News

Sep 21, 2009

पूर्वी पश्चिम जर्मनीको र एकीकरणले जर्मनीहरु असन्तुष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन् १९८९ मा बर्लिनको पर्खाल ढालिएछि पूर्वी पश्चिम जर्मनीको र एकीकरण भयो । बर्लिनको पर्खाल ढलेको बीस वर्ष पुगेको अवसरमा गरिएको एक सर्वेक्षणमा भने सातजना जर्मन नागरिकमध्ये एकजना बर्लिनको पर्खाल ढाल्नु हुँदैनथ्यो भन्ने मान्यता राख्ने गरेको पाइयो । अर्थात्, केही मानिसलाई जर्मनी एकीकरण भएको चित्त बुझेको रहेनछ ।फोसा इन्स्टिच्युटले गरेको सर्वक्षेणमा आठ करोड जर्मनमा १५ प्रतिशतले एकीकरणपूर्वका दुई जर्मनी नै ठीक भएको विचार व्यक्त गरेका थिए । बर्लिन पर्खालका पक्षमा १६ प्रतिशत पश्चिम जर्मनीका र १० प्रतिशत पूर्वी जर्मनीका नागरिक उभिएका छन् ।सर्वेक्षणमा पश्चिम जर्मनीका अधिकांश नागरिकलाई पूर्व साम्यवादी मुलुक पूर्वी जर्मनीको पुनर्निर्माणमा विगत २० वर्षमा एक हजार सात सय ६२ खरब डलर खर्च भएको चित्त नबुझेको पाइएको छ । उता, पूर्वी जर्मनहरू भने पश्चिमका जर्मनसरह आफ्नो आम्दानी र जीवनस्तर नभएकामा असन्तुष्ट छन् ।

Sep 19, 2009

सिनेमाकी नायिका नम्रता श्रेष्ठको अश्लील भिडियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३ असोज नेपाली सिनेमाकी चल्तीकी नायिका नम्रता श्रेष्ठ अश्लील भिडियोको विवादमा फसेकी छिन् । म्युजिक भिडियोकी महँगी र सिनेमाकी 'चुजी' नायिका नम्रताको 'मेरो एउटा साथी छ' काठमाडौंका हलहरूमा प्रदर्शन भइरहेको छ । (डिजे तान्त्रिक) ले सहवास गरेको लाइभ दृश्य भन्दै मोबाइल-मोबाइलमा भिडियो फरवार्ड भइरहेको छ । नम्रता र डिजे तान्त्रिक प्रेमी-प्रेमिका भएको र आफैले हेर्न मोबाइलबाट यस्तो दृश्य खिचेको चर्चा छ । भिडियो बजारमा आएपछि हंगामा भएको छ । ६ मिनेटको भिडियोमा देखिने युवतीले बाउलामा सेता धर्का भएको रातो ट्रयाक लगाएकी छिन्, तल केही पनि लगाएकी छैनन् । युवकले त तलमाथि केही पनि लगाएका छैनन् । युवा-युवती सहवासमा लिप्त छन्, वेला-वेला मोबाइलतर्फ पनि हेर्छन्, 'ब्याकग्राउन्ड'मा वेला-वेला संगीत पनि सुनिन्छ । संगीतसँगै दुवैजनाले पालै-पालो मुख-मैथुन गरेका छन् । क्यामेराले दुवैजनाको यौनांग जुम पनि गरेको छ । भिडियो हेर्दा सहवास मात्र होइन, 'सुटिङ' पनि सहमतिमा भएको स्पष्ट बुझिन्छ । उनीहरू दुवै मदिराले मातेकाजस्ता देखिन्छन् । स्रोतका अनुसार यो भिडियोले केही महिना पहिले नै बबण्डर मच्चाइसकेको थियो । डिजे तान्त्रिककी श्रीमतीले उजुरी गरेपछि माइती नेपालका अधिकारीहरूले नम्रता र तान्त्रिकलाई कार्यालयमै बोलाएर माफी माग्न लगाएको स्रोतको दाबी छ । दुवैजनाले यस्तो क्रियाकलाप आइन्दा नगर्ने कसम खाएको चर्चासँगै पुरानो भिडियो सार्वजनिक भएको छ । सो भिडियोमा देखिने युवाका रूपमा चर्चामा आएका डिजे तान्त्रिकसँग सम्पर्क हुन सकेन । नायिका नम्रताले भने सो भिडियो आफ्नो हो वा होइन भन्नेबारे केही बोलेकी छैनन् ।

मधेसवादी दलहरूले उपराज्य सहितको मधेस प्रदेशको अवधारणा अघि सारे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ४ - 'समग्र मधेस एक प्रदेश' को चौतर्फी विरोध भएपछि मधेसवादी दलहरूले उपराज्य सहितको मधेस प्रदेशको अवधारणा अघि सारेका छन् । तर मधेस प्रदेशभित्र कस्तो र कति उपराज्य हुनेबारे स्पष्ट हुन सकेका छैनन् । मधेसी जनअधिकार फोरम- बाहेक फोरम (लोकतान्त्रिक), सद्भावनालगायतका दलले उपराज्यसहितको मधेस प्रदेशको अवधारणा संविधानसभाको राज्य पुनर्संरचना समितिमा प्रस्तुत गरेका छन् । फोरमले स्थानीय स्वायत्त इलाकालाई उपराज्यमा विकसित गर्दै लैजाने बताए पनि स्पष्ट खाका तय गरिसकेको छैन ।तमलोपाले भने आठबुँदे सम्झौताअनुरूप 'उपराज्यसहितको स्वायत्त मधेस प्रदेश' मागेको जनाए पनि उपराज्यबारे निष्कर्षमा पुगी नसकेको बताएको छ ।'हामीले भाषाका आधारमा पाँच उपराज्य हुनुपर्ने सुझाव दिएका छौं,' सद्भावना अध्यक्ष राजेन्द्र महतोले भने, 'तर सबैलाई सर्वमान्य हुने गरी हामी एउटा निचोडमा पुग्छौं ।' मधेसवादी दलहरूले उठाउँदै आएको एक मधेस एक प्रदेशको नारा अमान्य हुने जनाउँदै पश्चिम र पूर्वका थारूहरूले पटकपटक आन्दोलन गरिसकेकाले यो विवादित भएको हो । 'क्षेत्रीयताका आधारमा प्रदेश निर्माण गर्न समिति सहमत भएको छ,' फोरमका सहअध्यक्ष जयप्रकाश गुप्ताले भने, 'हामीले त्यही आधारमा समग्र मधेस एक प्रदेशको अवधारणलाई अघि सारेका हौं ।'स्थानीयस्तरमा रहेको जनघनत्व, भाषा, भौगोलिक सुगमता आधारमा स्थानीय स्वायत्त इलाकाहरू बनाउन सकिने र तिनलाई पछि उपराज्यको संज्ञा दिँदा हुने उनले बताए । 'हामीले ५२ पृष्ठ लामो अवधारणा समितिमा बुझाइसकेका छौं,' उनले भने । भौगोलिक सुगमता, भाषा र संस्कृति, जनघनत्व र प्राकृतिक स्रोतसाधनको अवस्था, सामाजिक, आर्थिक अवस्थालगायत आधारमा प्रदेशहरू छुट्याइनुपर्ने फोरमको सुझाव छ । त्यसमा उपराज्यबारे स्पष्ट उल्लेख छैन । फोरम (लोकतान्त्रिक) ले समेत त्यसको स्पष्ट खाका तय गरिसकेको छैन । फोरम (लोकतान्त्रिक) का सर्वदेव ओझाले समितिमा हालै मात्र व्यक्तिगत रूपमा ५ उपराज्य सहितको समग्र मधेस एक प्रदेश हुनुपर्ने सुझाव दिएका छन् । पार्टीले सभासद रामजनम चौधरीलाई त्यसको औपचारिक जिम्मा दिएको छ ।'जनमत संकलनपछि राज्य पुनर्संरचना समितिले तयार पारेको अवधारणामै हामीले असहमति जनाइसकेका छौं,' तमलोपाका नेता महेन्द्र यादवले भने, हामी पनि उपराज्यबारे सोचिरहेका छौं । तर पार्टीले कुनै निष्कर्ष निकाल्न सकेको छैन ।'

यौनक्रीडा गर्ने प्रयास गरेकोमा कोर्रा हान्ने आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
क्वालालम्पुर/ यहाँको एक इस्लामिक अदालतले बिहे नगरिसकेका एक जोडीलाई कारमा बसेर यौनक्रीडा गर्ने प्रयास गरेकोमा कोर्रा हान्ने आदेश दिएको छ । एक कानुन व्यवसायीले सो कुरा बताएका हुन् ।
एक उदारवादी मुसलमान बहुल देशको रूपमा लिने गरिएको देश मलेसियामा केही समययता मद्यपान गरेकोमा कोर्रा हान्ने अदालती आदेशले विश्वव्यापी चर्चा पाएको थियो । कोर्रा खाने सजाय पाएकी अभियुक्तमा एकजना महिला थिइन् र उनले बियर पिएकोमा उक्त कठोर सजाय सुनाइए तापनि विवादका कारण मुलुकको छवि बिग्रने डरले सरकारले सो सजाय कार्यान्वयन गर्न सकेको थिएन । अहिलेको मुद्दामा केन्द्रीय सेलांगर राज्यको सरियत उच्च अदालतले कारमा बसेर यौनकर्म गर्न प्रयास गरेको अभियोगमा साविती बयान दिएका एक प्रेमीजोडीलाई ६ कोर्रा हान्ने फैसला सुनाएको हो । गत मे महिनामा २९ वर्षे मोहम्मद साहरिन अबदुल मजिद तथा २४ वर्षे नादिया नजात हुसिनलाई कट्टु मात्र लगाएर अफिस पार्किङमा राखिएको कारभित्र यौनकर्म गर्न लाग्दा पक्राउ गरिएको बताइएको छ । उनीहरूले चाँडै नै बिहे गर्ने योजना बनाइसकेकाले सो सजाय नदिन उनीहरूले पुनरावेदन दिँदै छन् । तर, अदालतले तोकेको प्रतिव्यक्ति पाँच हजार रिंगिट जरिवाना भने तिरिसकेका छन् । सरकारी वकिलका अनुसार अभियोग प्रमाणित भएमा उनीहरूलाई तीन वर्षसम्मको जेलसजाय हुन सक्छ । यो सरियत कानुन मुसलमानका लागि लागू हुन्छ । मलेसियाको दुई करोड ८० लाख जनसंख्याको ६० प्रतिशत मुसलमान छन् । चिनियाँ र भारतीय मूलका तथा अन्य अल्पसंख्यकलाई भने यो कानुन लागू हुदैन ।

सत्ताको नेतृत्व नपाए जनबिद्रोह गर्ने चेतावनी माओवादीको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तिहारपछि अन्तिम आन्दोलन गर्र्छौं, त्यो आन्दोलन नेपालको इतिहासमै महान् जनबिद्रोह हुनेछ। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिहारपछि सत्ताको नेतृत्व नपाए जनबिद्रोह गर्ने चेतावनी दिनुभएको छ। चितवनको नारायणगढमा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो। ‘अहिलेको सरकारले राजीनामा दिएर शान्ति प्रक्रिया र संविधान निर्माणको नेतृत्व गर्ने जिम्मा हामीलाई नसुम्पिए तिहारपछि अन्तिम आन्दोलन गर्र्छौं, त्यो आन्दोलन नेपालको इतिहासमै महान् जनबिद्रोह हुनेछ’ -प्रचण्डको भनाइ थियो। तिहारअघि नै सहमतिको राष्ट्रिय सरकार बन्नुपर्ने र संविधानसभामा सबैभन्दा ठूलो दलको हैसियतले त्यसको नेतृत्व एकीकृत नेकपा माओवादीले पाउनुपर्ने उहाँको तर्क थियो। मुख्य सत्ताधारी दलहरू नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूतर्फलक्षित गर्दै प्रचण्डले भन्नुभयो- ‘दशैं र तिहारको बीचमा जनताको आदेशअनुसार सहमतिमा आउन आग्रह गर्छु। दबाएर खान्छु भन्ने ठान्नुभएको छ भने तपाईंहरूको हालत ज्ञानेन्द्रको भन्दा बेहाल हुनेछ। पार्टीले सत्ता नपाए तिहारपछि जनव्रि्रोहका लागि तयार रहन उहाँले कार्यकर्ताहरूलाई निर्देशन पनि दिनुभयो। आफ्नो गृहजिल्लासमेत रहेको चितवनका कार्यकर्ताहरूलाई हौस्याउँदै अध्यक्ष प्रचण्डले व्रि्रोहको नेतृत्व चितवनवासीले गर्नुपर्ने बताउनुभयो। उहाँ आफ्नो पार्टीद्वारा घोषित ‘जनआन्दोलन’ अन्तर्गत देशव्यापी जनसभाको क्रममा अन्तिम सभालाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। पूर्ववर्ती सरकारका प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले नेपाली सेना र नेपाल प्रहरीमा आफ्ना मान्छे छन् भनी विवाद उठ्न सक्ने अभिव्यक्ति दिनुभयो। ‘सेना र प्रहरीमा हामै्र मान्छे छन्, कांग्रेस र एमालेले त्यहाँ आफ्ना मान्छे देख्नु उनीहरूको दिवास्वप्न मात्र हो’ -उहाँले भन्नुभयो। जनसभाअघि अध्यक्ष प्रचण्ड, उपाध्यक्ष डा. बाबुराम भट्टिराईलगायतका वरिष्ठ माओवादी नेताहरूले चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजन शिविरमा माओवादी लडाकूका सातवटै डिभिजनका कमाण्डरहरूलाई प्रशिक्षण दिनुभएको थियो।

राष्ट्रपतिको कार्यक्रमको समाचार संकलन गर्न प्रतिबन्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवको औपचारिक कार्यक्रमको समाचार संकलन गर्न पत्रकारलाई प्रतिबन्ध लगाइएको छ।आयोजकको निम्तोमा गएका पत्रकारहरूले राष्ट्रपति डा. रामवरण यादवले बोल्नुभएको समाचार संकलन गर्न थालेपछि सुरक्षाकर्मीले कार्यक्रमस्थलमा बस्न दिएनन्। नेपाल मार्च फर एजुकेसनले शुक्रबार राष्ट्रपति भवनमा आयोजना गरेको कार्यक्रममा पुगेका पत्रकारलाई राष्ट्रपति डा. रामवरण यादवको भनाइ टिपोट गर्न थालेपछि राष्ट्रपतिले बोल्नुभएको विषयको समाचार संकलन गर्नु हुँदैन भनी बाहिर निकालिएको थियो।‘उहाँले अनौपचारिक रूपमा बोल्न लाग्नुभएको छ, उहाँको भाषण सुनेर मिडियाले हल्ला फिजाउँछन्’ भन्दै सुरक्षाकर्मीले पत्रकारलाई निकालेका थिए। सो कार्यक्रममा अन्य वक्ताले बोलेका विषयमा भने रिपोर्टिङ गर्न दिइएको थियो।राष्ट्रपति डा. यादवले बोल्दै गर्दा बाहिर निकालिएका टेलिभिजन, एफएम र छापामाध्यमका पत्रकारलाई राष्ट्रपतिको आवाजसमेत सुन्न नसकिने गरी तल पुर्याइएको थियो। हामी बाहिरपट्टि पनि बस्न नहुने भनी सुरक्षाकर्मीसँग पत्रकारले सोध्दा मिडियाले थुप्रै हल्ला फैलाउँछन् भन्दै बलजफ्ती कार्यक्रमस्थलबाट निकालिएको थियो।यस विषयमा राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालसँग जिज्ञासा राख्दा उहाँले त्यस घटनाबाट आफू अचम्मित भएको बताउनुभयो। ‘यस्तो त कहिल्यै हुँदैनथ्यो’, उहाँले भन्नुभयो- ‘यस विषयमा जानकारी लिउँला।’ दाहालले राजनीतिक र विदेशी कूटनीतिज्ञसँगको भेटघाटमा मात्र यस्तो गर्ने गरिएको जानकारी दिँदै सुरक्षाकर्मीबाट गल्ती भएको हुन सक्ने बताउनुभयो। पत्रकारलाई समाचार संकलन गर्न नदिने नीति नै नभएको स्पष्ट पार्दै यस विषयमा आज शनिबार जानकारी लिइने उहाँले बताउनुभयो।यस विषयमा नेपाली सेनाका प्रवक्ता रमीन्द्र क्षत्रीले सुरक्षाकर्मीले राष्ट्रपति कार्यालयको नियमअनुसार पत्रकारलाई शिष्टतापूर्वक कार्यक्रमबाट बाहिरिन आग्रह गरेको बताउनुभयो।आयोजक संस्था मार्च फर एजुकेसनले राष्ट्रपति कार्यालयको मूलगेटमा पेस गरेको सूचीका आधारमा पत्रकारहरूलाई कार्यक्रमस्थल भित्र लगिएको थियो। तर आयोजकले पत्रकारलाई बाहिर निकाल्दा कुनै प्रतिक्रिया जनाएनन्।शिक्षालाई मौलिक अधिकारका रूपमा प्रतिस्थापन गर्नुपर्ने माग गर्दै मार्च फर एजुकेसनले विश्व साक्षरता दिवसको अवसरमा शिक्षाका लागि नेपाल यात्रा आरम्भ गरेको थियो। भदौ २३ गते महेन्द्रनगरबाट आयोजना गरिएको दशदिने यात्रा बिहीबार टुंगिएको थियो।यात्रामा भएका विषयवस्तुलाई ज्ञापनपत्रका रूपमा मार्च फर एजुकेसनले शुक्रबार राष्ट्रपति डा. यादवलाई बुझाएको थियो। १ सय ५० सहयात्री समूहका १ लाख विद्यार्थी, नागरिक समाज र शिक्षण संस्थाले १ हजार ५ सय किमि दूरी पार गरी सुझाव र समस्या संकलन गरेका थिए।

माओवादीलाई आन्दोलन रोक्न का‌ग्रेसको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २ नेपाली कांग्रेसले माओवादीले जारी राखेको सडक र सदन आन्दोलनलाई फिर्ता लिन आग्रह गरेको छ। शुक्रवार वसको कांग्रेस केन्द्रीय कार्यसमितिको वैठकले माओवादीले संसद अवरोध गर्दा वजेट अधिवेशन अन्त्य गर्न अवरोध पुग्नुका साथै संविधाननिर्माणमा समेत नकरात्मक असर पुगेको भन्दै माओवादीलाई यस्तो आग्रह गरेको हो। वैकठमा कार्यवहाक सभापति शुसिल कोइरालाले पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले महासमिति र महाधिवेशन एउटै वर्ष गर्न नसकिने भन्दै महासमितिको वैठक रद्ध गर्न आग्रह गरेको जानकारी गराएका थिए। केन्द्रीय सदस्यहरुले त्यसको विषयमा छलफल गनुपर्ने बताएपछि शनीवार बस्ने केन्द्रीय समितिको वैठकले त्यसको अन्तिम टुंगो लगाईने बताइएको छ। 'महासमिति वैठक रद्द गर्ने/नगर्ने विषयमा शनीवारको वैठकमा छलफल हुन्छ', महामन्त्री निधिले भने।
आन्दोलनका नाममा विभिन्न क्षेत्रमा कांग्रेस कार्यकर्ताका साथै अन्य जनताहरुमाथि माओवादीले सांघाति आक्रमण गर्दै आएको भन्दै त्यसलाई तत्काल रोक्न माओवादी आग्रह गरेको छ। 'माओवादीले नेता/तथा कार्यकर्ता तथा जनताहरुमाथि सांघातिक आक्रमण गर्ने क्रियाकलाप जारी राखेकोले त्यसलाई तत्काल रोक्न माओवादीलाई आग्रह गर्ने निर्णय वैठकले गरेको छ' महामन्त्री विमलेन्द्र निधिले नागरिकसँग भने।
वैठकले सबै राजनीतिक दलहरु मिलेर शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु पर्ने भएकोले त्यसको पहल गर्न सरकारलाई आग्रह गरेको छ।मुलुकमा देखिएको शान्ति सुरक्षाको नाजुक अवस्थाका विषयमा कांग्रेस केन्द्रीय सदस्यहरुले गम्भीर ध्यानाकर्षण भएको बताएका थिए। वैठकले शान्ति सुरक्षाको अवस्थामा सुधार गर्न सरकारसाग माग समेत गरेको छ।बिहीबारको वैकठमा सरकारमा सहभागी मन्त्रीहरु उपस्थित नभएको भन्दै चर्को विरोध भएपछि शुक्रबारको वैठकमा सबैजसो मन्त्रीहरु सहभागी थिए। मन्त्रीहरुले आफ्नो कार्यशैलीका विषयमा सुधार गर्नुपर्ने भए केन्द्रीय समितिको सुझावको पालना गर्ने जवाफ वैठकमा दिएका थिए।उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठित राज्य पुर्न संरचना तथा शक्तिको वाडफाड समितिको प्रतिवेदनमा समान्य छलफल भएको थियो। त्यसको बारेमा थप छलफल आर्को वैठकमा हुने बताएको छ। केन्द्रीय समितिले संयोजक श्रेष्ठलाई प्रतिवेदन वुझाएकोमा धन्यवाद दिदै समितिवाट बिदा समेत दिएको छ।