News

Jul 15, 2011

चन्दलाई रथीको दर्ज्यानी चिन्ह प्रदान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ३१ - प्रधानसेनापति छत्रमान सिंह गुरुङले उपरथी नेपाल भूषण चन्दलाई शुक्रबार रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापति गुरुङले उपरथी चन्दलाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उनले शुक्रबारदेखि नै बलाधिकृतको कार्यभार सम्हालेका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चन्दलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

No comments: