News

Mar 15, 2011

माओवादीद्वारा अर्को सुरक्षादस्ता सार्वजानिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीको यूवा भातृसंगठन योङ्ग कम्यूनिष्ट लिग वाईसीएलको अर्धसैन्य संरचना भंग गर्न दबाब चौतर्फी रुपमा आईरहेको बेला माओवादीले मंगलबार पार्टी उच्च तहका नेताहरुको नेतृत्वमा रहेको अर्को युवा संगठनको घोषणा गरेको छ । जन विद्रोहको कार्यनीति सफल पार्ने माओवादीको रणनीति अनुरुप स्वयंसेवक परिचालन गरिन लागेको अन्य दलको आरोप रहे पनि माओवादीले भने त्यसको खण्डन गर्दै आएको छ । पार्टी मुख्यालय कोटश्वर पेरिसडाँडाँमा आयोजित कार्यक्रममा सो यूवा संगठनको घोषणा गरिएको हो । सो नयाँ संगठनको जनस्वंयसेवक परिचालन ब्यूरो नामाकरण गरिएको छ । जसको संयोजकमा माओवादी स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले गर्ने छन् । उनैले ब्यूरोको घोषणा गरेका हुन । ब्यूरो घोषणा कार्यक्रममा संयोजक चन्दले जनस्वंयसेवक परिचालन ब्यूरो विकाश निर्माण उत्पादनमुलक कार्य र जनसुरक्षामा खटिने जानकारी दिए । उनले पार्टी भित्र र बाहिरका सबैलाई अटाउने गरी स्वंयसेवक परिचालन गरिने उल्लेख गरे । संयोजक चन्दले राष्ट्र र समाज सेवाका लागि गठन गर्न लागिएको ब्यूरोबारे आशंका नपाल्न अन्य दल र नागरिक समाजसँग आग्रह गरे । पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा घोषणा गरिएको ब्यूरोले युद्धकालमा ध्वस्त भएका भौतिक संरचनाको समेत पुनः निर्माण गर्ने जानकारी दिईएको थियो । ब्यूरोमा वाईसीएल अखिल क्रान्तिकारी र अयोग्य लडाकुलाई समेत सहभागी गराईने छ । ब्युरोमा पोलिटब्युरो सदस्य देवेन्द्र पौडेल वाईसीएल अध्यक्ष गणेशमान पुनसहित १० जना केन्द्रीय नेताहरु रहेको बताईएको छ ।

No comments: