News

Jan 1, 2010

स्थानीय निकायको पुनर्संरचनाबारे सुझाव तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मध्यपुर, ठिमी,संघीयतामा आधारित नेपालको संरचना तयार गर्दा स्थानीय निकायलाई दिइनुपर्ने स्वशासनको अधिकार साथै स्थानीय निकायको पुनर्संरचनाको विषयमा लामो बहस र छलफल चलाई प्राप्त भएका सुझाव समेटेर तयार पारिएको प्रतिवेदन काठमाडौं स्कुल अफ लले बिहीबार र्सार्वजनिक गरेको छ।स्थानीय निकायको पुनर्संरचना कसरी गर्ने भन्ने कुराहरू समेटी तयार गरिएको संघीयताको सर्न्दर्भमा स्थानीय निकायको पुनर्संरचना विषयक पुस्तिका बिहीबार कलेज हाता दधिकोटमा कलेजका कार्यक्रम संयोजक प्रदीप पाठकले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नुभयो।नेपालका १० जिल्लामा छलफल चलाई आमजनताको रायसुझावसमेत समेटेर तयार पारिएको प्रतिवेदन भावी बन्ने संविधानमा समावेश गर्न आग्रह गर्दै कलेजले बिहीबार नै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्रस्वरूप बुझाएको छ।काठमाडौं स्कुल अफ लका प्राध्यापक, स्थानीय निकायसम्बन्धी विज्ञ र अध्ययनरत विद्यार्थीले संयुक्त रूपमा तयार पारेको स्थानीय निकायको अधिकार सिमाङ्कन र शासकीय स्वरूपसमेत समावेश गरिएको कार्यक्रम संयोजक प्रदीप पाठकले जानकारी दिनुभयो।साथै प्रतिवेदनमा संघीय नेपालमा केन्द्र सरकार, प्रान्तीय सरकार र स्थानीय निकायबीचको समन्वय विधि र अधिकार के के हुने भन्ने विषय समेटिएको जानकारी दिइएको छ। काठमाडौं स्कुल अफ ल का प्रमुख डा. युवराज संग्रौलाको नेतृत्वमा काठमाडौं माइतीघर मण्डलाबाट प्रभातफेरीसहित गएको टोलीले संविधानसभा अध्यक्ष नेम्वाङलाई शुझावपत्र पेस गरेको थियो।

आदिवासी/जनजाति बृहत मोर्चा नेपालको प्रेस विज्ञप्ती

आदिवासी/जनजाति बृहत मोर्चा नेपालले मंसिर ११ गते संविधानसभाको अध्यक्ष र मंसिर १२ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर मंसिर १९ गते भित्रमा संविधानसभामा स्वतन्त्र पूर्व जानकार माजुरीको संयन्त्र निर्माण गर्न र महासन्धि नं. १६९ कार्यान्वयन गर्न सरकारका विज्ञहरुको टोलीले तयार गरेर बुझाएको राष्ट्रिय कार्ययोजना लागू गर्नका लागि ज्ञापनपत्रहरु बुझाएको संविधानमा आदिवासी/जनजातिको आत्मनिर्णयको अधिकार सामुहिक अधिकार ऐतिहासिक पृष्ठभूमि र पुख्र्यौली भूमिको पहिचानसहितको जातीय स्वायत्तता र स्वशासनलगायतका अधिकारहरु संविधानसभा विषयगत समितिको मस्यौदा संविधान सुनिश्चित गर्नसमेत माग राखेका थियौं । राज्यबाट हाम्रा जायज र न्यायोचित मागको कुनै सुनुवाई नभएको हुनाले आन्दोलनको पहिलो चरणको कार्यक्रम मंसिर २१ देखी पौष १७ गते सम्म घोषणा भए अनुसार पौष १६ गते विहीवार साँझ ५ वजे शान्तिबाटिकामा मसाल जुलुस निकाल्ने र पौष १७ गते नेपाल बन्दको घोषणा गरेका छौं ।
मसाल जुलुस रत्नपार्कस्थित् शान्तिबाटिकाबाट शुरु भई वागवजार र भृकुटिमण्डप चोकमा पुगेर समापन हुनेछ । आदिवासी/जनजाति बृहत मोर्चा नेपालले नेपाल अधिराज्यका १०५ भन्दाबढी संघसंस्थाहरुको संयुक्त मोर्चा हो । यसले लोकतान्त्रिक गणतन्त्र संघीयता आत्मनिर्णयको अधिकार जातीय स्वयत्तता र स्वशासन राजनीतिक अग्रधिकार धर्मनिरपेक्षता राज्यका सम्पुर्ण अंगहरुमा आदिवासी/जनजातिहरुको समानुपातिक प्रतिनिधित्व, आदिवासी/जनजातिहरुको पहिचान, आदिवासीहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणपत्र, अन्तराष्ट्रिय श्रमसंगठन महासन्धी नं १६९ को कार्यान्वयन र आदिवासी/जनजातिहरुको हक-अधिकारहरुलाई नेपालको नयाँ संविधानमा सुनिश्चितता गराउनको लागि संविधानसभामा आदिवासीहरुको मुद्दालाई हेर्ने छुट्टै संयन्त्र तुरुन्त निर्माण गरिनुपर्ने माग राखेको छ । राज्य पक्षबाट आदिवासी÷जनजातिमाथि भएको सदियौदेखि हुदै आएको दमनको घोर भत्सर्ना गर्दछौं, आउने दिनहरुमा आदिवासी जनजातिको मानव अधिकारको सम्मान गर्नका लागि राज्यलाई आग्रह गर्दछौं र आदिवासीहरुको हकअधिकार संविधानमा लेखाउन दवावस्वरुप गरेको नेपालबन्दले सर्वसाधरणमा पर्न गएको असुविधाको लागि हामी क्षमाप्राथी छौ । साथै, नेपालबन्द सफल पार्न सहयोग पुर् याईदिनहुन सबैमा अनुरोध गर्दछौं ।
पौष १७ गते शुक्रवार सम्पूर्ण यातायात वजार औषधी पसलबाहेक कलकारखाना शैक्षिक संस्थान आदि बन्द हुनेछन् । भने बन्दका दिन एम्वुलेन्स मानवधिकारकर्मी पत्रकार रेडक्रस र कुटनैतिक नियोगका सवारी साधनहरुको आवगमनमा रोक लगाईने छ्रैन ।
...............................
सुरेश आले मगर (९८४१५२५८४५)
कार्यवाहक सचिवआदिवासी/जनजाति बृहत मोर्चा नेपाल
पौष १६ शुक्रवार २०६६
सम्पर्कको लगि
दिनेश घले ९८४१५०६०३७, रविन्द्र थिङ ९७४१०१००८६, नरेश ताम्राकार ९८४१५९३५७७

आदिवासी/जनजातिको बन्द कार्यक्रम ४ बजेपछि सकियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस १७ ,आदिवासी/जनजाति वृहत् मोर्चाको आह्वानमा भएको आजको नेपाल बन्द अपराह्न ४ बजेपछि सकिएको छ। 'चार बजेपछि हाम्रो कार्यक्रम सकियो,' आयोजक मोर्चाका सदस्य दिनेश घलेले बताए।बन्दको कार्यक्रम सकिएपछि राजधानी काठमाडौँमा सवारी साधन चल्न थालेको छ। आदिवासी/जनजाति बृहत मोर्चा नेपालले संविधानसभामा स्वतन्त्र, पुर्व जानकार मञ्जुरीको संयन्त्र निर्माण गरी सयुक्त राष्ट्र संघीय महासन्धी १ सय ६९ कार्यान्वयन गर्न माग गर्दै शुक्रबार नेपाल बन्दको आह्वान गरेको थियो।नयाँ संविधानमा आदिवासी/जनजातिको आत्म निर्णयको अधिकार, सामूहिक अधिकार, ऐतिहापसिक पृष्ठभुमि र पुख्यौली भूमिको पहिचानसहितको जातीय स्वायत्तता लगायतका विषयहरु पुस १९ गतेभित्र संविधानको मस्यौदामा समावेश गर्न माग राख्दै मोर्चाले विगत एक महिनादेखि आन्दोलन जारी राखेको छ।शुक्रबारको बन्दका क्रममा औषधि पसल, प्रेस, मानवअधिकारकर्मी, रेडक्रस र कुटनीतिक नियोगका सवारी साधनको आवगमनमा कुनै रोक अवरोध नगरिने बिहीबार विज्ञप्ति जारी गरी मोर्चाले जनाएको थियो।

आकस्मिक सेवा नै बन्द गराएर डाक्टरहरु आन्दोलनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०१ जनवरी,२००९,पेसागत सुबिधाको माग राख्दै वीर अस्पताल सम्बद्ध चिकित्सा विज्ञान राष्ट्रिय अध्ययन प्रतिष्ठान आवासीय चिकीत्सकहरुले आजदेखि आकस्मीक सेवा पूर्णरुपमा बन्द गराएका छन् ।चिकित्सकहरुको आन्दोलनका कारण राजधानीबाहिरबाट काठमाडौं आएका बिरामीहरु मर्कामा परेका छन् । आवासीय चिकीत्सकहरुले गत ८ दिनदेखि ओपीडी सेवा बहीस्कार गर्दे आएका थिए । सरकारले आफुहरुको मागप्रति वेवास्ता गरेको भन्दै उनीहरुले आजदेखि आकस्मिक सेवा समेत बन्द गरी आन्दोलनमा उत्रन बाध्य भएको बताएका छन् । रेसीडेन्ट एसोसीएसन अफ नाम्सका महासचीव अरवीन्द जोशीले सरकारले माग पूरा गर्ने प्रतिबद्धता नजनाए आन्दोलन नरोकिने बताए । गत भदौमा आन्दोलनरत चिकित्सक र व्यवस्थापन पक्ष विच तलब भत्ता वृद्धि गर्ने रातीको समयमा ड्युटी गर्ने चिकित्सकका लागि क्याबिनको व्यवस्था गर्ने लगायतका ९ बुदै सहमति भएको थियो । वीर अस्पतालमा २ सय बढी आवासीय चिकीत्सक रहेका छन् ।

श्रेया पौडेल यस वर्षकी रिपब्लिका मिस टिन २००९

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस १७,नेसनल कलेजकी श्रेया पौडेल यस वर्षकी रिपब्लिका मिस टिन २००९ भएकी छिन्। गत वर्षकी विजेता अनामिका गुरूङले उनलाई मिस टिनको ताज पहिराएकी थिइन्। श्रेया सातौँ मिस टिन हुन्।‘एक महिनाको प्रशिक्षण फलदायी नै भयो,' उपाधि जितेलगत्तै उनले नागरिकसित प्रतिक्रिया दिँदै भनिन्, ‘अब युवा सहकार्यमा सामाजिक विकासमा लाग्ने विचार छ।' यस वर्षको फस्ट रनर अप मोनिका केसी र सेकेन्ड रनर अप इभिता ताम्राकार भएका छन्। इभिताले बेस्ट ड्रेसको अवार्ड पनि हात पारिन्। मिस फोटोजेनिकमा सविना पोखरेल, पर्सन्यालिटीमा मोलिका रिमाल, पपुलरमा जिस्मा प्रधान, फेन्डसिपमा अनु रेग्मी र ट्यालेन्टमा आसिका दाहाल उत्कृष्ट घोषित भए। काठमाडौं जेसिसले आयोजना गरेको उक्त कार्यक्रममा २४ जनाले प्रतिस्पर्धा गरेका थिए। दिवाकर राजकर्णिकर, विनयमान श्रेष्ठ, जेनिसा मोक्तान, सञ्जय अधिकारी, समिर थापा र सन्तोष शाह प्रतियोगिताका निर्णायक थिए।

माओवादी सेनालाई दश लाख दिन सुझाब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०१ जनवरी,२००९,नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशिल कोइरालाले माओवादी लडाकुलाई सेनामा समायोजन गर्दा द्वन्द हुने र त्यसबाट गृहयुद्ध हुने खतरा रहेकाले सरकारले दश लाख दिएर शिविर बाहिर राख्नुपर्ने बताउनु भएको छ। उहाले कुनै हालतमा पनि नेपाली सेनामा समायोजन गर्न नहुने समेत बताउनु भयो ।राष्ट्रिय मेलमिलाप दिवसको अबसरमा उहाले सिन्धुलीमाढी आज प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा माओवादी सेनालाइ सरकारले ५र१० लाख दिएर शिविर बाहिर राख्नुपर्ने वा रोजगारीका लागि विदेश पठाउनपर्ने धारणा व्यक्त गरे ।माओवादी लडाकुको व्यवस्थापन नभएसम्म नयाँ संविधान जारी नहुने ठोकुवा गर्दै उहाले अहिलेकै अवस्थामा संविधान जारी गर्दा पछि हुने चुनावमा फेरी लडाकुहरु हतियार सहित बाहिर आउने खतरा रहेको बताए ।अधिकांस समय माओवादी विरुद्ध खनियका कोइरालाले राष्ट्रपतिले कदमा नचालेको भए अन्य सबैदलहरुलाइ सखाप पार्ने र सत्ता कव्जा गर्ने योजना माओवादीको रहेको भने ।अन्तरिम संविधान र शान्ति सम्झौता माथि माओवादीले गरेको प्रहारको अन्तर्राष्ट्रिय समूदायले नजिकबाट नियालीरहेको चर्चा गर्दै कोइरालाले माओवादी आतंकले चरम सीमा नाघेको दावी आरोप लगाए ।जग्गा जमिन कव्जा,चंदा आतंक हत्या, आपहरण, कुटपिट,धम्की माओवादीले अझै नत्यागेको उहाको भनाइ थियो ।माओवादीले बन्दुक पड्कायो भनेर नेपाली कांग्रेसले तोप नपड्काउने उल्लेख गर्दै कोइरालाले कांग्रेस प्रजातन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताका लागि सधैं लड्ने दावी गरे । उनले वर्तमान सरकारलेनै संविधान जारी गर्ने भन्दै माओवादीलाई सकारमा सामेल हुन आग्रह गरेका गरे ।

Dec 31, 2009

विभिन्न स्थानमा हिमपात जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस १६ गते ,मुलुकका हिमाली र पहाडी जिल्लामा बुधबार बेलुकीबाट परेको हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातपछि बढेको चिसोले स्थानीयवासीको त्यस क्षेत्रको जनजीवन थप कष्टकर भएको कुरा हाम्रा समाचारदाताहरूले जनाएका छन् । हिमपातपछि पर्यटकीय दृष्टिले महवपूर्ण ठाउँमा भने खुसियाली छाएको छ ।हाम्रा पशुपतिनगर समाचारदाताका अनुसार हिमपातका कारण इलामको सन्तपुर, कालपोखरी, जौवारी, मेघमा, तुम्लिङमा चिसो बढेका कारण जनजीवन कष्टकर बनेको छ । लामो समयसम्म पानी नपर्दा सुक्न लागेको आलु, फापरलगायतका अन्नबालीमा हिमपातले राम्रो गराएको किसानहरूले बताएका छन् ।सन्तपुरमा हिमपात सुरु भएपछि हिउँ खेल्नका लागि भारत र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ । पर्यटकहरू हिउँ खेल्नका लागि यो मौसममा सन्तपुर आउने गरेकाले स्थानीय होटल तथा पर्यटन व्यवसायीहरूसमेत उत्साहित भएका छन् ।