News

Apr 16, 2014

कृष्णकला वनेमकृत "अविश्वासको तरङ्ग" नेपाल तथा ईजरायलमा विमोचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 

ईजरायल प्रवासमा रहनु हुने साहित्यकार कृष्णकला वनेमकृत "अविश्वासको तरङ्ग" नामक पुस्तक बि.स.२०७० चैत्र २८ दिन काठमाडौंमा एक कार्यक्रमबीच विमोचित भएको
छ । नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति एवम् आयमेली कवि श्रद्धेय श्री बैरागी काइालाज्यूको प्रमुख आतिथ्यमा विमोचित भएको उक्त कृति माथि बानेश्वर क्याम्पसका डा. विष्णु राई, कवि प्राज्ञ श्रवण मुकारुङ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, नेपाली वाङ्मय परिषदका अध्यक्ष शशि लुमुम्वु, मिलाप मासिकका प्रधानसम्पादक कृष्णप्रसाद भुसाल लगायतले विमोचन गरेका थिए । त्यसरी नै सन् २०१४ अप्रिल १२ तारिखका दिन किरात याक्थुङ्ग चुम्लुङ्ग ईजराईलको प्रथम साधारण सभाको अवशर पारेर नेपाल आदिबासी जनजाति महासंघ ईजराईलका अध्यक्ष सुन्दर सिंह लामा तामांग,कियाचु ईजराइलका जेष्ठ सदस्य अम्बेर सावा र कियाचु ईजराइलका अध्यक्ष प्रताप मदेनाबाट पुन बिमोचन गरिएको छ । कथाकार कृष्णकला वनेमकृत "अविश्वासको तरङ्ग" नामक पुस्तक नेपाल र ईजराईल गरेर दुई पटक बिमोचन गरिएको हो । विमोचित कथा संग्रहमा १५७ पेजमा ९ वटा कथाहरु समेटिएका छन् ।बैदेशिक रोजगारको लागि सन् २००८ मा सेक्टेम्बरमा ईजराईल प्रवेश गर्नु भएकी लेखिका वनेमको "बिर्सिएका गीतहरु" नामक गीति संग्रह २०६८ सालमा प्रकाशित भै सकेको छ ।दोश्रो कृतिका रुपमा आएको कथा संग्रह अविश्वासको तरंगमा लेखिका वनेमले देखेका भोगेका र अनुभब गरेका बिषयबस्तुलाई समेटेर कथाको रुपमा पाठकहरुको सामु ल्याएकी छिन ।उक्त पुस्तकको प्रकाशिका गौमाया नेम्बाङ्ग रहनु भएको छ भने पुस्तकको मूल्य नेरु २५० र नेपाल बाहिर १८ डलर राखिएको छ ।नेपालमा विमोचन गर्ने अतिथीहरुले नै पुस्तकमाथी टिपणीपनि गरेका थिए । विभिन्न क्षेत्रहरुका व्यक्तित्वहरुको उपस्थितिमा विमोचित भएको अविश्वासको तरङ्ग कथासङ्ग्रमा लालच, साइबर प्रेम, सत्यको जित, अविश्वासको तरङ्ग, भाग्यको खोजी, चोखो प्रेमको अन्नत पीडा, कर्तय, प्यारी सङ्गिनीको अन्तिम जीवनयात्रा र समर्पण गरी ९ ओटा कथाहरु रहेका छन् । नेपालमा मिलाप मासिक र नेपाली वाङ्मय परिषदले विमोचन कार्यक्रमको आयोजना गरेको थियो ।

No comments: