लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०२ नोभेम्बर, २००९,ठूला तीन दलबीच धुर्बी करण बढीरहदाँ नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संसदको जारी गतिरोध अन्त्य गर्ने बिषयमा छलफल भएको छ । कोइरालानिवास महाराजगञ्जमा आज भएको छलफलमा संसदको गतिरोध अन्त्य गर्न अध्यक्ष दाहाल सहमत भएको कोइराला निकट श्रोतले दाबी गरेपनि दाहालले भने राष्ट्रपतिको कदमका बिषयमा छलफल हुनु पर्ने अडान राखेको श्रोतले बताएको छ।भेटमा कोइरालाले प्रचण्डलाई सहमतिका साथ अगाडि बढ्न आग्रह गर्दै जारी आन्दोलन फिर्ता लिन अनुरोध गरेका थिए । प्रचण्डले वर्तमान सरकारको विकल्प खोज्न भनेको स्रोतले बतायो ।कोइरालाले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनुपर्नेमा जोड दिएका थिए भने प्रचण्ड त्यसमा सकारात्मक भएको तर प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्व स्वीकार्न नसकिने स्पष्ट पारेको श्रोतले बताएको छ । यद्यपी मुलुकमा बढ्दै गएको राजनीतिक अस्थिरताका बिषयमा भने दुबै नेता गम्भिर भएका छन् ।
No comments:
Post a Comment