News

Feb 15, 2011

सरकारलाई पूर्णता दिने खनाल-दाहाल सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन ३ - प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सात बुँदे सहमतिमा केही परिमार्जनसहित सरकारलाई पूर्णता दिने सहमति भएको छ । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताबीचको छलफलले सात बुँदे सहमतिमा केही परिमार्जन गरेको छभने माओवादीलाई गृह मन्त्रालय दिने सहमति पनि भएको छ । खनाल र दाहालबीच प्रधानमन्त्री निर्वाचन अघि माघ २० गते भएको सात बुँदे सहमतिका केही विवादस्पद बुँदाहरुमा सुधार तथा ब्याख्या गर्न माओवादी र गृह मन्त्रालय दिन प्रधानमन्त्री खनाल सहमत भएपछि छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति बनेको हो । माओवादी र एमाले नेताबीच सात बुँदे सहमतिमा भएको माओवादी सेनाका लडाकुलाई छुट्टै फोर्स बनाउने लगायतका बुँदामा राजनीतिक दलहरुको सहमतिमा बिशेष समिति मार्फत शान्तिप्रकृयालाई टुङ्गोमा पुर्याउने भनिएको छ । 'जनताको समावेशी संविधान' निर्माण गर्ने भनिएकोमा हालसम्म प्राप्त गरेका उपलब्धीहरुलाई संस्थागत गर्ने उल्लेख गर्दै लोकतन्त्रलाईसमेत उल्लेख गरिएको छ ।
त्यसैगरी आलोपालो गरी सरकार चलाउने भनिएकोमा सबै दलहरुलाई सरकारमा सहभागी हुन् आग्रह गर्दै सबैको सहमतिको आधारमा अघि बढ्ने उल्लेख गरिएको छ । यस सहमतिलाई सात बुँदे सहमतिको परिमार्जन वा सुधार नभनी ब्याख्या भनिएको छ । त्यसैगरी प्रधानमन्त्री खनाल र अध्यक्ष दाहालबीच गृह मन्त्रालय माओवादीलाई दिने र त्यसमा यसअघि माओवादीबाट चर्चामा आएका माओवादीका सैन्य इञ्चार्ज बर्षमान पुनलाई जिम्मेवारी दिने सहमति भएको पनि स्रोतले जनाएको छ । प्रधानमन्त्री निवासबाट सिधै राजधानीमा आयोजित तामाङ् मुक्ति मोर्चाको कार्यक्रममा आएका अध्यक्ष दाहालले सरकारले छिट्टै पूर्णता पाउने उल्लेख गर्दै सबै दललाई त्यसमा सहभागी हुन आग्रह गरे । उनले भने, 'सरकारले चाँडै पूर्णता पाउँछ, शान्ति र संविधानको पनि टुङ्गो लगाउँछ ।'

मजदुर आन्दोलनले औद्योगिक क्षेत्र ठप्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कास्की, फाल्गुन ३ - माओवादी समर्थित अखिल नेपाल औद्योगिक मजदुर संघको आन्दोलनले औद्योगिक क्षेत्रका उद्योगहरु ठप्प बनेका छन् । मजदुरहरुको तलब वृद्धीको माग गदै काम छाडेर मंगलबारदेखि आन्दोलनमा उत्रिएपछि उद्योगहरु ठप्प भएका हुन । मजदुरहरु कार्यस्थलमा प्रवेश गरी कामकाज रोकेर उद्योग परिसरमा नाराबाजी गदै माग पुरा गर्न दबाब दिए । मजदुरहरुले माग पुरा नभए कुनै पनि हालतमा उद्योग संचालन गर्न नदिने चेतावनी दिएका छन् । 'हाम्रो परिश्रमको मूल्य हुनुपर्छ,' संघका अध्यक्ष भोजबहादुर खत्रीले भने, 'माग पुरा नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ ।' मजदूरहरुले उद्योगको प्रशासन शाखामा समेत तालाबन्दी गरेका छन् । श्रमिहरुको माग प्रति उद्योगी व्यवसायीहरु जिम्मेवार नभएको भन्दै अनिश्चितकालिन रुपमा उद्योगहरु बन्द गरी आन्दोलनमा उर्तनु परेको खत्रीले बताए । 'यस अघि सांकेतिक रुपमा विरोधमा उर्तिएर दबाब दियौ तर केही सुनवाई भएन,' खत्रीले भने, 'त्यसैले उद्योगहरु बन्द गर्न बाध्य भयौं ।' उनले देशमा बढेको मंहगीसंगै मजदुरहरुको जीवनयापनमा समस्या भएकाले तलब वृद्धि गर्नु आवश्यक भएको बताए । संघले माघ २२ गते देखि आन्दोलन शुरु गरेको थियो । सरकारले मजदुरहरुलाई न्यूनतम ४ हजार ६ रुपैया दिदै आएको उक्त रकम न्यनु भएकोले १० हजार रुपैया पुर्‍याउनु मर्ने मजदुरहरुको माग छ । 'तलब वृद्ध गर्ने नगर्ने कुरा सरकारले गर्ने निर्णय हो' औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्रीय निर्देशक सुबास सिटौलाले भने, 'माग जायज भए पनि उद्योग नै बन्द गर्नु भने राम्रो हैन ।' उनको अनुसार दैनिक उद्योग संचालन नहुदा २० देखि २५ लाख रुपैया सम्म घाटा हुने गरेको छ ।

ब्रायन एडम्सका लागि सुरक्षा योजना सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
क्यानाडेली रक गायक ब्रायन एडम्सका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिने जनाउँदै महानगरीय प्रहरी आयुक्त कार्यालयले सोमबार सुरक्षा योजना सार्वजनिक गरेको छ । रानीपोखरीस्थित आयुक्त कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता माधव नेपालले कन्सर्ट हुने दिन रंगशालाका सबै गेटमा पर्याप्त मात्रामा जनपद प्रहरी राखिने, मादक पदार्थ सेवन गरेकाहरूलाई प्रवेश निषेध गरिने बताए । सादा पोसाकका प्रहरी पनि परिचालन गरी कन्सर्टका सम्पूर्ण गतिविधि सीसीटीभी क्यामेरामार्फत आयुक्तको कार्यालयले हेर्नेछ । 'शंकास्पद गतिविधि गर्ने दर्शकलाई नियन्त्रणमा लिई बाहिर पठाउनेछौं,' प्रवक्ता नेपालले भने । उनले रंगशालामा मेटल डिटेक्टर, बम डिस्पोजल टोलीका साथै एम्बुलेन्स र वाटरभ्यान पनि रहने बताए । काठमाडौं प्रशासनले त्यस दिन रंगशालामा सशस्त्र प्रहरी पनि खटाउने बताएको छ । कन्सर्ट आयोजकका अनुसार रंगशालामा निजी सेक्युरिटी फोर्सका ५ सय र २ सय स्वयंसेवक पनि परिचालन गरिनेछन् ।

अनमिन कर्मचारी औपचारिक रुपमा बिदा हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालको शान्ती प्रक्रियामा सफल बनाउन आएको राष्ट्रसंघीय मिसन (अनमिन) का सम्पूर्ण कर्मचारीहरु आजबाट औपचारिक रुपमा बिदा हुने भएका छन् । एकिकृत नेकपा माओवादीका हतियार र लडाकु रहेका शिबिर औपचारिक रुपमा सेना समायोजन विशेष समिति मातहतमा आएको १ महिना पछि अनमिनका बाकी कर्मचारीहरु पनि फर्कन लागेका हुन् ।

Feb 14, 2011

हङकङमा जनयुद्धको १६ औ वार्षिकोत्सव कार्यक्रम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१३ फेव्रुवरी २०११एनेकपा माओवादि हङ्गकङ्ग जिल्ला समितिको बैधानिक मोर्चा नेपाली जनसरोकार समाज हङ्गकङ्गले यउमताईको एक हलमा जनयुद्धको १६ औ वार्षिकोत्सव मनाएको छ । करिव ३ घण्टा लामो चलेको उक्त कार्यक्रमको अध्यक्षता मोर्चाका कार्यावाहक अध्यक्ष कृष्ण बहादुर लिङ्गखाले गरेका थिए भने प्रमुख अतिथि एनेकपा माओवादि हङ्गकङ्ग जिल्ला समितिका सचिब पूर्ण लोक्सोम र विषेश अतिथि सोहि पार्टीका सह सचिव जस बहादुर ओख्रावो रहेका थिए । मोर्चाका वरिष्ठ सदस्य तथा तमु मुक्ति मोर्चाका अध्यक्ष बिष्णु गुरुङ्गको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रम मा क्षेत्रिय समिति युन्लोङ्गका अध्यक्ष धिरेन्द्र रार्इ र पार्टी सुभचिन्तक चन्द्र मादेनले स्वागत मन्तब्य दिएका थिए भने नेपाली जनसरोकार समाजका महासचिव जिमि हाङ्गखिमले कार्यक्रम सँचालन गरेका थिए । जनयुद्धका महान शहिदहरुको उच्च मुल्याँकन गर्दै शहिद परिवारहरुलाई सम्मान गर्ने क्रममा राष्टिय सहिद रेजिना पोख्रेल - पूर्व जनसेना सेक्सन कमाण्डर) का दाइ तथा नेपाली जनसरोकार समाजका क्षेत्रिय समिति हङ्गकङ्ग आइलेण्डका अध्यक्ष प्रदिप पोख्रेललाई प्रमुख अतिथि पूर्ण लोक्सोम लगायतका ब्यक्तित्वहरुले खादा ओडार्इ सम्मान गरेका थिए । सो कार्यक्रममा पूर्व पार्टी सचिव राम कुमार र्राई , विषेष अतिथि सह सचिव जस बहादुर ओख्रावोले पार्टी इतिहास तथा जातिय दृष्टिकोणका बारेमा प्रकाश पारेका थिए भने प्रमुख अतिथि लोक्सोमले पार्टीको तात्कालिक दिशा निर्देश र हङ्गकङ्गको भुमिका बारेमा स्पष्ट पारेका थिए । पार्टीका सदस्यहरुलाईमात्र निमन्त्रणा गरीएको उक्त कार्यक्रमको शुरुवात छोटो पत्रकार सम्मेलन बाट गरीएको थियो । पार्टीबाट निस्कासन भई सकेका केहि बितन्डावादि तत्वहरुले मोर्चाको कार्यवाहक अध्यक्ष कृष्ण बहादुर लिङ्गखा तथा महासचिव जिमि हाङ्गखिमका बिरुद्ध समाजमा भ्रम स्रिजना गराउने ढँगले लान्छना लगाई मोर्चाको अनधिकृत तथा अवैधानिक रुपमा लेटर प्याडको प्रयोगगरी कथित बिज्ञप्ति एभरेष्ट साप्ताहिक मार्फत प्रकाशन गरिएको भन्दै केहि सबुत सहित उक्त बिज्ञप्ति आफ्नो गल्ति लुकाउने चालवजिको रुपमा अरुको मानमर्दन गर्ने काशिस स्वरुप गरिएको प्रष्टिकरण दिईको थियो ।

सरकारमा जाने / नजाने विषयमा दाहाल-भट्टराई भेट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन २ - प्रधानमन्त्रीमा एमाले अध्यक्ष झलनाथ खनाललाई सहयोग गरेपछि सम्बन्ध चिसिरहेकाबेला माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार उपाध्यक्ष बाबुराम भट्टराईलाई भेटेका छन् । भट्टराई निवास सानेपा पुगेर अध्यक्ष दाहालले सरकारमा सहभागितालगायतका विषयमा छलफल गरेका हुन् । एमालेले गृहमन्त्रालय दिन अस्वीकार गरेपछि सरकार बाहिरै बस्ने निर्णयमा पुगेको माओवादीका दुई नेताबीचको छलफललाई महत्त्वका साथ हेरिएको छ । करिब एक घण्टा भएको छलफलमा पछिल्लो घटनाक्रमबारे छलफल भएको भट्टराईका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए । 'सरकारमा सहभागिता, पछिल्लो राजनीतिक घटनाक्रमबारे उहाँहरुबीच छलफल भयो,' पाण्डेले भने । स्रोतका अनुसार एमालेले गृह मन्त्रालयमा दाबी गरे उसैलाई छाडेर भए पनि सरकारमा जाने मनस्थितिमा दाहाल छन् । तर भट्टराई पूर्वसहमतिअनुसार गृह मन्त्रालय एमालेले नदिए समर्थन कायम राख्दै सरकार बाहिर रहनुपर्ने पक्षमा छन् ।

सरकारमा नजाने फोरमको संकेत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, फाल्गुन २ - मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको प्रारम्भ नै उत्साहजनक नभएको बताएका छन् । विराटनगरमा सोमबार कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आएका यादवले सञ्चारकर्मीसँग भने 'बहुमतको सरकार हो तर, सुरूआत उत्साहजनक छैन ।' आफ्नो पार्टी सरकारमा सहभागी हुने भन्दै आएको खबर बेठीक रहेको दाबी उनले गरे । उनले भने 'बहुमतको सरकारमा हामी किन जानु पर्‍यो । हाम्रो पार्टीभित्र त्यस्तो निर्णय भएकै छैन ।' एमाले र माओवादीका अध्इक्षबीचको सात बुँदै सम्झौताले दुवै पार्टीमा विवाद खडा गरेका बेला सरकारले स्पष्ट पार्न जरूरी रहेको भनाइ उनको थियो । उनले भने 'सरकार स्पष्ट नभइन्जेल विकल्प छैन ।' शान्ति प्रक्रिया टुंगोमा पुर्‍याइ माओवादीका लडाकुको व्यास्थापन, तोकिएकै मितिमा नया संविधान र मधेसी, दलित, जनजातिसँग भएमा सम्झौता पालनाका मुख्य तीन आधार स्पष्ट पारेका खण्डमा तिनलाई कार्यान्वयन गराउन आफ्नो पार्टी सरकारमा जान सक्ने उनले बताए । उनले भने 'तीन आधार पुरा गर्ने ठोस नीति स्पष्ट पारिदैन भने हामी जानु नजानुको कुनै अर्थ छैन । त्यसै पनि हाम्रो पार्टी सामेल भएन भने सरकारलाई बहुमत नपुग्ने होइन ।