News

Jun 3, 2012

संविधान सभा ब्युँताएर संविधान जारी गर्नुपर्ने कङ्ग्रेसको नयाँ धारणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेठ २१,नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले संविधान सभा ब्युँताएर संविधान जारी गर्नुपर्ने कङ्ग्रेसको नयाँ धारणा सार्वजनिक गरेका छन्। उनले पार्टीको धारणा भन्दै संविधान सभा थोरै समयका लागि ब्युँताएर संविधान संशोधन गरेर आयोगबाट संविधान निर्माण गर्नुपर्ने बताए। र यसलाई जनमत सङ्ग्रहबाट अनुमोदन गराउनुपर्ने धारणा रिपोर्टर्स क्लबको कार्यक्रममा राखे। माओवादीलाई वैद्य पक्ष र विजयकुमार गच्छदारलाई शरदसिह भण्डारी पार्टीभित्र घाँडो भएकाले संविधान सभा भङ्ग गरेको आरोप लगाउँदै श्रेष्ठले अस‌वैधानिकरुपमा संविधान सभा विघठन गर्ने प्रधान मन्त्रीलाई राष्ट्रपतिले दण्डित गर्नुपर्ने माग पनि गरे। कङ्ग्रेसको नेतृत्वमा सहमतिको सरकार नबन्दासम्म मङ्सिर ७ गते निर्वाचन असम्भव रहेको ठोकुवा गर्दै उनले सहमतिमा फेरि १ वर्ष म्याद रहने संविधान सभा र ३ सय ७५ सभासद रहने गरी व्यवस्थापिका संसदको निर्वाचन गर्न सकिने बताए। उनले पाँच बुँदे सहमतिअनुसार पनि निर्वाचन गराउने सरकारको नेतृत्व नेपाली कङ्ग्रेसले गर्नुपर्ने भन्दै प्रचण्ड र प्रधान मन्त्री स्वयमले कङ्ग्रेसको नेतृत्वको प्रस्ताव गर्नुपर्ने बताए। उनले भने– सहमतिअनुसार पनि नगर्ने अनि असंवैधानिकरुपमा संविधान सभा विघठन गर्ने प्रधान मन्त्रीलाई पार्टीभित्र र बाहिरबाट विरोध भइरहँदा एक मिनेट पनि कुर्सीमा टाँसिएर बस्ने अधिकार छैन। उनले प्रधान मन्त्रीलाई आफ्नो नेतृत्वमा सहमतिको सरकार निर्माणका लागि नेताहरुको घरघर धाउनुभन्दा कङ्ग्रेसको नेतृत्व स्वीकार गर्न आग्रह गरे।

No comments: