Nov 2, 2009
दाहाल र कोइरालाबीच भेटवार्ता
कङ्ग्रेस महासमिति बैठकको बन्द सत्रमा चर्काचर्की, नाराबाजी
माओवादीद्वारा धनकुटा नगरपालिका कब्जा
पदाधिकारी घोषणापछि धनकुटा नगरपालिका कार्यालयको हलमा बैठक गरी अब धनकुटा नगरपालिकाका सम्पूर्ण कामकारबाहीसमेत गर्ने घोषित नगरप्रमुख बिष्टले बताउनुभयो।यसैगरी आन्दोलनरत एकीकृत नेकपा (माओवादी)ले धनकुटा जिल्लाका विभिन्न गाविसहरुमा समेत जनप्रतिनिधि घोषणा गरेको छ।
खप्परबेचुवा डा. दिङ वेनलाई तीन लाख युआन जरिवाना
लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दुनियाँमा मानव-खप्परको व्यापार अवैध मानिएको छ । तैपनि, गुप्त रूपमा मानव-खप्परको तस्करी रोकिएको छैन । चीनजस्तो फलामे सामाजिक अनुशासन भएको र कडा कानुन भएको मुलुकमा पनि
त्यस्तो तस्करी हुने रहेछ । मानव-शव उत्खनन गरिएको, खप्परको व्यापार हुने गरेको र केही तान्त्रिकले मानव-खप्परलाई मसान जगाउन वा प्रेत साध्न प्रयोग गरेका समाचार भारतीय सञ्चारमाध्यममा बेलाबखत आइरहन्छन् । पाठकलाई थाहै छ, एक-दुई वर्षअघि मात्रै एक प्रसिद्ध भारतीय योगीले उत्पादन गरेको आयुर्वेदिक औषधीमा मानव-खप्परको धुलो मिसाइएको आरोप लागेको थियो । त्यस प्रकरणले एक प्रकारको सनसनी मच्चिएको थियो । आखिर केका लागि मानव-खप्परको उपयोग हुन्छ ? दुनियाँमा मानव-खप्परको व्यापार अवैध मानिएको छ । तैपनि, गुप्त रूपमा मानव-खप्परको तस्करी रोकिएको छैन । चीनजस्तो फलामे सामाजिक अनुशासन भएको र कडा कानुन भएको मुलुकमा पनि त्यस्तो तस्करी हुने रहेछ । त्यस्ता काममा प्रभावशाली नेता र प्रशासनिक क्षेत्रका अधिकारीको संरक्षण मिल्ने गरेको बताइन्छ । आश्चर्यको कुरा त के छ भने प्राज्ञिक उचाइ हासिल गरेका व्यक्तिहरूसमेत त्यस्तो अवैध कारोबारमा संलग्न हुने रहेछन् । यस्तै ताजा प्रसंग हो, पिएचडी उपाधिधारी एक चिनियाँमूलका अमेरिकीलाई मानव-खप्परको खरिद-बिक्री गरेको अभियोगमा आठ वर्षको जेल-सजाय सुनाइएको प्रसंग । ती ४४ वर्षे डा. दिङ वेनलाई तीन लाख युआन (४४ हजार अमेरिकी डलर) जरिवानासमेत तोकिएको छ । सो फैसला बेइजिङको नं. १ इन्टरमिडियट अदालतले सुनाएको हो । अभियुक्तका वकिल झाओ युनहङका अनुसार दिङले २००४ देखि पान्जियावान बजारबाट मानव-खप्परको खरिद गर्न थालेका थिए । त्यसपछि उनले एकजना शिल्पकारलाई खप्परमा चित्र कोर्ने काममा लगाए र त्यस्ता कलात्मक खप्पर निकै महँगो मूल्यमा विदेशमा बेच्न थाले । २००६ को अगस्तदेखि २००८ को फेब्रुअरीसम्म उनले चिङहाई प्रान्तका दुईजना किसानबाट १३ सयवटा मानव-खप्पर किनेका थिए र प्रत्येक खप्परको मोल ८० देखि एक सय ६० युआन अर्थात् १२ देखि २३ डलर परेको थियो । बेइजिङ टाइम्सका अनुसार उनले त्यस्ता दुई सय मानव-खप्पर विदेशमा बेचेर १९ हजार अमेरिकी डलर कमाएका थिए । अभियुक्त पिएचडी महाशयका वकिलले जानकारी दिएअनुसार उनले बेइजिङ उच्च अदालतमा पुनरावेदन दिएका छन् र तीन हप्तामै उनको पुनरावेदनमाथि सुनुवाइ हुने भएको छ । बेइजिङस्थित एक सूचना परामर्श कम्पनीका परामर्शदाता दिङ चाङपिङमा बसिआएका थिए । उनी गत वर्ष जुनमा पक्राउ परेका थिए । उनको घरको खानतलासी गर्दा प्रहरीले ११ सय मानव-खप्पर फेला पारेको छ । एक महिनाजति अघि बेइजिङस्थित अमेरिकी अनुसन्धान संस्था एफबिआइले सार्वजनिक सुरक्षा मन्त्रालयलाई एक पत्र लेखी बेइजिङबाट इएमएसमार्फत पठाइएको एक पुलिन्दामा अज्ञात मानव-खप्पर फेला परेको हुनाले त्यसको अनुसन्धान गर्न सहयोगका लागि आग्रह गरी पत्र पठाएको थियो । अदालतका सूचना अधिकृत गुओले दिङको बेहोरा मानवद्वेषी मात्र नभई मानवमूल्यविपरीत पनि रहेको र यसले बजारको अनुशासनलाई समेत असर पारेको बताए । उता दिङले चाहिँ त खप्पर नाफा कमाउनका लागि नभई आफ्नो संकलन तथा मित्रहरूलाई उपहार दिनका लागि मात्र भएको दाबी गरेका छन् । दिङका वकिलले यसबाट चिनियाँ कानुनको उल्लंघन भए तापनि मानव-खप्पर उपभोग्य वस्तु नभएको र चिनियाँ बजारमा तिनको व्यापारिक मूल्य नरहेको हुनाले मुलुकको आर्थिक अनुशासन तोड्ने प्रश्नै नआउने धारणा व्यक्त गरे । उनको जिरह थियो— 'त्यसैले उनीमाथि अवैध व्यापार गरेको मुद्दा लाग्न सक्तैन ।' उनले दिङको व्यवहार मर्यादाअनुकूल नभएको र मृत मानिसप्रति उनले सम्मान नदेखाएको भने स्वीकार गरे । दिङले यी खप्पर विदेशमा बेची मुनाफा कमाएका हुन् भने उनीमाथि अवैध कारोबारको मुद्दा लाग्ने विचार चीनको राजनीतिक विज्ञान तथा कानुन विश्वविद्यालयका प्रोफेसर होङ दाओदेको छ । एक प्रख्यात संकलक मा वेइदुले मानव-अंगको संकलन गर्दा यसबाट मृत मानिसहरूको सम्मानमा चोट पुग्ने हुनाले त्यस्ता वस्तुको संकलन गर्नु उपयुक्त हुदैन ।
Nov 1, 2009
श्रीजङ्गा रनिङ कपमा गुल्मी फुटबल क्लब विजयी
भएको छ ।एक दिने सो प्रतियोगितामा हिमालयन, फ्रेन्ड्स्, प्रिभे, हेहे, चुम्लुङ, धरान, रिसुङ्गा, सन्डे, एभरेस्ट, देउराली, मन्डे, गुल्मी र नेप्लिज युथ अर्गनाइजरले सहभागिता दिएका थिए । समयभन्दा ढिलो सञ्चालन गरिएको सो प्रतियोगिताको शुरुमा एक औपचारिक कार्यक्रम राखिएको थियो जसलाई किराँत याक्थुम चुम्लुङका सचिव नन्द चङ्सुले संचालन गरेका थिए । डीएबीका डेरेक हुङलगायत, याउचिमोङ डिस्ट्रिक्ट काउन्सिलर प्रमुख मुख्य अतिथि रहेका थिए भने हङकङ नेपाली महासँघ, जनजाति महासँघ, गैरआवासीय नेपाली संघका अध्यक्षहरुसहित अनय विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु विशेष अतिथिहरु रहेका थिए । डीएबीका डेरेक हुङबाट रिबन काटेर प्रारम्भ गरिएपछि कियाचुका केन्द्रीय सदस्य पदमकुमार लावतीले स्वागत मन्तव्य दिएका थिए । नीरप्रसाद लिम्बूको अध्यक्षतामा बसेको सो कार्यक्रममा लिम्बू संस्कृतिको च्याम्ब्रुङ नृत्य (बाजासहित)र हङकङ प्रहरीको तर्फबाट बैण्ड बाजा बजाइएको थियो । मुख्य अतिथिहरुसहित महासँघका हेम लिम्बूले आआफ्ना मन्तव्य राखेका थिए ।नेपाली व्यवसायीहरु र हङकङ प्रहरीबीच एक मैत्री खेल कार्यक्रमको शुरुमा राखिएको थियो, जसमा नेपाली व्यवसायीको टोलीले एक गोल हानी विजयी भएको थियो भने प्रतियोगिताको खेलमा गुल्मी, प्रिभे, हेहे र एभरेस्ट सेमी फाइनलमा पुगेका थिए र फाइनलमा प्रिभे र गुल्मी भिडेका थिए । दुई गोल भई ट्राइब्रेकरको आधारमा गुल्मी फुटबल क्लबले प्रिभेलाई ४ का विरुद्ध ५ गोलले पराजित गरी श्रीजङ्गा रनिङ कप जितेको छ ।रनिङ सिल्डसहित पाँच हजार हङकङ डलर गुल्मीले र ट्रफी र हङकङ डलर पैंतीस सय प्रिभेले प्राप्त गरेका छन् भने १२ गोल हानी टप स्कोररको उपाधि प्रिभेका खेलाडी नरेन लिम्बू उत्कृष्ट खेलाडी बनेका छन् र सण्डे फुटबल क्लब उत्कृष्ट टिम बनेको छ ।माओवादी आज स्थानीय निकायहरु घेर्दै
बिहानैदेखि देशभरका गाविस र नगरपालिकाअगाडि भेला भएका कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन्। काठमाडौँमा बागदरबारमा रहेको काठमाडौँ महानगरपालिका कार्यालयअगाडि बिहान साढे आठ बजेदेखि नै कार्यकर्ताहरुले नारा लगाइरहेका छन्।माओवादीले आज दिनभर कार्यालय घेराबन्दी गरी कुनै पनि कर्मचारीलाई भित्र पस्न नदिई स्थानीय निकायको कामकाज ठप्प पार्ने बताएको छ। माओवादीको कार्यक्रममा मुठभेड हुने संभावनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थानीय निकायका कार्यालयहरुमा प्रहरीको उपस्थिति सुदृढ बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ। यसअघि माओवादीले आइतबार साँझ देशभर मसाल जुलुस प्रदर्शन गरी दोस्रो चरणको आन्दोलन सुरु गरेको थियो। आन्दोलनका कार्यक्रम अनुसार सोमबार माओवादीले जनसभासमेत गर्दैछ। यसैगरी १८ र १९ गते जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम छ। माओवादीको संयुक्त जनआन्दोलन समितिका संयोजक बाबुराम भट्टराईले सार्वजनिक गरेको कार्यक्रममा २३ गते स्वायत्त गणराज्यहरु घोषणा गर्ने र २४ गते काठमाडौं उपत्यका नाकाबन्दी गर्ने छ। उक्त दिन विमानस्थल समेत बन्द गरिने नेता भट्टराईले बताएका थिए। दोस्रो जन आन्दोलनको बेलासमेत एयरपोर्ट बन्द गरिएको थिएन।यसैगरी आगामी २६ र २७ गते सिंहदरवार घेर्ने कार्यक्रम छ। हलिउड नायिका चार्लाज थेरोनले चुम्बन लिलाम
लाख ४० हजार अमेरिकी डलरमा लिलाम गरिन् । चुम्बन एक महिलाले किनेकी थिइन् । थेरोनले दर्शकका अगाडि नै ती महिलालाई २० सेकेन्ड चुम्बन गरिन् । यसैगरी, ओस्कार विजेता नायिका थेरोनले सन् २०१० मा दक्षिण अफ्रीकामा हुने वल्र्डकपको यात्रा पनि च्यारिटीको सहयोगका लागि लिलाम गरेकी छिन् । थेरोनले अहिलेका सर्वाधिक चर्चित नेता नेल्सन मन्डेलासँगको भेटलाई पनि च्यारिटीका लागि लिलाम गरेकी छिन् । नेल्सन मन्डेलासँगको भेट लिलाम गर्ने विषयमा नेल्सन मन्डेला फाउन्डेसनसँग कुनै आग्रह अहिलेसम्म नआएको बताइएको छ । मन्डेलाले आफैँ स्थापना गरेको च्यारिटी संस्थालाई पनि मन्डेलासँगको समय लिलाम गर्न अधिकार नदिइएको नेल्सन मन्डेला फाउन्डेसनका कार्यकारी प्रमुख एचमात दानगोरले विज्ञप्तिमा बताएका छन् ।