News

Jun 1, 2013

जातीय पहिचानका लागि फेरि आन्दोलनको तयारीमा: कुमाल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आदिवासी जनजातिको प्रतिनिधित्व घटाउने किसिमले नयाँ संविधासभा गठन हुन नदिने आदिवासी जनजातिका अगुवाहरूले चेतावनी दिएका छन्। राजधानीमा आज आयोजित “आदिवासी जनजाति महासंघ नेपालको चुनौती र आगामी रणनीति” विषयक अन्तरक्रिया कार्यक्रममा जनजाति नेताहरूले एक प्रतिशत थ्रेस होल्ड कुनै पनि हालतमा मान्य नहुने बताउँदै समानुपातिक तर्फको सङख्या घटाउन नहुनेमा जोड दिएका छन्। साथै कार्यक्रमका सहभागीहरुले जातीय पहिचान र प्रतिनिधित्वको सुनिश्चितताका लागि अहिलेको राजनीतिक परिस्थितिको बारेमा ठोस धारणा बनाएर अघि बढ्न आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वलाई सुझाव दिएका छन्। आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष नगेन्द्र कुमालले जातीय पहिचानका लागि आफूहरुले फेरि आन्दोलनको तयारी गरिरहेको बताए। नयाँ बन्ने संविधानसभामा जातीय जनसङख्याको आधारमा प्रतिनिधित्व गराउनुपर्ने र पहिचान खुलेका जातिको एक जाति एक प्रतिनिधित्वको ग्यारेण्टी गर्नुपर्ने अध्यक्ष कुमालले माग गरे। अहिलेसम्म आदिवासी जनजाति समुदायका ५९ वटा जाति सूचीकृत भइसकेका छन्।

No comments: