News

Mar 14, 2011

संघीय लिम्बुवान महिला परिषदको हङकङ प्रवास कार्य समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/बिष्णु इङ्नाम
अब वन्ने नेपालको नयां संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत अरुण - सप्तकोशी नदी पूर्बको नौंवटा जिल्लाहरु ऐतिहासिक भूगोल भएको आत्मानिर्णय अधिकार सहितको लिम्बुवान स्वायत्त राज्य हुनुपर्दछ भन्दै मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङको भात्रृ संगठन संघीय लिम्बुवान महिला परिषद प्रवास कार्य समिति हङकङ को याउ मा तेइ, काउलून, हङकङ स्थित हिन्सको सभा हलमा गठन भएको छ । यही १३ मार्च २०११ आइतवारमा सम्पन्न भएको उक्त सभाले श्रीमती उर्मिला बेघाको अध्यक्षतामा १८ सदस्सिय समिति गठन गरेको छ । उक्त सभामा प्रमूख अतिथिको रुपमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङका अध्यक्ष तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद नेपालको (राज्य) केन्द्रिय कार्य समितिको पनि सदस्य श्री नबराज काम्बाङ्ग हुनुहुन्थ्यो । अतिथिहरु बगैचा डटकमका फोटो पत्रकार श्री हरि लावती, मूलबाटो डटकमका पत्रकार कल्पना तुम्रोक हुनुहुन्थ्यो । उक्त सभामा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङका उपाध्यक्ष श्री बिष्णु इङ्नामद्वारा स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन परिषदकै सकृय सदस्य हरिष चन्द्र लावतीले गर्नु भएको थियो भने श्रीमती उर्मिला बेघाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त सभामा प्रमूख अतिथि नबराज काम्बाङले नेपालको लिम्बुवानमा भइरहेको आन्दोलन बारेमा भन्नु भयोस लिम्बुवान प्राप्तिको लागि हजारौं लिम्बुवान भोलिर्न्र्टस युवा यूबतीहरु बलिदानी पूर्ण रुपमा निर्णायक लिम्बुवान प्राप्ति आन्दोलनमा होमिएका छन् । त्यस्तै मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद केन्द्रिय कार्य समितिले नेपाल लिम्बुवानको नौं वटै जिल्लाहरुमा ठूला - सानो कार्यक्रम सम्पन्न गरि सकिएको कुरा ब्यक्त गर्नु भयो । परिषदले विभिन्न समयमा विभिन्न प्रकारले लिम्बुवानमा आन्दोलन जारी राखेको ब्यक्त गर्नुभयो । नेपाल लिम्बुवानकैं आधा हिस्सा जनसंख्या भएको लिम्बुवानवासी महिला दिदी वहिनीहरु लिम्बुवानी आन्दोलनमा सकृय रुपमा लागि राख्नु भएको छ र हङकङमा रहनु भएको लिम्बुवान वासी महिला दिदी वहिनीहरुलाई पनि नेपाल लिम्बुवानमा भइरहेको लिम्बुवान प्राप्ति आन्दोलनमा हङकङ प्रवासवाट भएपनि सकृय रुपमा सहयोग गरिदिन हुन आग्रह गर्नु भयो । ऐतिहासिक लिम्बुवानको मुक्ति विना लिम्बुवानवासी महिला - हक अधिकारको मुक्ति नहुने कुरा जिकिर गर्नु भयो । उक्त कार्यक्रममा अतिथि बगैंचा डटकमका फोटोपत्रकार श्री हरि लावतीले लिम्बुवान प्राप्तिको लागि आफू प्रत्यक्ष वा अप्रत्यक्ष कुनैं रुपमा सहयोग गर्ने कुरा ब्यक्त गर्नुभयो । त्यस्तै अर्का अतिथि मूलबाटो डटकमका पत्रकार कल्पना तुम्रोकले लिम्बुवान प्राप्तिको लागि आफू सकृय रुपमा आफ्नो क्षेत्रबाट सहयोग गर्ने कुरा ब्यक्त गर्नु भयो । सोही दिन प्रमूख अतिथि श्री नबराज काम्बाङ्गद्धारा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदमा नव प्रवेश गर्नुहुने श्री कुमार तुम्वाहाङ्फे, श्री बरध्वोज ओख्राबु, श्री शंकर लावती लिम्बु, शुश्री कुमारी हाङ्मा नेम्बाङ, श्रीमती यादुमाला मेन्याङ्बो, शुश्री निशा हाङ्मा नेम्बाङ हरुलाई फुलमालाले स्वागत गरी सदस्यता बितरण गर्नु भएको थियो ।
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङ अन्तर्गत संघीय लिम्बुवान महिला परिषद हङकङ समितिको नवनिर्वाचित पदाधिकारीहरुको नामावली
१) अध्यक्ष - उर्मिला बेघा
२) उपाध्यक्ष - माया सेरेङ
३) सचिब - कुमारी हाङ्मा नेम्बाङ
४) अर्थ-सचिब - लिलिश कन्दङ्वा
५) सदस्य - यदुमाला मेन्याङ्बो
६) सदस्य - पोष कुमारी वरदेवा
७) सदस्य - निशा हाङ्मा नेम्बाङ
८) सदस्य - कला लिम्बु
९) सदस्य - भुमिका लिम्बु
१०) सदस्य - भिम कुमारी लिम्बु
११) सदस्य - लिला लिम्बु
१२) सदस्य - यसोदा रार्इ
१३) सदस्य - शशी लिम्बु
१४) सदस्य - सबिना तुम्बाहाङ्फे
१५) सदस्य - शान्ति सुहाङ
१६) सदस्य - कविता नेम्बाङ
१७) सदस्य - भुमा लिम्बु
१८) सदस्य - ध्रुबा काम्बाङ

No comments: