News

Jun 3, 2012

चुरे भावरका बरिष्ठ उपाध्यक्ष र महासचिव पार्टीबाट निष्काशित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले पार्टी बरिष्ठ उपाध्यक्ष र महासचिवलाई कारबाही गरेको छ । चुरेभावरले पार्टीले कांग्रेस–एमाले गठबन्धनमा उनीहरु सहभागी भएको भन्दै बरिष्ठ उपाध्यक्ष शिवप्रसाद तामाङ र महासचिव भूमिराज निरौलालाई निस्कासित गरेको हो । उनीहरुलाई पार्टीको औपचारिक धारणा र निर्णय बिना नै विचार नमिल्ने समूहरुसँग सहकार्य गर्दै पार्टीलाई कमजोर बनाउने षड्यन्त्र गरेकाले निस्काशन गर्नु परेको जनाइएको छ । पार्टी अध्यक्षसहित अन्य पदाधिकारीको हस्ताक्षर रहेको विज्ञप्तिमा पार्टी हित विपरित गतिविधी गरेकाले उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको उल्लेख छ ।

No comments: