News

Nov 2, 2009

कङ्ग्रेस महासमिति बैठकको बन्द सत्रमा चर्काचर्की, नाराबाजी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक १६ कङ्ग्रेस महासमिति बैठकको बन्द सत्र सुरु भएलगत्तै नेताबीच चर्काचर्की सुरु भएको छ। विधान तयारी समितिका संयोजक कृष्ण सिटौलाले बन्द सत्रमा विधान पेश गरेलगत्तै केन्द्रीय सदस्य नरहरि आचार्य उठेर पदाधिकारीको निर्वाचन गराउनुपर्ने र विगतका कमजोरीलाई सुधार गर्नुपर्ने भनाइ राखेपछि विवाद सुरु भएको थियो। लगत्तै सभापतित्व गरिरहेका कार्यबाहक सभापति सुशील कोइरालाले आचार्यलाई बस्न निर्देशन दिएपछि केही महासमिति सदस्यले बोल्न दिनुपर्ने भन्दै हलभित्रै नाराबाजी गरेका थिए। केन्द्रीय समितिले विधान मस्यौदामा परेका संशोधन प्रस्तावहरुलाई समेत मिलाएर तीन वटा विकल्पसहितको मस्यौदा विधान तयार गरेको थियो। तर कोइरालाले आचार्यलाई 'संशोधनकर्ता' भनेर रुलिङ गरेपछि हल्लाखल्ला भएको थियो।

No comments: