News

Nov 8, 2012

अमेरिकाको राष्ट्रपति पदमा पुन: बाराक ओबामा निर्वाचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
संयुक्त राज्य अमेरिकामा भएको राष्ट्रपति पदको चुनावमा बाराक ओबामा अमेरिकाको राष्ट्रपति पदमा दोस्रो कार्यकालका लागि पुन: निर्वाचित भएका छन् । डेमोक्रेटिक पार्टीका ओबामा रिपब्लीकन उम्मेदवार मिट रोम्नीलाई हराउँदै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार राष्ट्रपतिमा निर्वाचित ओबामाले २ सय ७५ ईलेक्टोरल मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी रोम्नीले २ सय ३ मत प्राप्त गरेका छन् । राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएको ओहायो राज्यमा रोम्नीलाई हराएपछि ओवामाको जीत सुनिश्चीत भएको हो । अत्यन्तै प्रतिस्पर्धात्मक भनिएको यस पटकको निर्वाचनमा परिणामलाई मुख्य प्रभाव पार्न सक्ने बढी ईलेक्टोरल भोट भएका राज्यहरुमा ओवामाले वाजी मारे । यसअघि डेमोक्रेटहरुको गढ मानिएको ईण्डीयाना र नर्थ क्यारोलाईना जित्दै रिपब्लीकन उम्मेदवार रोम्नीले आशा जगाएका थिए । तर स्विङ स्टेटको नामले चिनिने कुनैपनि ठुला राज्यमा रोम्नीले आफ्नो पकड देखाउन सकेनन् । यसअघि सन् २००८ को राष्ट्रपति निर्वाचनमा जोन म्याक्केनलाई हराँउदै ओवामा पहिलो पटक राष्ट्रपति चुनिएका थिए ।

No comments: