News

Jan 1, 2010

माओवादी सेनालाई दश लाख दिन सुझाब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०१ जनवरी,२००९,नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशिल कोइरालाले माओवादी लडाकुलाई सेनामा समायोजन गर्दा द्वन्द हुने र त्यसबाट गृहयुद्ध हुने खतरा रहेकाले सरकारले दश लाख दिएर शिविर बाहिर राख्नुपर्ने बताउनु भएको छ। उहाले कुनै हालतमा पनि नेपाली सेनामा समायोजन गर्न नहुने समेत बताउनु भयो ।राष्ट्रिय मेलमिलाप दिवसको अबसरमा उहाले सिन्धुलीमाढी आज प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा माओवादी सेनालाइ सरकारले ५र१० लाख दिएर शिविर बाहिर राख्नुपर्ने वा रोजगारीका लागि विदेश पठाउनपर्ने धारणा व्यक्त गरे ।माओवादी लडाकुको व्यवस्थापन नभएसम्म नयाँ संविधान जारी नहुने ठोकुवा गर्दै उहाले अहिलेकै अवस्थामा संविधान जारी गर्दा पछि हुने चुनावमा फेरी लडाकुहरु हतियार सहित बाहिर आउने खतरा रहेको बताए ।अधिकांस समय माओवादी विरुद्ध खनियका कोइरालाले राष्ट्रपतिले कदमा नचालेको भए अन्य सबैदलहरुलाइ सखाप पार्ने र सत्ता कव्जा गर्ने योजना माओवादीको रहेको भने ।अन्तरिम संविधान र शान्ति सम्झौता माथि माओवादीले गरेको प्रहारको अन्तर्राष्ट्रिय समूदायले नजिकबाट नियालीरहेको चर्चा गर्दै कोइरालाले माओवादी आतंकले चरम सीमा नाघेको दावी आरोप लगाए ।जग्गा जमिन कव्जा,चंदा आतंक हत्या, आपहरण, कुटपिट,धम्की माओवादीले अझै नत्यागेको उहाको भनाइ थियो ।माओवादीले बन्दुक पड्कायो भनेर नेपाली कांग्रेसले तोप नपड्काउने उल्लेख गर्दै कोइरालाले कांग्रेस प्रजातन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताका लागि सधैं लड्ने दावी गरे । उनले वर्तमान सरकारलेनै संविधान जारी गर्ने भन्दै माओवादीलाई सकारमा सामेल हुन आग्रह गरेका गरे ।

No comments: