News

Feb 14, 2011

सरकारमा जाने / नजाने विषयमा दाहाल-भट्टराई भेट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन २ - प्रधानमन्त्रीमा एमाले अध्यक्ष झलनाथ खनाललाई सहयोग गरेपछि सम्बन्ध चिसिरहेकाबेला माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार उपाध्यक्ष बाबुराम भट्टराईलाई भेटेका छन् । भट्टराई निवास सानेपा पुगेर अध्यक्ष दाहालले सरकारमा सहभागितालगायतका विषयमा छलफल गरेका हुन् । एमालेले गृहमन्त्रालय दिन अस्वीकार गरेपछि सरकार बाहिरै बस्ने निर्णयमा पुगेको माओवादीका दुई नेताबीचको छलफललाई महत्त्वका साथ हेरिएको छ । करिब एक घण्टा भएको छलफलमा पछिल्लो घटनाक्रमबारे छलफल भएको भट्टराईका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिए । 'सरकारमा सहभागिता, पछिल्लो राजनीतिक घटनाक्रमबारे उहाँहरुबीच छलफल भयो,' पाण्डेले भने । स्रोतका अनुसार एमालेले गृह मन्त्रालयमा दाबी गरे उसैलाई छाडेर भए पनि सरकारमा जाने मनस्थितिमा दाहाल छन् । तर भट्टराई पूर्वसहमतिअनुसार गृह मन्त्रालय एमालेले नदिए समर्थन कायम राख्दै सरकार बाहिर रहनुपर्ने पक्षमा छन् ।

No comments: