News

Nov 1, 2009

श्रीजङ्गा रनिङ कपमा गुल्मी फुटबल क्लब विजयी

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/प्रकाश के.सी.
हङकङ ,०१ तारिख, काउलुन पार्कको सेभेन ए साइड सकर पिचमा किरात याक्थुम चुम्लुङबाट आयोजित श्रीजङ्गा रनिङ कप उल्लासमय वातावरणमा सम्पन्न भएको छ, जसमा गुल्मी फुटबल क्लब विजयी भएको छ ।एक दिने सो प्रतियोगितामा हिमालयन, फ्रेन्ड्स्, प्रिभे, हेहे, चुम्लुङ, धरान, रिसुङ्गा, सन्डे, एभरेस्ट, देउराली, मन्डे, गुल्मी र नेप्लिज युथ अर्गनाइजरले सहभागिता दिएका थिए । समयभन्दा ढिलो सञ्चालन गरिएको सो प्रतियोगिताको शुरुमा एक औपचारिक कार्यक्रम राखिएको थियो जसलाई किराँत याक्थुम चुम्लुङका सचिव नन्द चङ्सुले संचालन गरेका थिए । डीएबीका डेरेक हुङलगायत, याउचिमोङ डिस्ट्रिक्ट काउन्सिलर प्रमुख मुख्य अतिथि रहेका थिए भने हङकङ नेपाली महासँघ, जनजाति महासँघ, गैरआवासीय नेपाली संघका अध्यक्षहरुसहित अनय विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु विशेष अतिथिहरु रहेका थिए । डीएबीका डेरेक हुङबाट रिबन काटेर प्रारम्भ गरिएपछि कियाचुका केन्द्रीय सदस्य पदमकुमार लावतीले स्वागत मन्तव्य दिएका थिए । नीरप्रसाद लिम्बूको अध्यक्षतामा बसेको सो कार्यक्रममा लिम्बू संस्कृतिको च्याम्ब्रुङ नृत्य (बाजासहित)र हङकङ प्रहरीको तर्फबाट बैण्ड बाजा बजाइएको थियो । मुख्य अतिथिहरुसहित महासँघका हेम लिम्बूले आआफ्ना मन्तव्य राखेका थिए ।नेपाली व्यवसायीहरु र हङकङ प्रहरीबीच एक मैत्री खेल कार्यक्रमको शुरुमा राखिएको थियो, जसमा नेपाली व्यवसायीको टोलीले एक गोल हानी विजयी भएको थियो भने प्रतियोगिताको खेलमा गुल्मी, प्रिभे, हेहे र एभरेस्ट सेमी फाइनलमा पुगेका थिए र फाइनलमा प्रिभे र गुल्मी भिडेका थिए । दुई गोल भई ट्राइब्रेकरको आधारमा गुल्मी फुटबल क्लबले प्रिभेलाई ४ का विरुद्ध ५ गोलले पराजित गरी श्रीजङ्गा रनिङ कप जितेको छ ।रनिङ सिल्डसहित पाँच हजार हङकङ डलर गुल्मीले र ट्रफी र हङकङ डलर पैंतीस सय प्रिभेले प्राप्त गरेका छन् भने १२ गोल हानी टप स्कोररको उपाधि प्रिभेका खेलाडी नरेन लिम्बू उत्कृष्ट खेलाडी बनेका छन् र सण्डे फुटबल क्लब उत्कृष्ट टिम बनेको छ ।

No comments: