News

Jan 24, 2014

देशभरका सरकारी अस्पतालमा सेवा सुचारु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
डा. गोविन्द केसीले आमरण अनसन तोडे गरेलगत्तै आजदेखि देशभरका सरकारी अस्पतालमा सेवा सुचारु भएको छ । नेपाल चिकित्सक संघले देशभरीका चिकित्सकलाई आ–आफ्नो कार्यक्षेत्रमा फर्की जिम्मेवारी निर्वाह गर्न आह्वान गरेपछि देशैभरका सरकारी अस्पताल खुलेका हुन् । नेपाल चिकित्सक संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनरत चिकित्सकहरुलाई अस्पतालमा गई आफ्नो कार्यभार सम्हाल्न अनुरोध गरेको हो । प्राध्यापक डा. गोविन्द केसीले उठाएका मागको सरकारले उचित सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएपछि नेपाल चिकित्सक संघले आन्दोलनरत चिकित्सकहरुलाई आफ्नो कर्तव्य निर्वाह गर्न अनुरोध गरेको हो । डा. गोविन्द केसीले उठाएका माग सरकारले पुरा गरिदिने बाचा गरेपछि बन्द रहेका सरकारी अस्पतालका ओपिडी सेवा पनि आजबाट नियमित सञ्चालन भएका छन् । अस्पताल खुलेसँगै अब बिरामीहरुको चेक जाँच अस्पतालको परिसर वा खुल्ला आकास मुनि हुने छैन । विरामीको उपचार अब अस्पताल भित्र नै हुने भएको छ । रोगले छट्पटिएका गरिब निमुखा नेपाली नागरिक अस्पताल खुलेसँगै खुशि भएका छन् ।

No comments: