News

Mar 15, 2011

मुल्य बृद्धिको विरोधमा भोली देशव्यापी चक्काजाम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धिको विरोधमा भोलि देशब्यापी चक्काजाम गरिने भएको छ। खस क्षेत्री युवा समाज खस क्षेत्री विद्यार्थी समाज लगायतक भातृसंगठनले पनि पेट्रोपलयम पदार्थको मुल्य बृद्धि बिरुद्ध भोली २ वजे देखि ४ वजेसम्म देशव्यापी चक्काजाम गर्ने तयारी गरेको हो। पूर्णता पाउन नसकेको सरकारले मुल्य वृद्धि गरेर जनताको ढाड सेको भन्दै खस क्षेत्री युवा समाजका अध्यक्ष विष्णु जंग बस्नेतले चक्का जामका बेला सवारी सञ्चालन नगरेर मुल्यबृद्धि विरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाउन सवारी चालकहरुलाई आग्रह गर्नु भएको छ । त्यसैगरि निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धिको विरोधमा विभिन्न संगठनहरुले निगमको केन्द्रीय कार्यालय बबरमहल घेराउ गरेको छ । यसक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका भातृसंगठनहरुले पेट्रोलियमा पदार्थको मुल्य वृद्धि विरुद्धमा आज आयल निगम घेराउ गर्दै ज्ञापनपत्र बुझाएका छन् । माईतीघर मण्डलामा भेला भएका राप्रपाका कार्यकर्ताहरुले मुल्य बृद्धि बिरुद्ध नारा लगाउदै निगम कार्यालय पुगे घेराउ गरेका हुन ।

No comments: