News

Feb 14, 2011

हङकङमा जनयुद्धको १६ औ वार्षिकोत्सव कार्यक्रम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१३ फेव्रुवरी २०११एनेकपा माओवादि हङ्गकङ्ग जिल्ला समितिको बैधानिक मोर्चा नेपाली जनसरोकार समाज हङ्गकङ्गले यउमताईको एक हलमा जनयुद्धको १६ औ वार्षिकोत्सव मनाएको छ । करिव ३ घण्टा लामो चलेको उक्त कार्यक्रमको अध्यक्षता मोर्चाका कार्यावाहक अध्यक्ष कृष्ण बहादुर लिङ्गखाले गरेका थिए भने प्रमुख अतिथि एनेकपा माओवादि हङ्गकङ्ग जिल्ला समितिका सचिब पूर्ण लोक्सोम र विषेश अतिथि सोहि पार्टीका सह सचिव जस बहादुर ओख्रावो रहेका थिए । मोर्चाका वरिष्ठ सदस्य तथा तमु मुक्ति मोर्चाका अध्यक्ष बिष्णु गुरुङ्गको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रम मा क्षेत्रिय समिति युन्लोङ्गका अध्यक्ष धिरेन्द्र रार्इ र पार्टी सुभचिन्तक चन्द्र मादेनले स्वागत मन्तब्य दिएका थिए भने नेपाली जनसरोकार समाजका महासचिव जिमि हाङ्गखिमले कार्यक्रम सँचालन गरेका थिए । जनयुद्धका महान शहिदहरुको उच्च मुल्याँकन गर्दै शहिद परिवारहरुलाई सम्मान गर्ने क्रममा राष्टिय सहिद रेजिना पोख्रेल - पूर्व जनसेना सेक्सन कमाण्डर) का दाइ तथा नेपाली जनसरोकार समाजका क्षेत्रिय समिति हङ्गकङ्ग आइलेण्डका अध्यक्ष प्रदिप पोख्रेललाई प्रमुख अतिथि पूर्ण लोक्सोम लगायतका ब्यक्तित्वहरुले खादा ओडार्इ सम्मान गरेका थिए । सो कार्यक्रममा पूर्व पार्टी सचिव राम कुमार र्राई , विषेष अतिथि सह सचिव जस बहादुर ओख्रावोले पार्टी इतिहास तथा जातिय दृष्टिकोणका बारेमा प्रकाश पारेका थिए भने प्रमुख अतिथि लोक्सोमले पार्टीको तात्कालिक दिशा निर्देश र हङ्गकङ्गको भुमिका बारेमा स्पष्ट पारेका थिए । पार्टीका सदस्यहरुलाईमात्र निमन्त्रणा गरीएको उक्त कार्यक्रमको शुरुवात छोटो पत्रकार सम्मेलन बाट गरीएको थियो । पार्टीबाट निस्कासन भई सकेका केहि बितन्डावादि तत्वहरुले मोर्चाको कार्यवाहक अध्यक्ष कृष्ण बहादुर लिङ्गखा तथा महासचिव जिमि हाङ्गखिमका बिरुद्ध समाजमा भ्रम स्रिजना गराउने ढँगले लान्छना लगाई मोर्चाको अनधिकृत तथा अवैधानिक रुपमा लेटर प्याडको प्रयोगगरी कथित बिज्ञप्ति एभरेष्ट साप्ताहिक मार्फत प्रकाशन गरिएको भन्दै केहि सबुत सहित उक्त बिज्ञप्ति आफ्नो गल्ति लुकाउने चालवजिको रुपमा अरुको मानमर्दन गर्ने काशिस स्वरुप गरिएको प्रष्टिकरण दिईको थियो ।

No comments: