News

Apr 9, 2008

गायक महेश शिल्पकारको पहिलो गीतिसंग्रह आहृवानको विमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
नव गायक महेश शिल्पकारको पहिलो प्रस्तुति स्वरुपको गीती एलबम ‘आहृवान’को हिजो बेलुकी जोर्डनस्थित कँगन रेस्टुरेन्टमा सँगीतमय वातावरणमा विमोचन
गरिएको छ । आदिवासी गीतकार समाज हङकङको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि महावाणिज्यदूत केशव प्रसाद भट्टराईको हातबाट गीती एलबम आहृवान विमोचित भएको थियो । आदिवासी गीतकार समाज हङकङको आफ्नो औपचारिक गठनपछिको यो पहिलो कार्यक्रम थियो । समाजका सचिव अशोक राईबाट सञ्चालित उक्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष प्रदीप कन्दङ्वाले गरेका थिए । विशेष अतिथिमा हङकङ नेपाली महासँघका नव निर्वाचित अध्यक्ष हेम लिम्बू र अन्य अतिथिहरुमा यनआरयन एसिया प्यासिफिक सँयोजक गणेश इजम, आदिवासी जनजाति महासँघका अध्यक्ष भूपेन्द्र चेम्जोङ, श्रष्टा अतिथिमा सँगीतकार दिनेश सुब्बा, सँगीतकार तथा गायक नागेन्द्र श्रेष्ठ र गीतकार रामकृष्ण बान्तवासहित हङकङ नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टँक सम्वाहाम्फे, अनेसास हङकङ च्याप्टरका अध्यक्ष पसन तमू, सृसासका सँस्थापक सचिव नरेश सुनुवार आदि थिए । सृसासका अध्यक्ष हाङयुग अज्ञातले स्वागत मन्तव्य दिएका थिए । आदिवासी गीतकार समाजले भविष्यमा फैलिएर जाओस भन्दै उपस्थिति अतिथिहरुलाई स्वागत गरेपछि अलि बेग्लै किसिमले पहिले प्रमुख अतिथि महावाणिज्यदूतको मन्तव्यको पालो राखिएको थियो । प्रमुख अतिथिपछि लगत्तै विशेष अतिथि महासँघका अध्यक्ष, यनआरयनको एसिया प्यासिफिक सँयोजक, जनजाति महासँघका अध्यक्ष, सँगीतकार सुब्बा, गीतकार बान्तवा र गायक महेश शिल्पकारले आआफ्ना मन्तव्यहरु दिएका थिए । उक्त औपचारिक कार्यक्रमको विर्सजन गर्ने क्रममा सभाका अध्यक्ष प्रदीप कन्दङवाले आदिवासी गीतकार समाज, हङकङको बारेमा छोटो चर्चा गर्दै एलबम आहृवान एउटा राम्रो तथा श्रवणीय एलबम भएको बताएका थिए । सम्पूर्ण वक्ताहरुले गायक शिल्पकारलाई वधाइ दिई भविष्यमा उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
गीती एलबमको विमोचनको उक्त कार्यक्रममा सँगीतकार तथा गायक नागेन्द्र श्रेष्ठले प्रत्यक्ष साँगीतिक कार्यक्रम सञ्चालन गरेका थिए । उक्त चरणमा विभिन्न गीतहरु नागेन्द्र, महेशबाट गाइएका थिए । एलबम आहृवानमा नागेन्द्र श्रेष्ठबाट ७ वटा, दिनेश सुब्बाबाट २ वटा र न्हू बज्राचार्यबाट २ वटा गीतहरुमा सँगीत भरिएको छ । गीतकार रामकृष्ण बान्तोवाका ६ वटा, भूपेन्द्र खड्काका ३ वटा र राई चन्द्र दुमीका एउटा गीतमा शब्दहरु रहेका छन् ।
कार्यक्रम दिइएको समयभन्दा लगभग दुर्इ घण्टा ढिलो शुरु भएको भए पनि कार्यक्रम विहानीको ०४ बजेसम्म चलेको थियो । अनौपचारिक चरणमा विभिन्न कविहरुले कविता वाचन पनि गरेका थिए ।

Apr 6, 2008

गोर्खालीहरूको सम्झनामा नेपालमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं, चैत २३
पहिलो र दोस्रो विश्वयुद्धमा बहादुरी कमाएका र वीरगति पाएका गोर्खालीहरूको सम्झनामा शनिबार 'पुर्खा दिवस' मनाइएको छ । चार वर्षघि हङकङबाट मनाउन थालिएको उक्त दिवस नेपालमा पहिलोचोटि आयोजना गरिएको हो । 'पहिलो र दोस्रो विश्वयुद्धमा गरी सत्तरी हजार गोर्खा (नेपाली) ले ज्यान गुमाएका थिए,' गोर्खा भूतपूव सैनिक संघ (गेसो) का महासचिव महेन्द्रलाल र्राईले भने । नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) द्वारा आयोजित अन्तक्रिर्यामा उनले थपे, 'एक मृतक बराबर तीन जना घाइते हुने युद्धको सिद्धान्तअनुसार दुइ लाख दस हजार जना घाइते भएका थिए ।' विश्वयुद्धमा १ लाख ४० हजार गोर्खाली खाली हात फर्काइएका थिए । त्यही जनशक्तिलाई नेपाली कांग्रेसले उपयोग गरी २००७ सालको क्रान्ति सफल तुल्याएको गेसोले जनाएको छ ।अंग्रेज र भारतलाई खुसी पार्न १८१४ सालबाट नेपाली युवाहरू भाडाका रूपमा भर्ती गर्ने क्रम सुरु भएको हो । 'गाउमा रहेका युवाहरूलाई जबरजस्ती भर्ती जान उर्दी जारी गर्ने गर्थे,' अवकाशप्राप्त बेलायती सैनिकसमेत रहेका र्राईले भने । गोरा र नेपाली सैनिकबीच तलब, सुविधा, पेन्सन आदिमा विभेद गरिएकाले गेसोले डेढ दशकदेखि 'समानताको लर्डाईं' जारी राखेको उनले जनाए ।'हामीलाई बेचिएको हो तर गद्दामा पर्‍यौं,' बेलायती सेनामा कार्यरत सैनिक तथा साहित्यकार विश्वासदीप तिगेलाले भने- 'लाहुरे भनेका कडा हृदय भएको, मर्ने र मार्नेबाहेक केही जान्दैनन्' भन्ने मान्यता आज बदलिएको छ ।' त्यहा कार्यरत गोर्खाली सैनिकहरू अहिले खुला विश्वविद्यालयमार्फ उच्च अध्ययनमा जुटिरहेको उनले जनाए ।चलचित्रकर्मी नवीन सुब्बाले गोर्खा सैनिकलाई 'बहादुर र शूरवीर' को उपमा दिएर राजनीतिक स्वार्थसिद्धि गरिएको बताए । 'शूरवीरको पगरी दिएर बेलायत र नेपाल सरकारले राजनीतिक स्वार्थपूर्ति गर्दै आएका छन्,' उनले भने ।

हङकङमा पुर्खादिवस भव्य रुपमा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,देवराज राई / अप्रेल ५, २००८
अप्रेल ५ तारिखका दिन प्रथम तथा दोश्रो विश्ययुद्ध एवं अन्य युद्धहरुमा मृत्युवरण गरेका पुर्खाहरुको स्मरणमा विगत ४ वर्षेखि हङकङमा आयोजना हुँदै आएको पुर्खादिवस यसपालि पनि बृहत नेपालीहरुको उपस्थिति एवं जनचासोका साथ गोर्खा सिमेट्री हङकङमा सम्पन्न भएको छ । कार्यक्रममा हङकङका सरकारी तथा नीजि विद्यालयका विधार्थीहरु, तिनका अभिभावक, विभिन्न सरकारी विद्यालयका प्रधानध्यापक, शिक्षक तथा स्थानीय नेता, भूपू सैनिकहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
विश्वव्यापी रुपमा पुर्खादिवस सम्पन्न गर्दै लैजाने क्रमममा काठामाण्डौमा पनि आदिवासी जनजाति पत्रकार महासंघको आयोजनामा पहिलो पटक पुर्खादिवस सम्पन्न भएको छ । यता हङकङमा भने 'आत्माबलिदानी पुर्खाहरुलाई सधैँ सम्मानले सम्झौँ ।' भन्दै पुर्खादिवस २००८ सम्पन्न भएको थियो । कार्यक्रममा दोश्रो विश्य युद्धमा हताहत भएका पुर्खाहरुको नामावली रहेको समाधि पुस्तक अंक ३ समेत र्सार्वजानिक गरिएको थियो । गत वर्षप्रथम विश्वयुद्धमा हताहत भएका पुर्खाहरको नामावली तथा समाधिस्थलका बारेमा जानकारी समेटिएको समाधि अंक २ र्सार्वजानिक गरिएको थियो ।
स्थानीय विद्यालयहरुमा पुर्खादिवसलाई विद्यालयको वाषिर्क कार्यक्रम बनाइएको कारणले विद्यालयहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयहरुका विधार्थीहरुले तयार पारेका पुर्खा सम्बन्धि लेख रचनाहरका पाठ गर्नुका साथै उनीहरुले तयार पारेका लगभग ३ सय प्रोजक्ट वर्कहरु, विभिन्न युद्धका तस्बीरहरु समेत प्रदर्शनीमा राखिएको थियो ।
पुर्खाहरुको सम्मानकालागि पुष्पगुच्छा अर्पण गरिएको थियो । यसरी पुष्पगुच्द्धा अर्पण गर्नेहरुमा आयोजकका साथै भूपू सैनिक संघका अध्यक्ष तथा अन्यपदाधिकारीहरु, हङकङ नेपाली महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीहरु, पीएच केन्द्रीय प्राथमिक विद्यालयका प्रिन्सिपल तथा भाइस प्रिन्सिपल एवं विधाथीहरु, पीके कलेजका शिक्षक तथा विधार्थीहरु, आइकेटी कलेजका शिक्षक तथा विधार्थीहरु, तुनकुन प्राथमिक विद्यालयका शिक्षक तथा विधार्थीहरु, डेलिया मेमोरियल स्कुलका विधार्थीहरु, सर एलिस कादुरी स्कुलका विधार्थीहरु, सगरमाथा किन्डर गार्टेनको प्रिन्सपल, शिक्षकहरु विधार्थी तथा तिनका अभिभावकहरुले सम्मानका साथ क्रम अनुसार पुष्प गुच्छा अर्पण गरेका थिए ।
गोर्खा सिमेट्री ट्रष्टको आयोजनामा तथा हङकङ नेपलीज फाउण्डेशनको संयोजन सम्पन्न भएको पुर्खादिवस २००८ कार्यक्रममा गोर्खा भूतपूर्व सैनिक संघ हङकङका अध्यक्ष हेम तामाङ प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो ।
हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू अतिथि रहनु भएको कार्यक्रममा गोर्खा समाधिस्थल रहेको सान तिन रुरल कमिटिका अध्यक्ष तथा डिष्ट्रिक काउन्सिलर मान फु वानको पनि उपस्थिति रहेको थियो । पुर्खालाई सम्मान चढाउने क्रममा उहाँले आफुले गोर्खाहरुसँग बिताएको क्षणहरुको स्मरण गर्दै समाधिस्थल संरक्षण तथा यसको विकासमा सहयोग गर्ने आश्वासन दिनु भएको थियो । उहाँले आफ्नो मन्तव्यको क्रममा गोर्खा सिमेट्री ट्रष्टसँग काम गरिरहेको जानकारी दिनु भएको थियो ।
ट्रष्टका अध्यक्ष एकराज र्राईले सम्बोधन गरेपछि शुभारम्भ भएको पुर्खादिवस २००८ लाई हेम तामाङ, हेम लिम्बूले समेत सम्मान मन्तव्य व्यक्त गर्नु भएको थियो । हङकङ शिक्षा विभागबाट प्रायोजित पुर्खादिवसमा आउन जानकालागि युनलङबाट ६ वटा बसको निशुल्क व्यवस्था गरिएको थियो । कार्यक्रम २ बजेदेखि शुभारम्भ भई ४ बजे समाप्त भएको थियो ।
आयोजक गोर्खा सिमेट्रीज ट्रष्टले पुर्खादिवसलाई विभिन्न देशहरुमा पनि सम्पन्न गर्दै लैजानकालागि पहल गर्ने एवं विशेष दुइ समरमा हताहत भएका गोर्खाहरुको स्मरणमा काठमाण्डौमा एक स्तम्भतल खडा गर्न पहल गर्ने जानकारी दिएको छ । यस वर्षमलेसिया तथा अष्ट्रेलियामा समेत पुर्खादिवस मनाइएको थियो । आगामी वर्षा युके तथा अन्यदेशहरुमा समेत आयोजना हुने भएको छ । पुर्खाहरुलाई सम्झने एक विशेष दिनको रुपमा यसको विकास गर्नु पर्ने अवधारण अगाडि बढ्ने अनुमान गरिएको छ ।

Apr 4, 2008

प्रायः उम्मेदवार जनजाति सुनसरी-१ मा

लिम्वूवान डट व्लगस्पोट डटकम,सुनसरी,
चैत २० - सुनसरी-१ मा अधिकांश दलले संविधानसभा निर्वाचनमा जनजातीय उम्मेदवार उठाएका छन् । एमालेका पूर्वनगरप्रमुख मनोजकुमार मेयाङ्बो, नेकपा माओवादीका किरण र्राई, जनमोर्चा नेपालका अशोक र्राई, नेकपा एकीकृतका राजेश बान्तवा, संघीय लिम्बुवान राज्यपरिषद्का स्वणिर्म हाङफोम्बो उम्मेदवार छन् । जनजातिकै मत पाउने अधारमा राप्रपाले मिनकुमार सुब्बालाई उम्मेदवार बनाएको छ ।
धरानमा जनसंख्या अनुपात जनजातीय बहुल छ । जनगणना तथ्यांकअनुसार यहा र्सवाधिक र्राई १८ हजार ५ सय, लिम्बु १३ हजार ५ सय, नेवार १० हजार ४ सय, गुरुङ २ हजार २ सय, मगर ३ हजार ३ सय, तामाङ ६ हजार ६३ को संख्यामा छन् । तथ्यांकले जनजातिको बाहुल्यता देखाए पनि यहाबाट हङकङ र बेलायत गएकाको संख्या पनि ठूलै छ ।
जनजातिको चर्को नारा दिने जनमुक्ति पार्टी भने दलितबाट रमेश गजमेरलाई उम्मेदवार बनाएको छ । कांग्रेसकी उमा बास्तोला एकमात्र महिला उम्मेदवार छिन् । यहा नेपाल सद्भावना पार्टी गोवर्धन साह पनि प्रतिस्पर्धामा छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रेस विज्ञप्ति


संविधानसभाको निर्वाचन हुन केहि दिन मात्र बाँकी रहँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केही उमेदवारहरूलाई अज्ञात समुहबाट बारम्बार उमेदवारी फिर्ता लिन टेलिफोन धम्की दिने र मञ्चको चुनावी प्रचारप्रसारलाई जवर्जस्त रोक्ने दुश्प्रयास भइरहेकाले मञ्च सबै निकायलाई ध्यानाकर्षा गराउन चाहन्छ ।
संघीय लोकातान्त्रिक राष्ट्रिय मञ्चका सम्बद्ध संगठनहरू संघीय लिम्बुवान राज्य परिषद्, तामाङसालिङ स्वायत्त राज्य परिषद् र संयुक्त थारु रारिष्ट्रय मोर्चा -थरुहट स्वायत्त राज्य परिषद्) का उमेदवारहरू अहिले संविधानसभा निर्वाचनको मैदानमा रहेका छन् । यसरी चुनावी मैदानमा रहेका उमेदवारहरूलाई धम्की दिएर अढाइ्सय वर्षछि नेपालको राजनीतिमा एउटा वैकल्पिक शक्तिका रुपमा उदाएको पार्टीलाई गर्भमै तुहाउने गम्भीर षडयन्त्रको शुरुवात भएको छ ।
नेपाली राजनीतिमा मञ्चको उपस्थितिले अतालिएका प्रतिकृयावादी, सामन्तवादी, कथित ठूला र क्रान्तिकारीहरू संविधानसभाको निर्वाचनमा मञ्चको विजयलाई जवर्जस्त रोक्न यस्ता अति तल्लो स्तरको निक्रिष्ट कार्य गरिरहेको मञ्चको ठहर छ । नेपालका आदिवासी जनजाति, तराइवासी, दलित, महिला, अल्पसंख्यक लगायत सम्पूर्ण जनताको मुक्तिका लागि स्थापित संघीय लाके तान्त्रिक राष्टिय्र मञ्चले संविधानसभा जस्तो आफ्नो लागि आफै संविधान लख्ने जाने विधीमा सहभागी हनु बाट बञ्चित गराउन जनु षडयन्त्र हनु थालेको छ, त्यसबारेमा गम्भीर आपत्ति जनाउदै यस्तो खाले कृयाकलाप राक्ने र
कडा कार्यवाहीका लागि नेपाल सरकारलार्इ आगह्र गर्दै सम्पूर्ण मानवअधिकारवादी, प्रेस सबैलाई ध्यानाकषर्ण गराउन चाहन्छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च शान्तिपूर्ण स्वच्छ र धाँधलीरहित संविधानसभाका पक्षमा रहेकाले संविधानसभा विरुद्ध हुने सबैखालका क्रियाकलापहरूको पूर्ण बिरोध गर्दछ र सम्पूर्ण नेपाली जनता तथा राजनीतिक दलहरूलाई संयमित ढंगले धैर्यतापूर्वक संविधानसभा सम्पन्न गर्न हार्दिक आग्रह गर्दछ ।
.................................
(खगेन्द्र माखिम)
सचिवालय सदस्य
मितिः २०६४/१२/२२

Apr 2, 2008

वुटुवल नारायणघट सडक खण्डमा जनमुक्तिको जिप दुर्घटना, ३ मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
राष्ट्रिय जनमुक्ति पार्टीले नवलपरासी क्षेत्र न १ रतनपुर गाविसमा वुधवार चुनवी आमसभामा जीप लिएर जाँदै गर्दा वुटुवल नारायणघट सडक खण्डमा जिप दुर्घटना भई ३ जना कार्यकर्ताको मृत्यु भएको छ भने देड दर्जन कार्यकर्ताहरु सक्‍त घाइते भएका छन्।

चुम्लुङ महासचिवसंग लिम्वुवान संगठनहरुको भेटघाट

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
२३ मार्च २००८ को वेलुका कियाचु हङकङको जनजागरण कायृक्रमको लागि हङकङ आउनु भएको अवसरमा कियाचु नेपालको महासचिव योगराज वनेम लिम्वुसंग
हङकङको लिम्वुजन्य संगठनहरु लिम्वुवान राष्ट्रिय मोर्चा र लिम्वुवान विकास परिषदको संयुक्त आयोजनामा उहा"को सम्मानमा जोर्डनस्थित चेलीवेटीमा रात्रिभोज कार्यक्रमको साथै लिम्वुवान स्वायत्तता राज्य प्राप्ति सम्वन्धमा व्यापक छलफल भएको थियो ।
महासचिवले छलफलको क्रममा नेपालमा भैरहेको आन्दोलन र लिम्वुवान स्वायत्त सवालमा नेपालमा व्यापक कार्यहरु भैरहेको वताउनु भयो । साथै लिम्वुवानको प्रतेक ९ जिल्लाहरुमा लिम्वुवान राज्यको वोर्ड राख्दै जाने निर्णय भएको वताउनु भयो । उहा"ले सवैलाई लिम्वुवानमा र्फकेर कार्य गर्न पनि आग्रह गर्नुभयो ।
लिम्वुवान विकास परिषदको अध्यक्ष प्रकाश यक्सोले ऐतिहासिक आधारमा लिम्वुवान क्षेत्रीय मोडालिटीमा निर्माण गर्न सकिने वताउनु भयो । त्यस्तै लामो समयदेखि लिम्वुवानको आवाज वोकेर हिड्नु हुने वीर नेम्वाङ पनि पानथर क्षेत्र नं. २ वाट उमेरद्वार हुनु भएकोमा उहा"लाई सवैले मतदान गर्नु र्सार्थकता रहने वताउनुभयो ।
जनजाति महासंघको अध्यक्ष भुपेन्द्र चेम्जोङले जातीय स्वायत्त चीनमा जनसंख्या
थोरै भएपनि आदिवासीको नाममा स्वायत्त राज्य भएको र नेपालमा पनि सम्भव हुने कुरा वताउनुभयो । अमन सोदेम्वा लिम्वुले रेकर्ड अनुसार मेचे, कोचे, राजवंशीको राज्य तथा आदिवासीको हैसियत आसामर् इण्डियामा भएको, लेप्चाहरुको सिक्किममा भएको, मधेसीहरुको मध्यदेश तथा विहार इण्डियामा भएको वताउनुभयो ।
सञ्चालनको क्रममा लिरामो महासचिव अविचन्द्र इङनामले लिम्वुवान आन्दोलनलाई सवै मिलेर उत्कर्षा पुर्याउनु पर्ने आग्रह गर्नुभयो ।
वोल्ने क्रममा लिरामोको अध्यक्ष दिल पालुङवा लिम्वुले अहिले लिम्वुवान आन्दोलनको क्रममा लिम्वुवानमा धेरै संगठनहरु भएतापनि सवैको एउटै उद्धेश्य लिम्वुवान राज्य प्राप्ति भएकोले सवै एकै ठाउ भएर अर्थात लिम्वुवान सञ्जालमा आवद्ध भएर लाग्नुपर्ने वताउनु भयो । उहाले लिम्वुवान संगठनहरु र सरकार विच भएको सम्झौतालाई लिरामोको आलोचनात्मक र्समर्थन रहेको र अव हुने संविधानको चुनावमा अवरोध नगर्ने र संविधानसभाले लिम्वुवान राज्य ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदान गर्ने कुरामा विश्वास गर्नुभयो । यदि सरकारले धोका दिएमा आफनो आन्दोलन जारी राख्दै अवस्था हेरि आन्दोलनको रणनितीहरु तय गर्दै जाने जानकारी गराउनुको साथै सवैलाई अहिलेदेखिनै संवेदनशील भएर लागिरहन आग्रह गर्नुभयो । त्यस्तै लिम्वुवान आन्दोलनको क्रममा कसैले दार्जिलिङको सुवास घिसिङ जस्तो नहुन चेतावनी दिनुभयो ।
वोल्ने क्रम गणेश इजम, नवराज काम्वाङ, हस्त मास्वा, नरकुमारी लिम्वु आदिले पनि गर्नुभएको थियो ।