News

Mar 15, 2011

विवादित बिषय संबैधानिक समितिमा पठाउने सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभामा प्रतिनिधित्व गर्ने सवै दलले राज्य पुनर्संरचना समितिले तयार पारेको विवादसहितको प्रतिवेदन थप छलफलका लागि संवैधानिक समितिमा पठाउने निर्णय गरेका छन्। सिंहदरबारमा आज बसेको २८ दलको बैठकले यथाशीघ्र संविधानसभाको बैठक बोलाएर राज्यपुनर्संरचना समितिले तयार पारेको विवादित प्रतिवेदन संवैधानिक समितिमा पठाउने र त्यही बाँकी विवाद सुल्झाउने निर्णय गरेको हो। प्रतिवेदन संवैधानिक समितिमा पठाउने विषयमा दलहरुबीच सहमति भएपनि राज्यपुनर्संरचना कसरी गर्ने भन्ने विषयमा भने उनीहरुबीच चर्काचर्की भएको थियो। बैठकमा नेपाली कांग्रेसले राज्यपुनर्संरचनाका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने पूर्वअडान दोर्‍याएको थियो। बाँकी दलहरुले भने संविधान लेखनको समयावधि कम भएका भन्दै विज्ञहरुसँग छलफल गरेर टुंग्याउनु पर्ने बताएका थिए।

No comments: