लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धनकुटा, १६ कात्तिक (नागरिक)- शान्ति सम्झौताको उल्लंघन गर्दै एकीकृत नेकपा (माओवादी)ले सोमबार धनकुटा नगरपालिका कार्यालय कब्जामा लिई नगर प्रमुखसहित सम्पूर्ण जनप्रतिनिधिको नाम घोषणा गरेको छ। नाराजुलुससहित नगरपालिका कार्यालय पुगेका माओवादी नेता तथा कार्यकर्ताले नगरपालिकाका कार्यालयको तालाचाबी नियन्त्रणमा लिई कार्यालय कब्जामा लिएका हुन्। नगरप्रमुखसहित सम्पूर्ण पदाधिकारीहरु घोषणा र शपथग्रहणसमेत गरी कर्मचारीहरुलाई जनताको पक्षमा काम गर्न उनीहरुले निर्देशन दिएका थिए। एकीकृत (माओवादी)द्वारा घोषणा गरिएको नगरप्रमुखमा गणेश बिष्ट, उपप्रमुखमा कविता राई र वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्षहरुमा क्रमशः हर्क सुब्बा, भक्त कार्की, यज्ञ भण्डारी, तीर्थसिंह राई, हरि प्रधान, लक्ष्मी पौडेल, सुरेन्द्र राई, सानुकी राई र सुमन राई रहेका छन्।
पदाधिकारी घोषणापछि धनकुटा नगरपालिका कार्यालयको हलमा बैठक गरी अब धनकुटा नगरपालिकाका सम्पूर्ण कामकारबाहीसमेत गर्ने घोषित नगरप्रमुख बिष्टले बताउनुभयो।यसैगरी आन्दोलनरत एकीकृत नेकपा (माओवादी)ले धनकुटा जिल्लाका विभिन्न गाविसहरुमा समेत जनप्रतिनिधि घोषणा गरेको छ।

No comments:
Post a Comment