News

Jun 2, 2010

तीन दलका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १९प्रधानमन्त्री माधवकुमार नेपाल सहित तीन दलका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ। संविधानसभा भवन नयाँ वानेश्वरमा भएको बैठकपछि प्रधानमन्त्री माधवकुमार नेपालले सहमति जुट्न सके आफू राजीनामा दिन तयार भएको बताए। बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कांग्रेसका कार्यवाहक सभापति सुशील कोइराला र नेता रामचन्द्र पौडेल तथा एमाले अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता केपी शर्मा ओली सहभागी थिए।जेठ १४ को सहमतिका तीन बुँदामा दलहरुका भिन्ना भिन्नै बिषयमा तीन दलबीच फरक फरक धारणा आएपछि प्रधानमन्त्रीले बैठक बोलाएका थिए। माओवादीले प्रधानमन्त्रीले पाँच दिनभित्र राजीना गर्नुपर्ने सहमति भएको दाबी गर्दै बैठकमा पेश भएपछि सहमति जुट्न नसकेको हो। सरकारवादी दलहरुले अन्य दुई बुँदामा सहमति भएपछि मात्र राजीनामा देस्रो चरणमा आउने बताएका थिए।

No comments: