News

Mar 15, 2011

कोरियामा १० बर्ष अबैधानिक बस्नेले भिषा पाउने सम्भावना बढ्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दक्षिण कोरियामा १० बर्ष देखि निरन्तर बस्नेले अस्थाई भिषा पाउने सम्भावना बढेको छ। १० बर्ष भन्दा बढी कुनै देशमा बस्ने नागरिकले धेरै पहिले देखि अमेरिका लगाएत विश्वको अन्य मुलुकले उक्त सुबिधा प्रदान गरेको भएपनि दक्षिण कोरियाले चाइना बाहेक अन्य मुलुकको नागरिकलाई उक्त सुबिधाबाट बन्चित गरिरहेको बिषयमा कोरियामा रहेका बिभिन्न संघ-संस्थाहरुले अन्तराष्टिय मानव अधिकारवादी संस्था एम्नेस्टी ईन्टरनेस्नलको सहयोगमा कोरियन सरकारलाई दवाब दिईरहेका छन्। हाल कोरियामा १० बर्ष अबैधानिक बसेका बिदेशीको संख्या धेरै भएपनि बास्तविक डाटा भने आएको छैन। कोरियामा आएर कोरियन उधोगमा जीवनको वाजी राखेर काम गर्ने मजदुरहरु टिसु पेपरको रुपमा प्रयोग हुनुपरेको तितो यथार्थले सबैलाई चिमोट्ने गरेको छ। झन् १० बर्ष कोरियामा बसेका चाइनिज नागरिकलाई अस्थाई भिषा दिने तर अन्य मुलुकका नागरिकलाई बन्चित गराउनुले कोरिया सरकारको हेपाहा प्रविर्ती उजागर गरेको कतिपय संघ -संस्थाका प्रतिनिधिहरुले बताएका छन्। हाल १० बर्ष पुगेका बिदेशीलाई अस्थाई भिषाको माग राखेर बिभिन्न संस्थाका प्रतिनिधिले कोरियन सरकार बिरुद्द मुद्दा हालिरहेका छन्। जुन अभियानमा नेपालको तर्फ बाट नेपाली संपर्क समितिका अध्यक्ष देबिड राईले आवाज उठाई रहनु भएको छ। उँहाले प्रक्रिया अगाडी बढाई रहेको वताउनु भएको छ।

किरात धर्मको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालमा चौंथो स्थानमा रहेको मानिने किरात धर्मको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन यही २०६७ चैत्र २१, २२ र २३ मा काठमाडौंमा हुने भएको छ । किरात धर्म अन्तर्राष्ट्रिय महासम्मेलन मूल आयोजक समितिले फागुन २९ गते रिपोर्टर्स क्लव काठमाडौंमा एक पत्रकार सम्मेलनमा गरी प्रेस विज्ञप्ति जाहेर गर्दै जानकारी गराएको छ ।
महासम्मेलन मूल आयोजक समितिका अध्यक्ष डकेन्द्रिसंह थेगिमद्वारा हस्ताक्षरित प्रेस-विज्ञप्तिमा जनाएअनुसार २०५७ कात्र्तिक २४, २५ र २६ मा काठमाडौंमै किरात धर्म प्रथम अन्तर्राष्ट्रिय महासम्मेलन सम्पन्न भएको थियो । किरात धर्म प्रथम अन्तर्राष्ट्रिय महासम्मेलन सम्पन्न भएको १० वर्षपछाडि सोह्रौं राष्ट्रिय विभूति मुहिङ्गुम अङ्सीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्युको ६३औं स्मृति दिवसको अवसरमा पुनः किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन २०६७ चैत्र २१, २२ र २३ गते तद्नुसार सन् २०११ अप्रिल ४, ५ र ६ तारिख काठमाडौं नेपालमा विश्वका १८ देशका प्रतिनिधिहरुको सहभागितामा भव्यतापूर्वक सम्पन्न गर्ने उद्देश्यले सोको तयारी गरिएको जनाएको छ ।
किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रिसंह थेगिमको अध्यक्षतामा ११०८ जनाको मूल आयोजक समिति निर्माण गरिएको उक्त आयोजक समितिबाट ३५ उप-समिति निर्माण भएका छन् । महासम्मेलनमा आवश्यकता अनुसारको कार्यक्रमहरुलाई सरल र सहज ढङ्गमा साचालन गर्ने जिम्मा र सम्पन्न गर्ने दायित्व ती विभिन्न उपसमितिहरुलाई दिइएको जनाइएको छ । धार्मिक महासम्मेलनलाई भव्य अनुशासित र मर्यादित बनाउन र बृहतरुपमा सफल पार्नलाई मूल आयोजक समिति र उप-समितिहरु समर्पित भएको र ती ३५ ओटै उप-समितिहरुले सकि्रयताका साथ कार्यहरु गरिरहेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।
महासम्मेलनको त्रीदिवसीय कार्यक्रमको पहिलो दिन २०६७ साल चैत्र २१ गते सन् २०११ अपि्रल ४ तारिख का दिन रिङरोडमा मोटर साइकल र्याली र धार्मिक पोशाक, गान, भजन र सङ्गीतको साथ महानगर परिक्रमापश्चात् खुलामञ्च टुँडिखेलमा सम्माननीय सभामुख श्री सुवासचन्द्र नेम्बाङज्युको प्रमुख आतिथ्यमा धार्मिक सभा सम्पन्न हुने र उक्त अवसरमा धार्मिक पोशाक अनिवार्य गरिएको जनाइएको छ ।
महासम्मेलनको दोस्रो दिन २०६७ साल चैत्र २२ गते सन् २०११ अप्रिल ५ तारिख का दिन सोही स्थानमा नेपालका अधिकांश जातीय झाँकीहरु र आम जनसमुदायको सहभागितामा किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनको समुद्घाटन सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्युको बाहुलीबाट हुने कार्यक्रममा सम्माननीय सभामुखज्यु माननीय मन्त्रीगण सभासदगण महामहिम राजदूतहरु सरकारी र गैर-सरकारी उच्च पदस्थ अधिकारीगण विभिन्न धर्मगुरुहरु र नेपाल बाहिरका १७ देशका सहभागी प्रतिनिधिहरु किरात धर्मका आस्तिक जनसमुदाय वर्ग र विभिन्न धर्मका आस्तिक जनसमुदायका विशाल जनसहभागितामा किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनको उद्घाटन समारोह साविककै खुल्लामाच टुँडिखेलमा सम्पन्न हुने बताइएको छ । उक्त समारोहमा सम्माननीय राष्ट्रपतिज्युको बाहुलीबाट राष्ट्रिय-अन्तर्राष्ट्रिय व्यक्तित्वहरुलाई किरात धर्मको तर्फबाट गरिने अभिनन्दन सम्मान-पत्रसमेत वितरण गरिने कार्यक्रसमेत रहेको जनाइएको छ ।किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनको तेस्रो दिन २०६७ साल चैत्र २३ गते सन् २०११ अप्रिल ६ तारिखका दिन नेपाल प्रज्ञा भवन कमलादीमा १८ देशबाट किरात धर्मका सहभागी १५०० आधिकारिक प्रतिनिधिहरु र ५०० पर्यवेक्षकहरुका बीच बन्द-सत्र चल्ने कार्यक्रम रहेको छ ।
तेस्रो दिनको बन्द-सत्रमा प्रस्तुत हुने महासम्मेलनका प्रतिवेदन र विशेष कार्यक्रमहरुमा महासम्मेलनको प्रतिवेदन महासचिव डिल्लिप्रकाश साम्पाङबाट, किरात धर्मदर्शन र मुहिगुम अङ्सीमाङहरुबारे चन्द्रकुमार सेर्मा लिम्बूबाट, १६औं राष्ट्रिय विभूति मुहिङ्गुम अङ्सीमाङ फाल्गुनन्द लिङदेनको धार्मिक देनबारे, महाकवि मोहन दुखुन राईबाट विश्व शान्ति र मानव एकताको लागि किरात धर्मशीर्षकमा पूर्व राजदूत डा. नोवल किशोर राईबाट र किरात धर्ममा नारीको स्थान र समाज सुधारका शास्वत पक्षबारे डा. सुभद्रा सुब्बा दाहालबाट कार्यपत्रहरु प्रस्तुत हुने जनाएको छ ।उक्त प्रतिवेदन र कार्यपत्रहरुमा सुझाव र टिप्पणीकारका टिप्पणीको आधार तथा किरात धर्मदर्शनको मूलमार्ग अनुरुप काठमाडौं घोषणा-पत्र तयार हुने र यस बन्द-सत्रको समापन समारोहमा सम्माननीय प्रधानमन्त्री झलनाथ खानलको प्रमुख आतिथ्यमा र मुहिङगुमा अङसीमाङ पूजनीय किराध धर्मगुरु आत्मानन्द लिङ्देनज्यु तथा मुहिगुम अङ्सीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्युहरुको गरिमामय समुपस्थितिमा काठमाडौं घोषणा-पत्र जारी गर्दै समापन हुने कार्यक्रम रहेको छ ।
मूल आयोजक समितिको तर्फबाट कार्यक्रमबारे सर्वसाधारणलाई देश-विदेशमा अवलोकन गर्न र सुन्न सुविधाको निमित्त विभिन्न साचार माध्यम टीभी, एफ्. एम्. रेडियोहरुलाई प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइने र यस अतिरिक्त सम्पूर्ण दैनिक, साप्ताहिक, पाक्षिक तथा मासिक पत्रपत्रिका र मिडियासँग आवद्ध सबैलाई उक्त कार्यक्रहरुमा उपस्थित भई प्रचार-प्रसारमा सहयोग पुर्याउनसमेत अनुरोध गरिएको छ । उप्रान्त मूल आयोजक समितिको तर्फबाट सु-सूचित गरिने र महासम्मेलनलाई व्यवस्थापन गर्नको लागि गठित ३५ उप-समितिहरुबाट प्राप्त जानकारी अनुसार ७५ प्रतिशत कार्य तर्जुमा भइसकेको र बाँकी ३५ प्रतिशत कार्य चैत्र १० सम्ममा सम्पूर्ण आयोजनाको तयारी भइसक्ने कुरासमेत पत्रकार सम्मेलनमा अवगत गराएको छ । यस महासम्मेलनको मूल नारा "विश्व शान्ति र मानव एकता तथा धार्मिक सहिष्णुता" रहेको समेत जानकारी गराइएको छ ।

माओवादीद्वारा अर्को सुरक्षादस्ता सार्वजानिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीको यूवा भातृसंगठन योङ्ग कम्यूनिष्ट लिग वाईसीएलको अर्धसैन्य संरचना भंग गर्न दबाब चौतर्फी रुपमा आईरहेको बेला माओवादीले मंगलबार पार्टी उच्च तहका नेताहरुको नेतृत्वमा रहेको अर्को युवा संगठनको घोषणा गरेको छ । जन विद्रोहको कार्यनीति सफल पार्ने माओवादीको रणनीति अनुरुप स्वयंसेवक परिचालन गरिन लागेको अन्य दलको आरोप रहे पनि माओवादीले भने त्यसको खण्डन गर्दै आएको छ । पार्टी मुख्यालय कोटश्वर पेरिसडाँडाँमा आयोजित कार्यक्रममा सो यूवा संगठनको घोषणा गरिएको हो । सो नयाँ संगठनको जनस्वंयसेवक परिचालन ब्यूरो नामाकरण गरिएको छ । जसको संयोजकमा माओवादी स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले गर्ने छन् । उनैले ब्यूरोको घोषणा गरेका हुन । ब्यूरो घोषणा कार्यक्रममा संयोजक चन्दले जनस्वंयसेवक परिचालन ब्यूरो विकाश निर्माण उत्पादनमुलक कार्य र जनसुरक्षामा खटिने जानकारी दिए । उनले पार्टी भित्र र बाहिरका सबैलाई अटाउने गरी स्वंयसेवक परिचालन गरिने उल्लेख गरे । संयोजक चन्दले राष्ट्र र समाज सेवाका लागि गठन गर्न लागिएको ब्यूरोबारे आशंका नपाल्न अन्य दल र नागरिक समाजसँग आग्रह गरे । पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा घोषणा गरिएको ब्यूरोले युद्धकालमा ध्वस्त भएका भौतिक संरचनाको समेत पुनः निर्माण गर्ने जानकारी दिईएको थियो । ब्यूरोमा वाईसीएल अखिल क्रान्तिकारी र अयोग्य लडाकुलाई समेत सहभागी गराईने छ । ब्युरोमा पोलिटब्युरो सदस्य देवेन्द्र पौडेल वाईसीएल अध्यक्ष गणेशमान पुनसहित १० जना केन्द्रीय नेताहरु रहेको बताईएको छ ।

विवादित बिषय संबैधानिक समितिमा पठाउने सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभामा प्रतिनिधित्व गर्ने सवै दलले राज्य पुनर्संरचना समितिले तयार पारेको विवादसहितको प्रतिवेदन थप छलफलका लागि संवैधानिक समितिमा पठाउने निर्णय गरेका छन्। सिंहदरबारमा आज बसेको २८ दलको बैठकले यथाशीघ्र संविधानसभाको बैठक बोलाएर राज्यपुनर्संरचना समितिले तयार पारेको विवादित प्रतिवेदन संवैधानिक समितिमा पठाउने र त्यही बाँकी विवाद सुल्झाउने निर्णय गरेको हो। प्रतिवेदन संवैधानिक समितिमा पठाउने विषयमा दलहरुबीच सहमति भएपनि राज्यपुनर्संरचना कसरी गर्ने भन्ने विषयमा भने उनीहरुबीच चर्काचर्की भएको थियो। बैठकमा नेपाली कांग्रेसले राज्यपुनर्संरचनाका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने पूर्वअडान दोर्‍याएको थियो। बाँकी दलहरुले भने संविधान लेखनको समयावधि कम भएका भन्दै विज्ञहरुसँग छलफल गरेर टुंग्याउनु पर्ने बताएका थिए।

मुल्य बृद्धिको विरोधमा भोली देशव्यापी चक्काजाम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धिको विरोधमा भोलि देशब्यापी चक्काजाम गरिने भएको छ। खस क्षेत्री युवा समाज खस क्षेत्री विद्यार्थी समाज लगायतक भातृसंगठनले पनि पेट्रोपलयम पदार्थको मुल्य बृद्धि बिरुद्ध भोली २ वजे देखि ४ वजेसम्म देशव्यापी चक्काजाम गर्ने तयारी गरेको हो। पूर्णता पाउन नसकेको सरकारले मुल्य वृद्धि गरेर जनताको ढाड सेको भन्दै खस क्षेत्री युवा समाजका अध्यक्ष विष्णु जंग बस्नेतले चक्का जामका बेला सवारी सञ्चालन नगरेर मुल्यबृद्धि विरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाउन सवारी चालकहरुलाई आग्रह गर्नु भएको छ । त्यसैगरि निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धिको विरोधमा विभिन्न संगठनहरुले निगमको केन्द्रीय कार्यालय बबरमहल घेराउ गरेको छ । यसक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका भातृसंगठनहरुले पेट्रोलियमा पदार्थको मुल्य वृद्धि विरुद्धमा आज आयल निगम घेराउ गर्दै ज्ञापनपत्र बुझाएका छन् । माईतीघर मण्डलामा भेला भएका राप्रपाका कार्यकर्ताहरुले मुल्य बृद्धि बिरुद्ध नारा लगाउदै निगम कार्यालय पुगे घेराउ गरेका हुन ।

भूमिहीन किसानहरुको आन्दोलन आजबाट शुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जोताहा भूमिहीनका पक्षमा भूमिसुधार गर्ने संवैधानिक व्यवस्थाको मागसहित भूमिहीनहरूहरुको आन्दोलन आज बाट शुरु भएको छ । १५ दिने दबाबमूलक आन्दोलनका लागि बिभिन्न जिल्लाहरूबाट भूमिहीन किसानहरू राजधानीमा आईपुगेका छन्। जेठ १४ भित्र नयाँ संविधान निर्माणका लागि खबरदारी गर्न, जोताहा किसानको पक्षमा भूमिसुधार गर्ने संवैधानिक व्यवस्था गराउन, भूमिमा महिलाको अधिकार सुनिश्चित गर्न र भूमि आयोगको प्रतिवेदन कार्यान्वयनलगायतका माग राख्दै देशैभरका भूमिहीन किसानहरू राजधानी केन्द्रीत आन्दोलनमा सहभागी हुन उनीहरु आएको भूमिअधिकार मञ्चका जगत देउजाले जानकारी दिए।उनका अनुसार चैत १ गते मंगलबार १२ बजेदेखि खुलामञ्चदेखि संविधानसभा भवनसम्म जुलुस र संविधानसभा भवनअगाडि निरन्तर सभा र धर्ना गरिने छ । चैत २, ३ र ४ गते एनेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमाले मुख्यालयमा धर्ना तथा प्रमुख नेताहरूसँग भूमिहीनहरूका मागका बारेमा छलफल, यस्तै ६ र ७ गते फोरम, फोरम लोकतान्त्रिक, तमलोपा, नेकपा माले, नेमकिपा, नेकपा एकीकृत, राष्ट्रिय जनमोर्चा, राप्रपा, सद्भावना, चुरेभावर, दलित जनजातीलगायतका पार्टीका प्रमुखहरूसँग आफ्ना मागका बारेमा छलफल गर्ने छन् ।भूमिअधिकारकर्मी देउजाका अनुसार चामल, दाल, तेल, तरकारी बोकेर काठमाडौँ आएका भूमिहीनहरू आन्दोलनबाट ठोस उपलब्धि नहुँदासम्म जिल्ला नफर्कने जनाएका छन् ।

Mar 14, 2011

संघीय लिम्बुवान महिला परिषदको हङकङ प्रवास कार्य समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/बिष्णु इङ्नाम
अब वन्ने नेपालको नयां संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत अरुण - सप्तकोशी नदी पूर्बको नौंवटा जिल्लाहरु ऐतिहासिक भूगोल भएको आत्मानिर्णय अधिकार सहितको लिम्बुवान स्वायत्त राज्य हुनुपर्दछ भन्दै मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङको भात्रृ संगठन संघीय लिम्बुवान महिला परिषद प्रवास कार्य समिति हङकङ को याउ मा तेइ, काउलून, हङकङ स्थित हिन्सको सभा हलमा गठन भएको छ । यही १३ मार्च २०११ आइतवारमा सम्पन्न भएको उक्त सभाले श्रीमती उर्मिला बेघाको अध्यक्षतामा १८ सदस्सिय समिति गठन गरेको छ । उक्त सभामा प्रमूख अतिथिको रुपमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङका अध्यक्ष तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद नेपालको (राज्य) केन्द्रिय कार्य समितिको पनि सदस्य श्री नबराज काम्बाङ्ग हुनुहुन्थ्यो । अतिथिहरु बगैचा डटकमका फोटो पत्रकार श्री हरि लावती, मूलबाटो डटकमका पत्रकार कल्पना तुम्रोक हुनुहुन्थ्यो । उक्त सभामा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङका उपाध्यक्ष श्री बिष्णु इङ्नामद्वारा स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन परिषदकै सकृय सदस्य हरिष चन्द्र लावतीले गर्नु भएको थियो भने श्रीमती उर्मिला बेघाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त सभामा प्रमूख अतिथि नबराज काम्बाङले नेपालको लिम्बुवानमा भइरहेको आन्दोलन बारेमा भन्नु भयोस लिम्बुवान प्राप्तिको लागि हजारौं लिम्बुवान भोलिर्न्र्टस युवा यूबतीहरु बलिदानी पूर्ण रुपमा निर्णायक लिम्बुवान प्राप्ति आन्दोलनमा होमिएका छन् । त्यस्तै मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद केन्द्रिय कार्य समितिले नेपाल लिम्बुवानको नौं वटै जिल्लाहरुमा ठूला - सानो कार्यक्रम सम्पन्न गरि सकिएको कुरा ब्यक्त गर्नु भयो । परिषदले विभिन्न समयमा विभिन्न प्रकारले लिम्बुवानमा आन्दोलन जारी राखेको ब्यक्त गर्नुभयो । नेपाल लिम्बुवानकैं आधा हिस्सा जनसंख्या भएको लिम्बुवानवासी महिला दिदी वहिनीहरु लिम्बुवानी आन्दोलनमा सकृय रुपमा लागि राख्नु भएको छ र हङकङमा रहनु भएको लिम्बुवान वासी महिला दिदी वहिनीहरुलाई पनि नेपाल लिम्बुवानमा भइरहेको लिम्बुवान प्राप्ति आन्दोलनमा हङकङ प्रवासवाट भएपनि सकृय रुपमा सहयोग गरिदिन हुन आग्रह गर्नु भयो । ऐतिहासिक लिम्बुवानको मुक्ति विना लिम्बुवानवासी महिला - हक अधिकारको मुक्ति नहुने कुरा जिकिर गर्नु भयो । उक्त कार्यक्रममा अतिथि बगैंचा डटकमका फोटोपत्रकार श्री हरि लावतीले लिम्बुवान प्राप्तिको लागि आफू प्रत्यक्ष वा अप्रत्यक्ष कुनैं रुपमा सहयोग गर्ने कुरा ब्यक्त गर्नुभयो । त्यस्तै अर्का अतिथि मूलबाटो डटकमका पत्रकार कल्पना तुम्रोकले लिम्बुवान प्राप्तिको लागि आफू सकृय रुपमा आफ्नो क्षेत्रबाट सहयोग गर्ने कुरा ब्यक्त गर्नु भयो । सोही दिन प्रमूख अतिथि श्री नबराज काम्बाङ्गद्धारा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदमा नव प्रवेश गर्नुहुने श्री कुमार तुम्वाहाङ्फे, श्री बरध्वोज ओख्राबु, श्री शंकर लावती लिम्बु, शुश्री कुमारी हाङ्मा नेम्बाङ, श्रीमती यादुमाला मेन्याङ्बो, शुश्री निशा हाङ्मा नेम्बाङ हरुलाई फुलमालाले स्वागत गरी सदस्यता बितरण गर्नु भएको थियो ।
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङ अन्तर्गत संघीय लिम्बुवान महिला परिषद हङकङ समितिको नवनिर्वाचित पदाधिकारीहरुको नामावली
१) अध्यक्ष - उर्मिला बेघा
२) उपाध्यक्ष - माया सेरेङ
३) सचिब - कुमारी हाङ्मा नेम्बाङ
४) अर्थ-सचिब - लिलिश कन्दङ्वा
५) सदस्य - यदुमाला मेन्याङ्बो
६) सदस्य - पोष कुमारी वरदेवा
७) सदस्य - निशा हाङ्मा नेम्बाङ
८) सदस्य - कला लिम्बु
९) सदस्य - भुमिका लिम्बु
१०) सदस्य - भिम कुमारी लिम्बु
११) सदस्य - लिला लिम्बु
१२) सदस्य - यसोदा रार्इ
१३) सदस्य - शशी लिम्बु
१४) सदस्य - सबिना तुम्बाहाङ्फे
१५) सदस्य - शान्ति सुहाङ
१६) सदस्य - कविता नेम्बाङ
१७) सदस्य - भुमा लिम्बु
१८) सदस्य - ध्रुबा काम्बाङ