News

Feb 15, 2011

मजदुर आन्दोलनले औद्योगिक क्षेत्र ठप्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कास्की, फाल्गुन ३ - माओवादी समर्थित अखिल नेपाल औद्योगिक मजदुर संघको आन्दोलनले औद्योगिक क्षेत्रका उद्योगहरु ठप्प बनेका छन् । मजदुरहरुको तलब वृद्धीको माग गदै काम छाडेर मंगलबारदेखि आन्दोलनमा उत्रिएपछि उद्योगहरु ठप्प भएका हुन । मजदुरहरु कार्यस्थलमा प्रवेश गरी कामकाज रोकेर उद्योग परिसरमा नाराबाजी गदै माग पुरा गर्न दबाब दिए । मजदुरहरुले माग पुरा नभए कुनै पनि हालतमा उद्योग संचालन गर्न नदिने चेतावनी दिएका छन् । 'हाम्रो परिश्रमको मूल्य हुनुपर्छ,' संघका अध्यक्ष भोजबहादुर खत्रीले भने, 'माग पुरा नभएसम्म हाम्रो आन्दोलन जारी रहनेछ ।' मजदूरहरुले उद्योगको प्रशासन शाखामा समेत तालाबन्दी गरेका छन् । श्रमिहरुको माग प्रति उद्योगी व्यवसायीहरु जिम्मेवार नभएको भन्दै अनिश्चितकालिन रुपमा उद्योगहरु बन्द गरी आन्दोलनमा उर्तनु परेको खत्रीले बताए । 'यस अघि सांकेतिक रुपमा विरोधमा उर्तिएर दबाब दियौ तर केही सुनवाई भएन,' खत्रीले भने, 'त्यसैले उद्योगहरु बन्द गर्न बाध्य भयौं ।' उनले देशमा बढेको मंहगीसंगै मजदुरहरुको जीवनयापनमा समस्या भएकाले तलब वृद्धि गर्नु आवश्यक भएको बताए । संघले माघ २२ गते देखि आन्दोलन शुरु गरेको थियो । सरकारले मजदुरहरुलाई न्यूनतम ४ हजार ६ रुपैया दिदै आएको उक्त रकम न्यनु भएकोले १० हजार रुपैया पुर्‍याउनु मर्ने मजदुरहरुको माग छ । 'तलब वृद्ध गर्ने नगर्ने कुरा सरकारले गर्ने निर्णय हो' औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्रीय निर्देशक सुबास सिटौलाले भने, 'माग जायज भए पनि उद्योग नै बन्द गर्नु भने राम्रो हैन ।' उनको अनुसार दैनिक उद्योग संचालन नहुदा २० देखि २५ लाख रुपैया सम्म घाटा हुने गरेको छ ।

No comments: