News

Jun 2, 2010

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पत्रकार सम्मेलन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अनामनगर,०६७ जेठ १८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आफ्नो केन्द्रीय कार्यालय अनामनगरमा पत्रकार सम्मेलनगरि पार्टीका भावी नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । जनताको राजनैतिक, आर्थिक, धार्मिक, सामाजिक, लैंगिक, भाषिक तथा साँस्कृतिक हकअधिकार सुनिश्चित गर्न गठित संविधानसभा कांगे्रस, एमाले र माओवादीको सत्ता लुछाचुँडि गर्ने क्रिडास्थलकोरुपमा परिणत भएकोले यसले तोकिएको समयसीमाभित्र संविधान जारिगर्न असफल भएको हो भनि मञ्चले ठहर गरेको छ । हालै म्याद थपिएको संविधानसभा पनि सत्ता र स्वार्थमा केन्द्रीत दलहरुको कठपुतली संस्थाकोरुपमा परिणत हुने प्रवल सम्भावना भएकोले यसबाट तोकिएको मितिमा नेपालको संघीय लोकतान्त्रिक संविधान जारी हुनसक्ने स्थिति विद्यमान नदेखिंदा सर्वजातीय गोलमेच सम्मेलनमार्फत सर्वजातीय विधायकसभा गठनगरि त्यस अन्तर्गतको सर्वजातीय सरकारले गर्ने संविधानसभाको चुनाव मात्र नेपाली जनताको हकअधिकार प्रत्याभूत गर्नसक्ने हैसियत राख्दछ भनि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ठहर गरेकोले अवाञ्छित समिकरणबाट म्याद थपिएको संविधानसभाको भण्डाफोर देशव्यापिरुपमा गर्नकालागि मञ्चले आफ्ना राजनीतिक कार्यक्रमहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । उक्त सम्मेलनमा पत्रकारहरुद्वारा राखिएको जिज्ञासाको उत्तर अध्यक्ष लक्ष्मण थारुले दिनुभएको थियो भने विज्ञप्तिको वाचन सचिव लासीम पालुङवाले गर्नुभएको थियो ।

No comments: