News

Jun 2, 2010

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पत्रकार सम्मेलन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अनामनगर,०६७ जेठ १८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आफ्नो केन्द्रीय कार्यालय अनामनगरमा पत्रकार सम्मेलनगरि पार्टीका भावी नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । जनताको राजनैतिक, आर्थिक, धार्मिक, सामाजिक, लैंगिक, भाषिक तथा साँस्कृतिक हकअधिकार सुनिश्चित गर्न गठित संविधानसभा कांगे्रस, एमाले र माओवादीको सत्ता लुछाचुँडि गर्ने क्रिडास्थलकोरुपमा परिणत भएकोले यसले तोकिएको समयसीमाभित्र संविधान जारिगर्न असफल भएको हो भनि मञ्चले ठहर गरेको छ । हालै म्याद थपिएको संविधानसभा पनि सत्ता र स्वार्थमा केन्द्रीत दलहरुको कठपुतली संस्थाकोरुपमा परिणत हुने प्रवल सम्भावना भएकोले यसबाट तोकिएको मितिमा नेपालको संघीय लोकतान्त्रिक संविधान जारी हुनसक्ने स्थिति विद्यमान नदेखिंदा सर्वजातीय गोलमेच सम्मेलनमार्फत सर्वजातीय विधायकसभा गठनगरि त्यस अन्तर्गतको सर्वजातीय सरकारले गर्ने संविधानसभाको चुनाव मात्र नेपाली जनताको हकअधिकार प्रत्याभूत गर्नसक्ने हैसियत राख्दछ भनि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ठहर गरेकोले अवाञ्छित समिकरणबाट म्याद थपिएको संविधानसभाको भण्डाफोर देशव्यापिरुपमा गर्नकालागि मञ्चले आफ्ना राजनीतिक कार्यक्रमहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । उक्त सम्मेलनमा पत्रकारहरुद्वारा राखिएको जिज्ञासाको उत्तर अध्यक्ष लक्ष्मण थारुले दिनुभएको थियो भने विज्ञप्तिको वाचन सचिव लासीम पालुङवाले गर्नुभएको थियो ।

प्रचण्डनिवासमा मंगलबार साँझ गोली चल्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्दै आउनुभएको नयाँ बजारस्थित निजी निवासमा मंगलबार साँझ गोली चलेको छ। प्रचण्डनिवासमा गोली चलेपछि माओवादी कार्यकर्ताले उक्त घरलाई आफ्नो नियन्त्रणमा लिएर घरभित्र कसैलाई प्रवेश गर्न दिएका छैनन्। गोली चलेको खबर प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थलमा पुगेको भए पनि माओवादी कार्यकर्ताले प्रहरीलाई गोली पड्केको स्थानमा जान रोक लगाएको घटनास्थल पुगेका एक प्रहरीले नेपाल समाचारपत्रलाई जानकारी दिए।माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालले प्रचण्डनिवासको सुरक्षामा बसेका जनसेना डयुटी बदली गर्ने क्रममा राइफल खसेर पड्किएको जानकारी सञ्चारकर्मीलाई दिए। तर, प्रहरीको उच्चस्रोतका अनुसार डयुटीमा रहेका माओवादी सेनाले गोली पड्काएका हुन्। माओवादीले उक्त घटनालाई असावधानीवश गोली पड्किएको बताए पनि स्वचालित राइफल भुइँमा खस्दैमा त्यसरी पड्कँदैन।उक्त घटना भएको थाहा पाएर समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई घरभित्र प्रवेश गर्न माओवादीले रोक लगाएपछि उक्त घटनालाई सबै क्षेत्रले गम्भीर रूपमा लिएको पाइएको छ। माओवादी नेतृत्वले स्वचालित हतियार र्सट मेसिनगनबाट ३ फायर भएको जानकारी दिएको छ। अध्यक्ष प्रचण्डको सुरक्षाका लागि माओवादी सेना बस्दै आएको सुरक्षाघरभित्र उक्त गोली चलेको थियो।माओवादीले असावधानीवश गोली चलेको दाबी गरे पनि पड्किएको उक्त गोलीमध्ये २ वटाले घरको छाना प्वाल पारेको छ भने एउटा गोली घरको भित्तामा गएर लागेको थियो। उक्त घटनामा मानवीय क्षति भने भएको छैन। माओवादीले उक्त घटना कसरी भयो भन्ने विषयमा आन्तरिक छानबिन शुरू गरेको छ। घटनाका बारेमा जानकारी लिन सञ्चारकर्मीहरू राति अबेरसम्म प्रचण्डनिवासबाहिर बसे पनि सञ्चारकर्मीलाई भित्र प्रवेश दिइएन।प्रचण्डको सुरक्षाका लागि सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको निरीक्षण कमान्डमा ३० जनाको टोली तैनाथ गरेको छ भने माओवादीले आफ्नो सेनाको एक कम्पनीलाई परिचालित गरेको छ।माओवादीले अध्यक्ष प्रचण्डको सुरक्षामा पार्टी विश्वास गरेका व्यक्तिहरूलाई मात्रै खटाउने गरेको स्रोतले जानकारी दियो।

पूर्वयुवराज पारस शाहले नियम मिचे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कास्की, जेष्ठ १९,विदेशी साथीसँग पोखरा आएका पूर्वयुवराज पारस शाहले विमानस्थलमा ट्राफिक नियम उल्लंघन गर्दै जथाभावी सवारी चलाएका छन् । यसअघि विशिष्ट व्यक्तिको सवारी विमानस्थलको भित्री गेटमै रोकेर भीआईपी कक्ष हुँदै पैदल जाने नियम तोड्दै उनले विमान पार्किङ गरिने 'एप्रोन' क्षेत्रसम्म गाडी लिएर गए । काठमाडौं र्फकने क्रममा सोमबार अपराह्न उनी जथाभावी सवारी हाँकेर पोखरा विमानस्थल पुगेका हुन् । पारसले विमानस्थलमा रहेको एकतर्फी प्रवेशद्वारको नियम मिचेर विपरीत दिशाबाट आफैंले चलाएको वा५च ८९७९ नम्बरको गाडी छिराएका थिए । विमानस्थलमा एकातिरबाट पस्ने मात्रै र अर्कोतिरबाट निस्कनका लागि मात्रै भित्रबाहिर लेखेर ट्राफिक व्यवस्थापन गरिएको छ । बाहिर निस्कने ढोकाबाट भित्र मात्र उनी पसेनन् विमानस्थलको संवेदनशील 'एप्रोन' कक्षमा कसैको पनि प्रवेश नगराउन सधैं बन्द रहने फलामे ढोकाबाट पनि उनी गाडी नै चलाएर भित्र छिरेका थिए । हेलिकोप्टरबाट केवल दुई मिटरको दूरीमा पुर्‍याएर उनले गाडी रोकेका थिए । उनको पछिपछि स्कर्टिङ शैलीमा गएको ना१झ ७८५ सम्मको गाडी पनि सँगै 'एप्रोन' कक्षमै पुगेको थियो ।
सवारी साधन त्यसरी भित्रसम्म पुगेकोबारे विमानस्थल प्रमुख नरेन्द्र थापाले अनविज्ञता प्रकट गरे । 'यसअघि भित्रैसम्म सवारी पुगेको थिएन, संवेदनशील क्षेत्रमा मोटर लैजाँदा यात्रु तथा जहाजलाई बाधा त निश्चितै पुग्छ ।' 'प्राधिकरणको यसअघिको परम्परा र नियम भ्वाइलेन्ट भएको देखिन्छ,' थापाले भने, 'यसबारेमा धेरै टिप्पणी नगरौं, सुरक्षा निकायले समन्वय गरी काम गरेको होला ।'
उक्त ढोकाबाट कहिलेकाहीं बिरामी पठाउन एम्बुलेन्स भित्र छिराउन पनि निकै प्रक्रिया पुर्‍याउनुपर्ने र समय लाग्ने गरेको थियो । सुरक्षा, प्राधिकरणका कर्मचारी सबैको निर्णय भएपछि मात्र उक्त फलामे ढोका खुल्ने गरेकोमा पारसका लागि निर्वाध खुला गरिएको थियो । सुरक्षाका लागि भित्र छिर्ने प्रवेशद्वारमा बसेका प्रहरी पारसको मोटर विपरीत दिशाबाट पसेपछि अल्मलिँदै दौडिएका थिए ।
पोखरा विमानस्थलमा जुनसुकै विशिष्ट व्यक्ति आउँदासमेत सडकबाट विमानस्थल क्षेत्रमा प्रवेश गरेपछि भित्री गेटतर्फ नगई विशिष्ट कक्षबाट पैदलै हवाई यात्रा गर्ने प्रावधान छ । विशिष्ट व्यक्तित्वभन्दा पनि भित्र गएर सामान्य नागरिक भइसकेका पूर्वयुवराज शाहले राजतन्त्रको झझल्को दिएको उनको सवारी देखेका प्रत्यक्षदर्शीले टिप्पणी गरे । आइतबार आएका उनी यहाँको फिस्टेल लजमा बसेर फर्किएका थिए । छोराछोरीसहित सिंगापुर बस्दै आएका उनी चिनियाँ साथीसँग आएका थिए । उनीसँगै आएका केही साथीहरू हवाईजहाजबाट फर्के पनि उनी भने हेलिकोप्टरमै आउने जाने गरेका थिए । सराङकोट घुमेका उनले अधिकांश समय होटलकै कोठाभित्र बिताएका थिए ।

संविधान सभाको म्याद थपविरुद्ध सर्वोच्चमा रिट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १९,संविधानसभाको म्याद थपसम्बन्धी सबै निर्णयप्रक्रिया संविधानविपरित भएको भन्दै संविधानसभाका सबै काम रोक लगाउने मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ। रिटमा यसअघि सभासद्ले लिएका पारिश्रमिक, भत्ता, सुविधासमेत फिर्ता गर्न र अब त्यस्तो सुविधा नपाउने गरी आदेश दिन माग गरिएको छ। अधिवक्ताद्वय विजयराज शाक्य र कमलेश द्विवेदीद्वारा दायर रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, व्यवस्थापिका संसद्, संविधानसभा, कानुन तथा न्याय मन्त्रालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ।

राना र राईको मन्त्रिपरिषद् बैठकले विभूषण फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १९- सरकारले डिआइजीद्वय कुवेरसिंह राना र दुर्जकुमार राईलाई दिइएको पदक चार दिनपछि फिर्ता लिएको छ। ०६२/६३ को जनआन्दोलन दबाउन भूमिका खेलेको भनी चौतर्फी आलोचना भएपछि बुधबार मन्त्रिपरिषद् बैठकले विभूषण फिर्ता लिएको हो। दोस्रो गणतन्त्र दिवसका अवसरमा आ-आफ्ना क्षेत्रमा उल्लेख्य योगदान गर्ने अन्य २ सय ६७ जनासँगै राना र राईलाई सम्मान गरिएको थियो।'मन्त्रिपरिषद्ले विभूषण समितिले वितरण गरेका विभूषण पुनःविचार गर्नेसम्बन्धी प्रस्ताव स्वीकृति गरेको छ' सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले भने, 'खासगरी जनस्तरबाट आएका प्रतिक्रियालाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो।' बैठकमा विभूषित भएकामध्ये राना र राईका विभूषण फिर्ता गर्ने प्रस्ताव परेको थियो।सरकारले भविष्यमा राष्ट्रले आ-आफ्ना क्षेत्रमा विशिष्ट योगदान गरेका लाई दिइने यस्ता विभूषण र पदक विश्वसनीय बनाउने निर्णय समेत गरेको छ। यसका लागि मन्त्रिपरिषद्को सामाजिक समितिमा छलफल गरी विभूषण सम्बन्धी मापदण्ड सुधार गरिने निर्णय भएको पोखरेलले जानकारी दिए।मन्त्रिपरिषद्ले विदेशी साहयता लिनुअघि सम्बन्धित सबै निकायले अनिवार्य रुपमा अर्थ मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था समेत गरेको छ। यो निर्णयसँगै दातृ निकायबाट आफूखुसी साहयता लिने प्रवृति न्यून हुनेछ।बैठकले मतदाता नामावली संसोधन २०६७ सम्बन्धी विद्ययकलाई सैद्धान्तिक सहमती दिएको मन्त्री पोखरेलले बताए। त्यसैगरी दोस्रो जनआन्दोलनका क्रममा घाइते भई निधन भएका रमाकान्त सुवेदीलाई सहिद घोषणा गरेको छ। राष्ट्रिय खेलकुद नीति २०६७ लाई सैद्धान्तिक अनुमोदन गरेको छ।वैदेशिक रोजगारीमा गई मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैंयाका दरले साहयता प्रदान गर्ने निर्णय गरेको छ।बैठकले दलित आयोग सदस्यमा बौवालाल शर्मा खत्रीलाई नियुक्त गरेको छ। त्यसैगरी पिछडिया समुदाय उत्थान समितिमा समुरलाल शाह, रामआशिस गुप्ता र ललीता साहलाई नियुक्त गरेको छ। उनीहरु क्रमशः सप्तरी, सर्लाही र बाँकेका हुन्। नेपाल रेलवे कम्पनी लिमिटेड महाप्रवन्धकमा सञ्जीवकुमार मल्लिकलाई नियुक्त गरेको छ।

एभरेष्टको दशौं बाषिर्कोत्सव समारोहमा 'वैरागी काइँला'

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ,
जेष्ठ १८ - हङकङबाट निरन्तर प्रकाशित पहिलो नेपाली पत्रिका एभरेष्टले इतिहास रच्दै एक दशक पार गरेको छ । सन् २००० देखि प्रकाशनमा आएको एभरेष्ट सुरुको तीन बर्ष दैनिक र सोपश्चात साप्ताहिक रुपमा प्रकाशित हुदै आएको छ । भारतपछि प्रवासबाट प्रकाशित हुने छापापत्रिकाहरुमा एक दशक पुरा गर्ने 'एभरेष्ट' नेपाली भाषाको पहिलो साप्ताहिक पत्रिका हो । दशौं बाषिर्कोत्सव समारोहमा सहभागी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति साहित्यकार तिलविक्रम नेम्वाङ 'वैरागी काइँला' ले डायस्पोरामा रहेर निरन्तर दश बर्ष नेपाली पत्रकारिताको अभ्यास गरेर एभरेष्टले भाषा, साहित्य र संस्कृतिका श्रृबृद्धिमा ठूलो गुन लगाएको बताए । संसारको जुनसुकै कुनामा रहेपनि नेपाली भाषाका सम्र्वद्धन र संरक्षणका दायित्य प्रवासमा बस्नेहरुका पनि उत्तिकै रहने कुरामा समेत उनले जोड दिए । याउ मा तेइस्थित हेनरी जी लियोङ हलमा आयोजित समारोहमा पत्रकार, व्यापारी, समाजसेवी, शिक्षक लगायत सर्वसाधारणको बाक्लो उपस्थिती थियो । उक्त कार्यक्रममा दशौं बाषिर्कीका अवसरमा प्रकाशित विषेश अंक 'एभरेष्ट' को विमोचन पनि गरियो ।

तीन दलका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १९प्रधानमन्त्री माधवकुमार नेपाल सहित तीन दलका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ। संविधानसभा भवन नयाँ वानेश्वरमा भएको बैठकपछि प्रधानमन्त्री माधवकुमार नेपालले सहमति जुट्न सके आफू राजीनामा दिन तयार भएको बताए। बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कांग्रेसका कार्यवाहक सभापति सुशील कोइराला र नेता रामचन्द्र पौडेल तथा एमाले अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता केपी शर्मा ओली सहभागी थिए।जेठ १४ को सहमतिका तीन बुँदामा दलहरुका भिन्ना भिन्नै बिषयमा तीन दलबीच फरक फरक धारणा आएपछि प्रधानमन्त्रीले बैठक बोलाएका थिए। माओवादीले प्रधानमन्त्रीले पाँच दिनभित्र राजीना गर्नुपर्ने सहमति भएको दाबी गर्दै बैठकमा पेश भएपछि सहमति जुट्न नसकेको हो। सरकारवादी दलहरुले अन्य दुई बुँदामा सहमति भएपछि मात्र राजीनामा देस्रो चरणमा आउने बताएका थिए।