News

Jun 3, 2012

एकताका लागि त्याग गर्न तयार रहेको दाहालको भनाइ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेष्ठ २१ माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । पार्टीका उपाध्यक्ष मोहन बैद्यले नयाँ पार्टी खोल्ने तयारी गरेपछि उनको यो भनाइ आएको हो । काठमाडौँ मेडिकल कलेज जोरपाटीमा दुवै मृगौलामा समस्या आई उपचार गराइरहेका माओवादीका पोलिटव्यूरो सदस्य एवम् लडाकुका पूर्व कमाण्डर नन्दकिशोर पुनको स्वास्थ्य स्थिति बुझ्न पुगेका दाहालले उक्त कुरा बताएका हुन् । उपाध्यक्ष बैद्य पक्षमा प्रभावशाली मानिएका नेता नेत्र बिक्रम चन्दले एक पत्रिकामा बैद्यलाई पार्टी अध्यक्ष र महासचिव रामबहादुर थापालाई प्रधानमन्त्री बनाए पार्टी नफुट्ने बताएका थिए । उनले पार्टीको असन्तुष्ट पक्षलाई विश्वासमा लिएर अगाडि बढ्न तयार रहेको र त्यसको लागि आफ्नो तर्फबाट जस्तोसुकै कदम चाल्न तत्पर रहेको बताएको उनका सहयोगी शिव खकुरेललाई उदृत गर्दै राससले जनाएको हो । मृगौलामा समस्या देखिएपछि थप उपचारका लागि सरकार र पार्टीले नेता पुनलाई भारतको दिल्ली लैजाने तयारी गरे पनि उनले अस्वीकार गरेका छन् । पुनले पार्टी अध्यक्षलाई आफ्नो स्वास्थको कुनै चिन्ता नलिन बरु पार्टीलाई एकताबद्ध बनाउनका लागि जोडदिएका थिए ।

No comments: