News

Jun 2, 2012

चीनमा अपहरित बालबालिकाको उद्धार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चीनको दक्षिणपश्चिम प्रान्तमा ३१ जना अपहरित बालबालिकाको प्रहरीद्वारा उद्धार गरिएको छ । अपहरण गरी ओसारपसार गर्न लगिएका ती बालबालिकाको उद्धार गरिएको सार्वजनिक सुरक्षा निकाय र रेलवे मन्त्रालयले जानकारी दिएको छ । यस अपराधमा हात रहेका संदिग्ध ७६ जना व्यक्ति पक्राउ परेका छन् । चीनको तीनवटा प्रान्तको सातवटा सहरमा यी बालबालिकाहरुलाई ओसारपसार गर्ने गरेको समाचारमा उल्लेख छ । प्रत्येक बालबालिकालाई आठ हजार देखि १० हजार युआन मूल्यमा बेचबिखन गरेको जनाइएको छ । ताइवानको बन्सिआओ जिल्लामा रहेको एक अदालतले ती पुरुषमाथि जबरजस्ती आरोपमा सो जेल सजाय सुनाएको हो ।

No comments: