News

Jun 3, 2012

नेपाली युवा अष्ट्रेलियाको १ सय ६६ औँ धनी व्यक्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अष्ट्रेलियामा रहेका नेपाली युवा शेष घले अष्ट्रेलियाका धनी व्यक्तिमध्ये १ सय ६६ औँ व्यक्तिमा परेका छन् । अष्ट्रेलियाको ‘बीआरडब्लू रिर्च’ पत्रिकाले सन् २०१२मा गरेको सर्वेक्षण अनुसार घले त्यहाँका धनी व्यक्तिमध्येमा गनिएका हुन । उनको सम्पत्ति २ सय ५५ मिलियन अष्ट्रेलियन डलर रहेको छ । लामो समयदेखि अष्ट्रेलियाको मेलर्बन सहरमा मेलबर्न इन्सिटच्युट अफ टेक्नोलोजी सञ्चालन गर्दै आएका घले गत वर्ष दुई सय ३७ मिलियन डलरका भएको धनी व्यक्तिका रुपमा चिनिएका थिए । २०१२ सालमा नेपालको लम्जुङ जिल्लाको घानखोलामा जन्मिएका घले १६ वर्ष अघि अष्ट्रेलिया गएका थिए । उनले छोटो समयमै अष्ट्रेलियाका धेरै धनी मानिसलाई पछि पार्दै सम्पत्ति कमाएका हुन ।

No comments: