News

Mar 15, 2011

कोरियामा १० बर्ष अबैधानिक बस्नेले भिषा पाउने सम्भावना बढ्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दक्षिण कोरियामा १० बर्ष देखि निरन्तर बस्नेले अस्थाई भिषा पाउने सम्भावना बढेको छ। १० बर्ष भन्दा बढी कुनै देशमा बस्ने नागरिकले धेरै पहिले देखि अमेरिका लगाएत विश्वको अन्य मुलुकले उक्त सुबिधा प्रदान गरेको भएपनि दक्षिण कोरियाले चाइना बाहेक अन्य मुलुकको नागरिकलाई उक्त सुबिधाबाट बन्चित गरिरहेको बिषयमा कोरियामा रहेका बिभिन्न संघ-संस्थाहरुले अन्तराष्टिय मानव अधिकारवादी संस्था एम्नेस्टी ईन्टरनेस्नलको सहयोगमा कोरियन सरकारलाई दवाब दिईरहेका छन्। हाल कोरियामा १० बर्ष अबैधानिक बसेका बिदेशीको संख्या धेरै भएपनि बास्तविक डाटा भने आएको छैन। कोरियामा आएर कोरियन उधोगमा जीवनको वाजी राखेर काम गर्ने मजदुरहरु टिसु पेपरको रुपमा प्रयोग हुनुपरेको तितो यथार्थले सबैलाई चिमोट्ने गरेको छ। झन् १० बर्ष कोरियामा बसेका चाइनिज नागरिकलाई अस्थाई भिषा दिने तर अन्य मुलुकका नागरिकलाई बन्चित गराउनुले कोरिया सरकारको हेपाहा प्रविर्ती उजागर गरेको कतिपय संघ -संस्थाका प्रतिनिधिहरुले बताएका छन्। हाल १० बर्ष पुगेका बिदेशीलाई अस्थाई भिषाको माग राखेर बिभिन्न संस्थाका प्रतिनिधिले कोरियन सरकार बिरुद्द मुद्दा हालिरहेका छन्। जुन अभियानमा नेपालको तर्फ बाट नेपाली संपर्क समितिका अध्यक्ष देबिड राईले आवाज उठाई रहनु भएको छ। उँहाले प्रक्रिया अगाडी बढाई रहेको वताउनु भएको छ।

No comments: