News

Jan 12, 2011

शरणार्थीहरुले अनिश्चितकालीन भोक हडताल शुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
झापा, नेपालमा बस्दै आएका राहतवंचित भुटानी शरणार्थीहरुले शरणार्थी परिचयपत्र र राहत सामग्रीको माग गर्दै अनिश्चितकालीन भोक हडताल शुरु गरेका छन्। उनीहरुले मोरङको शनिश्चरे शिविरबाट भोक हडताल शुरु गरेका हुन्। सोमबारबाट शिविर व्यवस्थापन समितिको कार्यालयअगाडि त्यहाँका १७ जनाले आमरण अनहन शुरु गरेका छन्। जसमा १० पुरुष र ७ महिला सहभागी छन्। जाडोको समयमा पाल टाँगेर खाना नखाई बस्दा सहभागीहरु बिरामीसमेत पर्न थालेको अनशनका अगुवा किशोर भण्डारीले जनाएका छन्। सो शिविरमा त्यसखाले पीडित शरणार्थीको संख्या ८ सय ८४ रहेको उल्लेख छ। सोमबार नै हडतालस्थल पुगेका शरणार्थी समन्वय इकाई झापाका उपनिर्देशक लेखनाथ पोखरेलले भोक हडतालको विकल्प खोज्न अनुरोध गरेका छन्।

No comments: