News

Jun 3, 2012

संविधान सभा ब्युँताएर संविधान जारी गर्नुपर्ने कङ्ग्रेसको नयाँ धारणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेठ २१,नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले संविधान सभा ब्युँताएर संविधान जारी गर्नुपर्ने कङ्ग्रेसको नयाँ धारणा सार्वजनिक गरेका छन्। उनले पार्टीको धारणा भन्दै संविधान सभा थोरै समयका लागि ब्युँताएर संविधान संशोधन गरेर आयोगबाट संविधान निर्माण गर्नुपर्ने बताए। र यसलाई जनमत सङ्ग्रहबाट अनुमोदन गराउनुपर्ने धारणा रिपोर्टर्स क्लबको कार्यक्रममा राखे। माओवादीलाई वैद्य पक्ष र विजयकुमार गच्छदारलाई शरदसिह भण्डारी पार्टीभित्र घाँडो भएकाले संविधान सभा भङ्ग गरेको आरोप लगाउँदै श्रेष्ठले अस‌वैधानिकरुपमा संविधान सभा विघठन गर्ने प्रधान मन्त्रीलाई राष्ट्रपतिले दण्डित गर्नुपर्ने माग पनि गरे। कङ्ग्रेसको नेतृत्वमा सहमतिको सरकार नबन्दासम्म मङ्सिर ७ गते निर्वाचन असम्भव रहेको ठोकुवा गर्दै उनले सहमतिमा फेरि १ वर्ष म्याद रहने संविधान सभा र ३ सय ७५ सभासद रहने गरी व्यवस्थापिका संसदको निर्वाचन गर्न सकिने बताए। उनले पाँच बुँदे सहमतिअनुसार पनि निर्वाचन गराउने सरकारको नेतृत्व नेपाली कङ्ग्रेसले गर्नुपर्ने भन्दै प्रचण्ड र प्रधान मन्त्री स्वयमले कङ्ग्रेसको नेतृत्वको प्रस्ताव गर्नुपर्ने बताए। उनले भने– सहमतिअनुसार पनि नगर्ने अनि असंवैधानिकरुपमा संविधान सभा विघठन गर्ने प्रधान मन्त्रीलाई पार्टीभित्र र बाहिरबाट विरोध भइरहँदा एक मिनेट पनि कुर्सीमा टाँसिएर बस्ने अधिकार छैन। उनले प्रधान मन्त्रीलाई आफ्नो नेतृत्वमा सहमतिको सरकार निर्माणका लागि नेताहरुको घरघर धाउनुभन्दा कङ्ग्रेसको नेतृत्व स्वीकार गर्न आग्रह गरे।

एकताका लागि त्याग गर्न तयार रहेको दाहालको भनाइ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेष्ठ २१ माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । पार्टीका उपाध्यक्ष मोहन बैद्यले नयाँ पार्टी खोल्ने तयारी गरेपछि उनको यो भनाइ आएको हो । काठमाडौँ मेडिकल कलेज जोरपाटीमा दुवै मृगौलामा समस्या आई उपचार गराइरहेका माओवादीका पोलिटव्यूरो सदस्य एवम् लडाकुका पूर्व कमाण्डर नन्दकिशोर पुनको स्वास्थ्य स्थिति बुझ्न पुगेका दाहालले उक्त कुरा बताएका हुन् । उपाध्यक्ष बैद्य पक्षमा प्रभावशाली मानिएका नेता नेत्र बिक्रम चन्दले एक पत्रिकामा बैद्यलाई पार्टी अध्यक्ष र महासचिव रामबहादुर थापालाई प्रधानमन्त्री बनाए पार्टी नफुट्ने बताएका थिए । उनले पार्टीको असन्तुष्ट पक्षलाई विश्वासमा लिएर अगाडि बढ्न तयार रहेको र त्यसको लागि आफ्नो तर्फबाट जस्तोसुकै कदम चाल्न तत्पर रहेको बताएको उनका सहयोगी शिव खकुरेललाई उदृत गर्दै राससले जनाएको हो । मृगौलामा समस्या देखिएपछि थप उपचारका लागि सरकार र पार्टीले नेता पुनलाई भारतको दिल्ली लैजाने तयारी गरे पनि उनले अस्वीकार गरेका छन् । पुनले पार्टी अध्यक्षलाई आफ्नो स्वास्थको कुनै चिन्ता नलिन बरु पार्टीलाई एकताबद्ध बनाउनका लागि जोडदिएका थिए ।

चुरे भावरका बरिष्ठ उपाध्यक्ष र महासचिव पार्टीबाट निष्काशित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले पार्टी बरिष्ठ उपाध्यक्ष र महासचिवलाई कारबाही गरेको छ । चुरेभावरले पार्टीले कांग्रेस–एमाले गठबन्धनमा उनीहरु सहभागी भएको भन्दै बरिष्ठ उपाध्यक्ष शिवप्रसाद तामाङ र महासचिव भूमिराज निरौलालाई निस्कासित गरेको हो । उनीहरुलाई पार्टीको औपचारिक धारणा र निर्णय बिना नै विचार नमिल्ने समूहरुसँग सहकार्य गर्दै पार्टीलाई कमजोर बनाउने षड्यन्त्र गरेकाले निस्काशन गर्नु परेको जनाइएको छ । पार्टी अध्यक्षसहित अन्य पदाधिकारीको हस्ताक्षर रहेको विज्ञप्तिमा पार्टी हित विपरित गतिविधी गरेकाले उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको उल्लेख छ ।

नेपाली युवा अष्ट्रेलियाको १ सय ६६ औँ धनी व्यक्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अष्ट्रेलियामा रहेका नेपाली युवा शेष घले अष्ट्रेलियाका धनी व्यक्तिमध्ये १ सय ६६ औँ व्यक्तिमा परेका छन् । अष्ट्रेलियाको ‘बीआरडब्लू रिर्च’ पत्रिकाले सन् २०१२मा गरेको सर्वेक्षण अनुसार घले त्यहाँका धनी व्यक्तिमध्येमा गनिएका हुन । उनको सम्पत्ति २ सय ५५ मिलियन अष्ट्रेलियन डलर रहेको छ । लामो समयदेखि अष्ट्रेलियाको मेलर्बन सहरमा मेलबर्न इन्सिटच्युट अफ टेक्नोलोजी सञ्चालन गर्दै आएका घले गत वर्ष दुई सय ३७ मिलियन डलरका भएको धनी व्यक्तिका रुपमा चिनिएका थिए । २०१२ सालमा नेपालको लम्जुङ जिल्लाको घानखोलामा जन्मिएका घले १६ वर्ष अघि अष्ट्रेलिया गएका थिए । उनले छोटो समयमै अष्ट्रेलियाका धेरै धनी मानिसलाई पछि पार्दै सम्पत्ति कमाएका हुन ।

Jun 2, 2012

चीनमा अपहरित बालबालिकाको उद्धार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चीनको दक्षिणपश्चिम प्रान्तमा ३१ जना अपहरित बालबालिकाको प्रहरीद्वारा उद्धार गरिएको छ । अपहरण गरी ओसारपसार गर्न लगिएका ती बालबालिकाको उद्धार गरिएको सार्वजनिक सुरक्षा निकाय र रेलवे मन्त्रालयले जानकारी दिएको छ । यस अपराधमा हात रहेका संदिग्ध ७६ जना व्यक्ति पक्राउ परेका छन् । चीनको तीनवटा प्रान्तको सातवटा सहरमा यी बालबालिकाहरुलाई ओसारपसार गर्ने गरेको समाचारमा उल्लेख छ । प्रत्येक बालबालिकालाई आठ हजार देखि १० हजार युआन मूल्यमा बेचबिखन गरेको जनाइएको छ । ताइवानको बन्सिआओ जिल्लामा रहेको एक अदालतले ती पुरुषमाथि जबरजस्ती आरोपमा सो जेल सजाय सुनाएको हो ।

पूर्व सभासदलाई सुरक्षा दिन प्रहरीको परिपत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेठ २०,न्यायाधीश रणबहादुर बमको हत्यापछि बदलिएको सुरक्षा अवस्थाको मूल्यांकन गर्न बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले विशिष्ट व्यक्तिको सुरक्षा बढाउने निर्णय गरेको छ। गृहमन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा गृहमन्त्रालयमा बसेको समितिको बैठकले 'विशिष्ट व्यक्तिको सुरक्षा खतराको मूल्यांकन गरी सुरक्षा व्यवस्था मिलाउन' सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको छ। गृहका प्रवक्ता शंकरप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा 'संविधान सभा केन्द्रित सुरक्षा योजना सफल भएको निष्कर्ष निकालेको बैठकले न्यायाधीश बमको हत्याप्रति दुःख व्यक्त गरिएको' उल्लेख छ। बैठकले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन निर्देशिकालाई परिमार्जन गर्न गृह कोइरालाको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ। बैठकले न्यायाधीशहरुको सुरक्षा अवस्थामा सुधार गरी थप सुरक्षाकर्मी परिचालन गर्न समेत सुरक्षा संगठनका प्रमुखलाई निर्देशन दिएको थियो। सुरक्षा समितिको बैठक अगाडि प्रधानमन्त्री निवास बालुवाटारमा बाबुराम भट्टराईले नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर बम हत्या र विशिष्ट पदाधिकारीको सुरक्षाप्रति चासो देखाएका थिए। बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरिक्षक रविन्द्रप्रताप शाहले न्यायाधीशको हत्यालगत्तै विशिष्ट व्यक्तिहरुको सुरक्षा अवस्था र जोखिमको विश्लेषण गरी सुरक्षा अवस्थामा सुधार गर्न संगठनका सबै निकायहरुलाई निर्देशन दिएको जानकारी गराएका थिए। प्रहरी प्रवक्ता विनोद सिंहका अनुसार न्यायाधीश हत्यालगत्तै महानिरीक्षकको सचिवालयको निर्देशनमा कार्यविभागले क्षेत्रीय प्रहरी कार्यालय र महानगरिय प्रहरी आयुक्त कार्यालयलाई तत्काल विशिष्ट व्यक्तिहरुको अहिलेको सुरक्षा अवस्थाबारे विश्लेषण गरी थप गर्न परिपत्र पठाएको छ। 'सुरक्षा अवस्थाको मूल्यांकन र थ्रेटको विष्लेशणको आधारमा सुरक्षा व्यवस्था मिलाउन परिपत्र गइसकेको छ,' उनले भने, 'सोही आधारमा सुरक्षा व्यवस्था परिमार्जन सुरु भइसकेको छ।' प्रवक्ता सिंहका अनुसार संविधानसभाका निवर्तमान सदस्यहरुमाथि सुरक्षा खतरा बढ्नसक्ने मूल्यांकनका आधारमा उनीहरुको सुरक्षाको प्रबन्ध गर्न परिपत्र गरिएको छ।

पूर्व राष्ट्रपति मुवारकलाई जन्मकैदको फैसला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कायरो, जेठ २० (एजेन्सी) - इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकलाई त्यहाँको एक अदालतले जन्मकैदको फैसला सुनाएको छ। गत वर्ष त्यहाँ भएको आन्दोलन दवाउन जनताको हत्या गरेको मुद्दामा फैसला सुनाउँदै अदालतले उनलाई दोषी ठहर गरेको हो। कायरोको अदालतमा १० महिने मुद्दा खेपेका मुवारक ८४ वर्षका हुन्। सन् २०११ को सुरुमै अरव मुलुक कायरोमा आन्दोलनले सत्ता पल्टाएको थियो।