News

Jun 2, 2010

एभरेष्टको दशौं बाषिर्कोत्सव समारोहमा 'वैरागी काइँला'

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ,
जेष्ठ १८ - हङकङबाट निरन्तर प्रकाशित पहिलो नेपाली पत्रिका एभरेष्टले इतिहास रच्दै एक दशक पार गरेको छ । सन् २००० देखि प्रकाशनमा आएको एभरेष्ट सुरुको तीन बर्ष दैनिक र सोपश्चात साप्ताहिक रुपमा प्रकाशित हुदै आएको छ । भारतपछि प्रवासबाट प्रकाशित हुने छापापत्रिकाहरुमा एक दशक पुरा गर्ने 'एभरेष्ट' नेपाली भाषाको पहिलो साप्ताहिक पत्रिका हो । दशौं बाषिर्कोत्सव समारोहमा सहभागी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति साहित्यकार तिलविक्रम नेम्वाङ 'वैरागी काइँला' ले डायस्पोरामा रहेर निरन्तर दश बर्ष नेपाली पत्रकारिताको अभ्यास गरेर एभरेष्टले भाषा, साहित्य र संस्कृतिका श्रृबृद्धिमा ठूलो गुन लगाएको बताए । संसारको जुनसुकै कुनामा रहेपनि नेपाली भाषाका सम्र्वद्धन र संरक्षणका दायित्य प्रवासमा बस्नेहरुका पनि उत्तिकै रहने कुरामा समेत उनले जोड दिए । याउ मा तेइस्थित हेनरी जी लियोङ हलमा आयोजित समारोहमा पत्रकार, व्यापारी, समाजसेवी, शिक्षक लगायत सर्वसाधारणको बाक्लो उपस्थिती थियो । उक्त कार्यक्रममा दशौं बाषिर्कीका अवसरमा प्रकाशित विषेश अंक 'एभरेष्ट' को विमोचन पनि गरियो ।

No comments: