News

Feb 15, 2011

ब्रायन एडम्सका लागि सुरक्षा योजना सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
क्यानाडेली रक गायक ब्रायन एडम्सका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिने जनाउँदै महानगरीय प्रहरी आयुक्त कार्यालयले सोमबार सुरक्षा योजना सार्वजनिक गरेको छ । रानीपोखरीस्थित आयुक्त कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता माधव नेपालले कन्सर्ट हुने दिन रंगशालाका सबै गेटमा पर्याप्त मात्रामा जनपद प्रहरी राखिने, मादक पदार्थ सेवन गरेकाहरूलाई प्रवेश निषेध गरिने बताए । सादा पोसाकका प्रहरी पनि परिचालन गरी कन्सर्टका सम्पूर्ण गतिविधि सीसीटीभी क्यामेरामार्फत आयुक्तको कार्यालयले हेर्नेछ । 'शंकास्पद गतिविधि गर्ने दर्शकलाई नियन्त्रणमा लिई बाहिर पठाउनेछौं,' प्रवक्ता नेपालले भने । उनले रंगशालामा मेटल डिटेक्टर, बम डिस्पोजल टोलीका साथै एम्बुलेन्स र वाटरभ्यान पनि रहने बताए । काठमाडौं प्रशासनले त्यस दिन रंगशालामा सशस्त्र प्रहरी पनि खटाउने बताएको छ । कन्सर्ट आयोजकका अनुसार रंगशालामा निजी सेक्युरिटी फोर्सका ५ सय र २ सय स्वयंसेवक पनि परिचालन गरिनेछन् ।

No comments: