्चल प्रहरी प्रमुख रविराज श्रेष्ठका अनुसार पाँचथरमा ४६ वटा घरमा क्षति पुगेको छ । भोजपुरमा ३० घर भत्कनुको साथै २५ जना गम्भिर घाइते भएका छन् । भुकम्पका कारण एक सय पचास बढी घर क्षतिग्रस्त भएका छन् भने २७ भन्दा चौपायहरु मरेका छन् । भूकम्पका कारण लमजुङको बाहुनडाँडा, रामेछाप, दोलखा, ताप्लेजुङ, तेह्रथुम, इलाम, पाँचथर लगायत अधिकांश पूर्वी क्षेत्रका जिल्लाहरूका ठूलो क्षति पुगेको बताइएको छ ।
भारतमा २६ को मृत्यु
यसैबीच, भारतमा भूकम्पका कारण मर्नेको संख्या कम्तिमा २६ पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ। 

उपत्यकामा २२ घर भत्कियो, ६८ घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २- आइतबार गएको भूकम्पबाट उपत्यकामा २२ वटा घर भत्किएका छन्। महानगरीय प्रहरी आयुक्त कार्यालयका अनुसार सबैभन्दा धेरै भक्तपुरमा १४ वटा घर भत्किएका छन्। काठमाडौंको साँखुमा ५ वटा र स्युचाटारमा २ वटा घर भत्किएको छ भने ललितपुरमा एउटा मात्र घर भत्किएको छ। आयुक्त कार्यालयका प्रवक्ता माधव नेपालका अनुसार भुकम्पवाट ६८ जना घाइते भएका छन्। घाइते हुनेमा ४० जना पुरुष र २८ महिला छन्। घाइते मध्ये ५३ जना उपचारपछि घर फर्किसकेका छन्। १५ जना उपचारको क्रममा रहेका छन् जसमा महिलाको संख्या ३ छ। एसएसपी नेपालका अनुसार भूकम्पका कारण आत्तिएर भाग्ने क्रममा अधिकांश घाइते भएका हुन्। घाइते मध्ये अधिकांशको खुट्टा, हात र ढाड भाँच्चिएको थियो। भूकम्पका कारण भएको भौतिक क्षतिमा परी एक जना मात्र घाइते भएको जानकारी आएको नेपालले बताए।
आइतबार भूकम्पका कारण लाजिम्पाटमा रहेको बेलायती दूतावासको पर्खाल भत्कँदा तीन जनाको मृत्यु भएको थियो। स्कुटरमा रहेका वर्ष ३६ का साजन श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनुजा श्रेष्ठ र बाटोमा हिँडिरहेका वीरबहादुर माझीको मृत्यु भएको थियो। उपत्यकामा त्योबाहेक अन्य मानवीय क्षति भएको विवरण आएको छैन। सिन्धुली मरिमखोलाका माझी चिकित्सक विनिता अधिकारीको घरका कामदार रहेको खुलेको छ। अन्दाजी २० वर्षका उनको पर्खाल ढल्दा टाउकोमा गम्भीर चोट लाग्दा मृत्यु भएको थियो।
बा ९ प २६ ४ठ नम्बरको स्कुटरमा रहेका बाबुछोरी पर्खालको भग्नावशेषमा पुरिएका थिए। उनीहरुको पनि टाउकोमा लागेका गम्भीर चोटका कारण मृत्यु भएको थियो। एसएसपी नेपालका अनुसार भुकम्पका कारण भएको क्षतीको अनुगमन, उद्धार र क्षतीको विवरण संकलनका लागी प्रहरी टोली खटाइएको छ। 'घर भत्किएका स्थानमा भग्नावशेष निकाल्ने, भत्किएको घरको विवरण संकलन गर्ने र घाइतेको अवस्थाबारे बुझ्न प्रहरी टोली खटाएका छौं' उनले भने, 'क्षतिको विवरण आउने क्रम जारी छ।'

Sep 17, 2011

मञ्चसम्बद्ध संलिराप प्रवास सम्पर्क समिति कतारको भेला सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/यातुकुमार लिम्बू
सेप्तेम्बर ९, २०११, कतार,प्रवास कतारमा रहेका लिम्बुवानीहरु लाई आफ्नो इतिहास, अस्तित्व, पहिचान र प्यारो घर लिम्बुवानको माया कतिसम्म लाग्दो रहेछ भन्ने कुरा कतारको ४५ डिग्रीको तातो घाम र गर्मिलाई पनि कुनै पर्वाह नगरी सेप्टेम्बर ९ तारिक शुक्रबारका दिन दोहाको जैदा पार्कमा मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास सम्पर्क समिति कतारका पदाधिकारी र सहभागी लिम्बुवान प्रेमीहरुले देखाएको यो धैर्यताले घामझैं छर्लङ्ग बनाएको छ | त्यस्तो चर्को घाममा पनि टसकोमस नभई लिम्बुवानी माया र भावनामा चुर्लुम्म डुबेर वर्तमान नेपालमा चलिरहेको संघीयता र लिम्बुवानी आन्दोलनलाई प्रवासमा रहेर के कस्तो किसिमको सहयोग गर्न सकिन्छ ? साथै, प्रवास सम्पर्क समिति कतारलाई अझ शशक्त र थप सुदृढ गर्न के कस्ता पहलहरु गर्नु पर्छ ? भन्ने कुरामा सो बैठक केन्द्रित रहेको थियो | समितिका निवर्तमान प्रथम उपाध्यक्ष श्री नरेन्द्रकुमार एभेङ्ज्युको अध्यक्षतामा बसेको उक्त बैठक निवर्तमान महासचिव यातुकुमार सङ्बाङ्फेबाट संचालन गरिएको थियो |
बैठकमा सहभागी सम्पूर्ण लिम्बुवानवासीहरुले लिम्बुवान आन्दोलनप्रतिको आफ्नो धारणा, अनुभव र बिचारहरु सेयर गर्नुभएको थियो | विचार आदान-प्रदान गर्ने क्रममा लिम्बुवानप्रेमी श्री बृजहाङ् तुम्रोक र श्री रोशन माबोहरूले लिम्बुवानवादी संगठनहरुमा देखा परेको टुटफुटको समस्याले गर्दा सिंगो लिम्बुवान आन्दोलन र प्राप्तिप्रति नै शंका हुने भएकोले नेतृत्व पंक्तिहरुलाई प्रवासबाट पनि खबरदारी गर्नुपर्ने कुरा औंल्याउनु भएको थियो भने लिम्बुवानी साहित्यानुरागी श्री पूर्ण बेघाले लिम्बुवानवादी नेतृत्व र संगठनहरुलाई सके पार्टी एकता नसके कार्यगत एकता गरेर अघि बढ्नको लागि सुझाव दिनुपर्ने बताउनु भएको थियो |
यसरी नै आफ्नो बिचार राख्ने क्रममा श्री लोकेन्द्र सिगुले मंच सम्बद्ध लिम्बुवान राज्य परिषद लिम्बू पार्टी मात्र नभई सबै जात जाति, भाषा भाषी, धर्म-संस्कृतिको साझा पार्टी बनाएर अघि बढ्नु पर्ने बताउनु भएको थियो | त्यसरी नै श्री कृष्ण कट्टेलले लिम्बुवानी संगठनबाहिर हल्लामा आएजस्तो लिम्बुवादी पार्टीमात्र नभएर सबै जात जातिको उत्तिकै सम्मान गर्ने साझा संगठनको रुपमा रहेको आफुलाई महशुश भएको बताउनु भएको थियो | यस्तै गरेर, लिम्बुवानी आन्दोलनमा सक्रिय भूमिका निभाई सक्नुभएका श्री खजु तुम्बापोले २०६३ असोज १६ गतेको अनिश्चितकालिन लिम्बुवान बन्दमा प्रशाशनको चरम लापर्वाहिले गर्दा आफुसंगैको सहयोद्धा एल भी राजकुमार आङ्देम्बे शहिद हुनु भएको दु:खद अनुभवहरु सेयर गर्नु भएको थियो |यसरी नै बोल्ने क्रममा श्री चन्द्र तुम्बापो र लिम्बुवानमा संस्थापक के.स.समेत रहेर काम गरिसक्नु भएका श्री मदन मादेम्बाले पनि आफ्नो गहकिलो बिचारहरु राख्नु भएको थियो |
साथै, उक्त बैठकले विभिन्न प्रस्तावहरुमाथि ब्यापक छलफल गरी मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास सम्पर्क समिति कतारका संस्थापक अध्यक्ष श्री ललित माबोज्यु कतार नफर्कने गरी लिम्बुवान जानु भएकोले उहाँको रिक्त रहेको अध्यक्षको पद पूर्ति गर्ने सम्बन्धमा सिंगो समितिलाई नै हेरफेर गरि श्री नरेन्द्र कुमार एभेङ्ज्युको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति गठन गरिएको छ |
मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास सम्पर्क कार्य समिति कतारका पदाधिकारी तथा सदस्यहरूको बिर्वारण निम्नानुसार छ-
१. अध्यक्ष श्री नरेन्द्रकुमार एभेङ्
२. प्रथम उपाध्यक्ष श्री रुपनन्द तुम्बापो
३. द्वितीय उपाध्यक्ष श्री यतुकुमार सङ्बाङ्फे
४. महासचिव श्री देउकुमार नेम्बाङ्
५. सहसचिव श्री गंगा आङ्बुहाङ्
६. कोषाध्यक्ष श्री डिल्लीबिक्रम थाम्सुहाङ्
७. सहकोषाध्यक्ष श्री बिमल सिगु
८. सदस्य श्री पूर्णहाङ साँवा
९. सदस्य श्री विजय लक्सम
१०. सदस्य श्री सुजन पारघरी
११. सदस्य श्री मदन मादेम्बा
१२. सदस्य श्री चन्द्र तुम्बापो
१३. सदस्य श्री कुमार तुम्बापो
१४. सदस्य श्री रोशन माबो
१५ सदस्य श्री श्यामसुहाङ् हुक्पा चोङ्बाङ्
१६. सदस्य श्री बृजहाङ् तुम्रोक
१७. सदस्य श्री मेहेरमान आङ्देम्बे
१८. सदस्य श्री मिलन लिम्बु
१९. सदस्य श्री नन्द लोवा
२० .सदस्य श्री गुन्जन माङ्लाक
२१. सदस्य श्री एकेन्द्र खजुम
२२ सदस्य श्री खजु तुम्बापो
२३. सदस्य श्री अमर देवान
२४. सदस्य श्री कृष्ण कट्टेल
२५. सदस्य श्री लोकेन्द्र सिगु

जापानको एक संस्थाले ५ सय नेपालीलाई रोजगारी दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जापानको टोकियोस्थित एक संस्थाले ५ सय नेपालीलाई रोजगारी दिने भएको छ । टोकियोस्थित कोअपरेटिभ एसोसियसन अफ बिजनेस एन्ड डेभलपमेन्ट (टीकेके) ले पहिलो चरणमा रोजगारी दिन सहमत भएको हो । रोजगार प्रवर्द्धनका लागि जापानमा पुगेको नेपाल प्रगतिशील वैदेशिक रोजगारी व्यवसायी मञ्चका प्रतिनिधिसँगको भेटमा टीकेकेका अध्यक्ष मोरियो मोरियोतानीले ५ सय कामदारलाई रोजगारी दिने प्रतिबद्धता व्यक्त गरेका हुन् । टीकेकेले जापानमा चिन, भियतनामबाट प्रशिक्षार्थी कामदारहरु भित्र्याउँदै आएको छ । टीकेकेले चिनियाँ कामदारहरुको ठाउँमा नेपालीलाई प्रतिस्थापन गर्न लागेको हो ।

अधिकारका लागि हतियार उठाउने जनजाति महासंघ अध्यक्षको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पाँचथर, भाद्र ३१ - नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का केन्द्रीय अध्यक्ष राजकुमार लेखीले नयाँ बन्ने संविधानमा जनजातिका मागलाई सम्बोधन नभए अधिकारको लागि विद्रोह हुन सक्ने चेतावनी दिएका छन् । नेफिनको तेस्रो पाँचथर जिल्ला अधिवेशनलाई फिदिममा शनिबार सम्बोधन गर्दै उनले संघीयताबिनाको अधुरो संविधान बने आदिवासी/जनजातिलाई मान्य नहुने बताए । 'संविधानले जनजातिका मागलाई समयमै सम्बोधन गर्नु पर्छ,' उनले भने- 'संघीयताबिनाको अधुरो संविधान बनाएर जबरजस्ती लाद्न खोजे हतियार उठाउन बाध्य हुन्छौं ।'संविधानसभामा जनजाति सभासदको उल्लेख्य उपस्थिति भए पनि राजनैतिक दलहरुको व्हिपका कारण उनीहरुले आदिवासी/जनजाति अधिकारको लागि लड्न नसकेको उनले बताए । 'जनजातिको अधिकार सु-निश्चित नहुने अवस्था आयो भने दलहरुले यसको मूल्य ठूलो चुकाउनु पर्ने हुन्छ,' उनले भने ।