News

Mar 15, 2011

किरात धर्मको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालमा चौंथो स्थानमा रहेको मानिने किरात धर्मको दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन यही २०६७ चैत्र २१, २२ र २३ मा काठमाडौंमा हुने भएको छ । किरात धर्म अन्तर्राष्ट्रिय महासम्मेलन मूल आयोजक समितिले फागुन २९ गते रिपोर्टर्स क्लव काठमाडौंमा एक पत्रकार सम्मेलनमा गरी प्रेस विज्ञप्ति जाहेर गर्दै जानकारी गराएको छ ।
महासम्मेलन मूल आयोजक समितिका अध्यक्ष डकेन्द्रिसंह थेगिमद्वारा हस्ताक्षरित प्रेस-विज्ञप्तिमा जनाएअनुसार २०५७ कात्र्तिक २४, २५ र २६ मा काठमाडौंमै किरात धर्म प्रथम अन्तर्राष्ट्रिय महासम्मेलन सम्पन्न भएको थियो । किरात धर्म प्रथम अन्तर्राष्ट्रिय महासम्मेलन सम्पन्न भएको १० वर्षपछाडि सोह्रौं राष्ट्रिय विभूति मुहिङ्गुम अङ्सीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्युको ६३औं स्मृति दिवसको अवसरमा पुनः किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलन २०६७ चैत्र २१, २२ र २३ गते तद्नुसार सन् २०११ अप्रिल ४, ५ र ६ तारिख काठमाडौं नेपालमा विश्वका १८ देशका प्रतिनिधिहरुको सहभागितामा भव्यतापूर्वक सम्पन्न गर्ने उद्देश्यले सोको तयारी गरिएको जनाएको छ ।
किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रिसंह थेगिमको अध्यक्षतामा ११०८ जनाको मूल आयोजक समिति निर्माण गरिएको उक्त आयोजक समितिबाट ३५ उप-समिति निर्माण भएका छन् । महासम्मेलनमा आवश्यकता अनुसारको कार्यक्रमहरुलाई सरल र सहज ढङ्गमा साचालन गर्ने जिम्मा र सम्पन्न गर्ने दायित्व ती विभिन्न उपसमितिहरुलाई दिइएको जनाइएको छ । धार्मिक महासम्मेलनलाई भव्य अनुशासित र मर्यादित बनाउन र बृहतरुपमा सफल पार्नलाई मूल आयोजक समिति र उप-समितिहरु समर्पित भएको र ती ३५ ओटै उप-समितिहरुले सकि्रयताका साथ कार्यहरु गरिरहेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।
महासम्मेलनको त्रीदिवसीय कार्यक्रमको पहिलो दिन २०६७ साल चैत्र २१ गते सन् २०११ अपि्रल ४ तारिख का दिन रिङरोडमा मोटर साइकल र्याली र धार्मिक पोशाक, गान, भजन र सङ्गीतको साथ महानगर परिक्रमापश्चात् खुलामञ्च टुँडिखेलमा सम्माननीय सभामुख श्री सुवासचन्द्र नेम्बाङज्युको प्रमुख आतिथ्यमा धार्मिक सभा सम्पन्न हुने र उक्त अवसरमा धार्मिक पोशाक अनिवार्य गरिएको जनाइएको छ ।
महासम्मेलनको दोस्रो दिन २०६७ साल चैत्र २२ गते सन् २०११ अप्रिल ५ तारिख का दिन सोही स्थानमा नेपालका अधिकांश जातीय झाँकीहरु र आम जनसमुदायको सहभागितामा किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनको समुद्घाटन सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्युको बाहुलीबाट हुने कार्यक्रममा सम्माननीय सभामुखज्यु माननीय मन्त्रीगण सभासदगण महामहिम राजदूतहरु सरकारी र गैर-सरकारी उच्च पदस्थ अधिकारीगण विभिन्न धर्मगुरुहरु र नेपाल बाहिरका १७ देशका सहभागी प्रतिनिधिहरु किरात धर्मका आस्तिक जनसमुदाय वर्ग र विभिन्न धर्मका आस्तिक जनसमुदायका विशाल जनसहभागितामा किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनको उद्घाटन समारोह साविककै खुल्लामाच टुँडिखेलमा सम्पन्न हुने बताइएको छ । उक्त समारोहमा सम्माननीय राष्ट्रपतिज्युको बाहुलीबाट राष्ट्रिय-अन्तर्राष्ट्रिय व्यक्तित्वहरुलाई किरात धर्मको तर्फबाट गरिने अभिनन्दन सम्मान-पत्रसमेत वितरण गरिने कार्यक्रसमेत रहेको जनाइएको छ ।किरात धर्म दोस्रो अन्तर्राष्ट्रिय महासम्मेलनको तेस्रो दिन २०६७ साल चैत्र २३ गते सन् २०११ अप्रिल ६ तारिखका दिन नेपाल प्रज्ञा भवन कमलादीमा १८ देशबाट किरात धर्मका सहभागी १५०० आधिकारिक प्रतिनिधिहरु र ५०० पर्यवेक्षकहरुका बीच बन्द-सत्र चल्ने कार्यक्रम रहेको छ ।
तेस्रो दिनको बन्द-सत्रमा प्रस्तुत हुने महासम्मेलनका प्रतिवेदन र विशेष कार्यक्रमहरुमा महासम्मेलनको प्रतिवेदन महासचिव डिल्लिप्रकाश साम्पाङबाट, किरात धर्मदर्शन र मुहिगुम अङ्सीमाङहरुबारे चन्द्रकुमार सेर्मा लिम्बूबाट, १६औं राष्ट्रिय विभूति मुहिङ्गुम अङ्सीमाङ फाल्गुनन्द लिङदेनको धार्मिक देनबारे, महाकवि मोहन दुखुन राईबाट विश्व शान्ति र मानव एकताको लागि किरात धर्मशीर्षकमा पूर्व राजदूत डा. नोवल किशोर राईबाट र किरात धर्ममा नारीको स्थान र समाज सुधारका शास्वत पक्षबारे डा. सुभद्रा सुब्बा दाहालबाट कार्यपत्रहरु प्रस्तुत हुने जनाएको छ ।उक्त प्रतिवेदन र कार्यपत्रहरुमा सुझाव र टिप्पणीकारका टिप्पणीको आधार तथा किरात धर्मदर्शनको मूलमार्ग अनुरुप काठमाडौं घोषणा-पत्र तयार हुने र यस बन्द-सत्रको समापन समारोहमा सम्माननीय प्रधानमन्त्री झलनाथ खानलको प्रमुख आतिथ्यमा र मुहिङगुमा अङसीमाङ पूजनीय किराध धर्मगुरु आत्मानन्द लिङ्देनज्यु तथा मुहिगुम अङ्सीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्युहरुको गरिमामय समुपस्थितिमा काठमाडौं घोषणा-पत्र जारी गर्दै समापन हुने कार्यक्रम रहेको छ ।
मूल आयोजक समितिको तर्फबाट कार्यक्रमबारे सर्वसाधारणलाई देश-विदेशमा अवलोकन गर्न र सुन्न सुविधाको निमित्त विभिन्न साचार माध्यम टीभी, एफ्. एम्. रेडियोहरुलाई प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइने र यस अतिरिक्त सम्पूर्ण दैनिक, साप्ताहिक, पाक्षिक तथा मासिक पत्रपत्रिका र मिडियासँग आवद्ध सबैलाई उक्त कार्यक्रहरुमा उपस्थित भई प्रचार-प्रसारमा सहयोग पुर्याउनसमेत अनुरोध गरिएको छ । उप्रान्त मूल आयोजक समितिको तर्फबाट सु-सूचित गरिने र महासम्मेलनलाई व्यवस्थापन गर्नको लागि गठित ३५ उप-समितिहरुबाट प्राप्त जानकारी अनुसार ७५ प्रतिशत कार्य तर्जुमा भइसकेको र बाँकी ३५ प्रतिशत कार्य चैत्र १० सम्ममा सम्पूर्ण आयोजनाको तयारी भइसक्ने कुरासमेत पत्रकार सम्मेलनमा अवगत गराएको छ । यस महासम्मेलनको मूल नारा "विश्व शान्ति र मानव एकता तथा धार्मिक सहिष्णुता" रहेको समेत जानकारी गराइएको छ ।

No comments: