News

Jul 5, 2012

प्रहरी कुटपिटको विषयले लहान बजार तनावग्रस्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
लहान असार, २१- लहान स्थित होटल विशालमा गएराती जिल्ला प्रहरी कार्यालयका घुमुवा र लहान प्रहरी कार्यालयका सदापोशाकका प्रहरी प्रवेश गरि जथाभावी कुटपिट गरेको विषयलाई लिएर लहान बजार तनावग्रस्त बनेको छ । प्रहरीको ज्यादतीको विरोधमा उत्रिएका स्थानीयवासी र व्यापारीले पूर्व पश्चिम लोकमार्गमा चक्का जाम गरेका छन् । बजारका सबै पसल बन्द छन् । जाम खुलाउन प्रहरीले बल प्रयोग गर्दा आक्रोशित स्थानीय र प्रहरीबीच झडप भएको छ । सहिद चोकमा अहिले स्थानीय र प्रहरीबीच झडप जारी छ । जिल्ला प्रहरी कार्यालयका घुमुवाहरु करिव ९:३० वजे होटलमा प्रवेश गरि म्यानेजर शुनील कुमार साह, निर्माण व्यवसायी संघका अध्यक्ष विशाल कुमार साह, उद्योग वाणिज्य संका पुर्व अध्यक्ष निरश चौधरीलाई कुटपिट गरेका थिए । म्यानेज साहका अनुसार, सादा पोशाकका सात आठ जना नकावधारी होटलमा प्रवेश गरि रुम सर्च गर्छु भनेपछि उनको परिचय मागे। ‘तपाई को हो चिनिन् भन्दा गाली गर्दै कुट्न थाले,' उनले भने, ‘हरेकसँग पेस्तोल थियो। पहिला त गुण्डा पो हो कि जस्तो लाग्यो उनले भने पछि एक जना युनिफर्मका असईलाई दखेर पुलीसहरु नै हो पक्का भयो।‘ होटलउत्तर टाँसिएकै सोनु वस्त्रालयका सञ्चालक सन्तोष साहका अनुसार, पाहुना देखि सञ्चालक सम्मलाई कुटपिट गर्दै होहल्या र गालीगलौजको आवाज सुनेर वाहिर निस्कदा सादा पोशाकका नकावधारीहरु पेस्तोल ताकेर भित्र वसछस् कि हानिदिउ भनेका थिए । पाहुना बसेका ईन्जीनियर गेहेन महर्जनले भने, ‘तल व्रस गर्दै के झरेको थिएँ लाठीले प्रहार गरिहाले। टाउकोमा प्रहार गरेको लठी रोक्न खोज्दा हात भाचियो,' उनले भने, ‘मेरो के दोष थियो कि प्रहरी जस्तो जिम्मेवार निकायका मान्छेले प्रहार गरे। रातीको घटनाले प्रहरीको रवैया पेसेवर गुण्डा जस्तो देखियो सुरक्षा दिनेले नै आक्रामण गर्न थालेपछि कसले बचाउने?' सिरहा प्रहरी प्रमुख राजेश लाला कर्णले भने अपहराधि खोज्न प्रहरी विशाल होटल गएको थियो कसैलाई कुटपिट नगरिएको दाबी गरे । ‘कसैले पनि राजमार्ग वन्द गराउन पाउदैन हामी सुरक्षाकर्मी लगाएर खोलाउँछौ,' उनले भने ।

साउदी जेलमा झन्डै चारसय नेपालीले गरे भोकहड्ताल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार २१ - साउदी अरबको दमामस्थित सफरजेलमा रहेका झन्डै चारसय नेपालीले गरेको भोकहड्ताल बुधबारसाँझदेखि तोडेका छन् । गैरकानुनी हैसियत भएका कम्तीमा ८० हजार नेपाली घरफिर्न जेल जानुपर्छ । जेलप्रशासनले आउदो साता तीनसय जनालाई स्वदेश फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि बन्दी नेपालीले भोकहड्ताल तोडेका हुन् । जेल गएका नेपाली कामदारलाई एकमहिनादेखि नपठाएको, घर फर्काउने प्रक्रियामा निकै ढिलासुस्ती गरेको र कोठाको क्षमताभन्दा तेब्बर बन्दी एकैठाँउमा राखेको भन्दै मंगलबारसाँझदेखि 'रोटी' बहिष्कार गरी भोकहड्तालमा उत्रिएका थिए । 'रोटी' बहिष्कार गरेपछि जेलप्रशासनले निकै गम्भिररुपमा लिएको साउदीका लागि नेपाली राजदुत उदयराज पाण्डेले बताए । जेलप्रशासन र दुताबासले छिटोभन्दा छिटो जेलबाट कामदारलाई स्वदेश पठाउने प्रक्रिया थाल्ने बताएपछि रोटी खाना थालेका छन् । जेलका प्रमुख आएर आूउदो हप्ता करिब ३ सय नेपालीलाई स्वदेश पठाउने बचनदिएपछि भोकहड्ताल तोडेको ९ महिनादेखि जेलमै रहेका सफेद अलीले बताए । 'कर्णेल आएर आउदो हप्ता ३ सयलाई उठाउने बचनदिनुभएपछि भोकहड्ताल तोड्यौं', बाँकेका अलीले फोनमा भने । पहिलोपटक नेपालीले जेलमा रोटी बहिष्कार गरेपछि जेलप्रमुख कर्णेलले राजदुत पाण्डेलाई फोन गरी रिसाएका थिए । 'सफर जेलबाट सबैभन्दा बढी नेपाली गइरहेका छन् । फेरी उनीहरुनै हाम्रो रोटी बहिष्कार गर्ने', कर्णेलको भनाई उद्धत गर्दै दुताबासका एकअधिकारीले भने,'उनीहरु आफै गैरकानुनी हुने । अनि, उल्टै हाम्रो नियम उलंघन गर्ने ।' भोकहड्ताल फिर्ता लिनको लागि दुताबासले दमामस्थित कर्मचारी हरिप्रसाद घिमिरेलाई जेलमा पठाएको थियो । राजदुत पाण्डेका अनुसार १९ दिनदेखि जेलबाट नेपाली स्वदेश गएको छैन् । टिकट अभाबले बन्दीलाई डिपोर्ट गर्न नसकेको पाण्डेले बताए । 'जेल परेका कामदारलाइ स्वदेश फिर्ने टिकट जेल प्रशासनले उपलब्ध गराूउछ । अहिले बिदाको समय भएकोले जहाजको टिकटको अभाब छ', राजदुत पाण्डेले भने,'जेलभित्र रहेका मध्ये आज (बिहीबार) २० जना र आइतबार एकसय ५० जनालाई स्वदेश पठाइने प्रबन्ध मिलाएको छ ।' राजदुत पाण्डेले साउदीमा भाग्ने प्रबृत्तिले गर्दा यो स्थिति आएको बताए । 'कम्पनी छाडेर भागेपछि उनीहरु गैरकानुनी हुन्छन् । त्यस्ताहरु घरजान अनिबार्य जेल जानुपर्छ', उनले भने,'यसले गर्दा सफरजेलमा नेपालीको भीड लागेको छ ।' दुताबासले हरेक महिना कम्तीमा पाँचसय नेपालीलाई जेलबाट स्वदेश पठाउने गरेको छ । सफर जेलमा नेपाली निकै बढीभएपछि बस्न, सुत्न र खाना समेत निकै समस्या छ । 'एकसय जना नअट्ने कोठामा ५ सयभन्दा बढी राखिएको छ', जेलमै रहेका बाँकेका ज्ञानेन्द्र लामिछानेले भने,'दुताबासका कर्मचारी हामीसँग कुराकानी गर्न आउदा माक्स लगाँउछन् । तर, हाम्रोस्थितिलाई नजरअन्दाज गर्छन् ।' असार २१ - साउदी अरबको दमामस्थित सफरजेलमा रहेका झन्डै चारसय नेपालीले गरेको भोकहड्ताल बुधबारसाँझदेखि तोडेका छन् । गैरकानुनी हैसियत भएका कम्तीमा ८० हजार नेपाली घरफिर्न जेल जानुपर्छ । जेलप्रशासनले आउदो साता तीनसय जनालाई स्वदेश फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि बन्दी नेपालीले भोकहड्ताल तोडेका हुन् । जेल गएका नेपाली कामदारलाई एकमहिनादेखि नपठाएको, घर फर्काउने प्रक्रियामा निकै ढिलासुस्ती गरेको र कोठाको क्षमताभन्दा तेब्बर बन्दी एकैठाँउमा राखेको भन्दै मंगलबारसाँझदेखि 'रोटी' बहिष्कार गरी भोकहड्तालमा उत्रिएका थिए । 'रोटी' बहिष्कार गरेपछि जेलप्रशासनले निकै गम्भिररुपमा लिएको साउदीका लागि नेपाली राजदुत उदयराज पाण्डेले बताए । जेलप्रशासन र दुताबासले छिटोभन्दा छिटो जेलबाट कामदारलाई स्वदेश पठाउने प्रक्रिया थाल्ने बताएपछि रोटी खाना थालेका छन् । जेलका प्रमुख आएर आूउदो हप्ता करिब ३ सय नेपालीलाई स्वदेश पठाउने बचनदिएपछि भोकहड्ताल तोडेको ९ महिनादेखि जेलमै रहेका सफेद अलीले बताए । 'कर्णेल आएर आउदो हप्ता ३ सयलाई उठाउने बचनदिनुभएपछि भोकहड्ताल तोड्यौं', बाँकेका अलीले फोनमा भने । पहिलोपटक नेपालीले जेलमा रोटी बहिष्कार गरेपछि जेलप्रमुख कर्णेलले राजदुत पाण्डेलाई फोन गरी रिसाएका थिए । 'सफर जेलबाट सबैभन्दा बढी नेपाली गइरहेका छन् । फेरी उनीहरुनै हाम्रो रोटी बहिष्कार गर्ने', कर्णेलको भनाई उद्धत गर्दै दुताबासका एकअधिकारीले भने,'उनीहरु आफै गैरकानुनी हुने । अनि, उल्टै हाम्रो नियम उलंघन गर्ने ।' भोकहड्ताल फिर्ता लिनको लागि दुताबासले दमामस्थित कर्मचारी हरिप्रसाद घिमिरेलाई जेलमा पठाएको थियो । राजदुत पाण्डेका अनुसार १९ दिनदेखि जेलबाट नेपाली स्वदेश गएको छैन् । टिकट अभाबले बन्दीलाई डिपोर्ट गर्न नसकेको पाण्डेले बताए । 'जेल परेका कामदारलाइ स्वदेश फिर्ने टिकट जेल प्रशासनले उपलब्ध गराूउछ । अहिले बिदाको समय भएकोले जहाजको टिकटको अभाब छ', राजदुत पाण्डेले भने,'जेलभित्र रहेका मध्ये आज (बिहीबार) २० जना र आइतबार एकसय ५० जनालाई स्वदेश पठाइने प्रबन्ध मिलाएको छ ।' राजदुत पाण्डेले साउदीमा भाग्ने प्रबृत्तिले गर्दा यो स्थिति आएको बताए । 'कम्पनी छाडेर भागेपछि उनीहरु गैरकानुनी हुन्छन् । त्यस्ताहरु घरजान अनिबार्य जेल जानुपर्छ', उनले भने,'यसले गर्दा सफरजेलमा नेपालीको भीड लागेको छ ।' दुताबासले हरेक महिना कम्तीमा पाँचसय नेपालीलाई जेलबाट स्वदेश पठाउने गरेको छ । सफर जेलमा नेपाली निकै बढीभएपछि बस्न, सुत्न र खाना समेत निकै समस्या छ । 'एकसय जना नअट्ने कोठामा ५ सयभन्दा बढी राखिएको छ', जेलमै रहेका बाँकेका ज्ञानेन्द्र लामिछानेले भने,'दुताबासका कर्मचारी हामीसँग कुराकानी गर्न आउदा माक्स लगाँउछन् । तर, हाम्रोस्थितिलाई नजरअन्दाज गर्छन् ।'

अफगानिस्तानमा बन्धक बनाइएका १० नेपालीको उद्धार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अफगानिस्तानको बाग्राम इलाकामा बन्धक बनाइएका १० नेपालीको उद्धार गरिएको छ । उद्धारपछि उनीहरुलाई अफगानिस्तानको काबुलमा राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावासको आग्रह अनुरुप अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) ले ती नेपालीको उद्धार गरेको हो । उनीहरुलाई छिट्टै स्वदेश फर्काइने जनाइएको छ । उनीहरुलाई विगत २५ दिनदेखि बाग्राम इलाकामा बन्धक बनाइएको थियो ।

यार्सागुम्बा प्रति किलो २४ लाख रुपैयांमा बिक्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
रुकुममा बहुमूल्य जडिबुटी यार्सागुम्बा प्रति किलो २४ लाख रुपैयांमा बिक्री भएको छ। यार्सा टिपिएको ठाउंमै ‘क’ समूहको यार्सागुम्बा २४ लाख रुपैयांमा बिक्री भएको व्यापारीहरुले बताएका छन्। त्यस्तै ‘ख’ समूहको यार्सागुम्बा प्रति किलो १५ देखि १८ लाख रुपैयांमा बिक्रि भएको व्यापारी मोतिराम बिसीले जानकारी दिएका छन्। यार्सागुम्वा खोज्ने समय सकिएकाले बन्द भएका विद्यालयमा पठन पाठन सुरु हुन थालेको छ। यार्सागुम्बा टिप्ने समयमा शिक्षक र विद्यार्थी यार्सागुम्बा संकलनका लागि जाने हुंदा रुकुमका माथिल्लो भेगका विद्यालय बन्द हुने गरेका छन्।

Jul 4, 2012

सेनामा समायोजन गर्ने काम आजबाट शुरु हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
माओवादीका समायोजन रोजेका लडाकुहरुलाई सेनामा समायोजन गर्ने काम आजबाट शुरु हुँदैछ । समायोजन गर्ने जीम्मा पाएको रक्षा मन्त्रालय, नेपाली सेना तथा लोक सेवा आयोगले लामो गृहकार्यपछि समायोजनको काम थाल्न लागेको हो । नेपाली सेनाका अनुसार माओवादीका पूर्व लडाकु भएका शिविर तर्फ नेपाली सेना र लोक सेवा आयोगको टोली पुगिसकेकोले आजबाट काम शुरु हुनेछ । चरणबद्ध रुपमा लडाकुका मापदण्ड र क्षमता परिक्षण गरी समायोजनलाई जति सक्दो चाँडो टुङ्ग्याउन लागि परेको बताउँदै नेपाली सेनाका प्रबक्ता रमिन्द्र क्षत्रीले त्यसका लागि कसैलाई पनि नकरात्मक सोच नराख्न आग्रह समेत गरेका छन् ।

सञ्चारमन्त्री नहटाए सडक संघर्ष गर्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार २०,मधेशी जनअधिकार फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष नन्दकुमार दत्तले सञ्चारमन्त्री राजकिशोर यादवलाई तत्काल पदबाट नहटाइए सडक आन्दोलनमा जाने चेतावनी दिएका छन्। पार्टीबाट निस्कासित व्यक्तिलाई प्रधानमन्त्रीले मन्त्री पदमा राख्न नहुने उनले बताए। रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने- 'राजकिशोर यादव पार्टीबाट निष्काशित भइसकेका छन् र पार्टीको निर्णयअनुसार मन्त्री बनेकालाई हटाउने निर्णयअनुसार तत्काल हटाउनुपर्छ।' पार्टीको आधिकारिक निर्णय सदर गरेर पदबाट नहटाइए सडक आन्दोलनमा जाने चेताउनी उनले दिए। पूर्व कृषिमन्त्री समेत रहेका उनले सफाइको मौका समेत नदिइकन पदबाट हटाउन प्रधानमन्त्रीलाई यादवले पत्र लेखी फिर्ता बोलाएको स्मरण गराउँदै पार्टीको आधिकारिक निर्णय अनुरुप प्रधानमन्त्रीबाट निर्णय आउनुपर्ने तर्क गरे। 'मलाई राजकिशोरको पत्रकै आधारमा मन्त्रीबाट हटाउने अहिले पार्टीका आधिकारिक निर्णय सदर गरी निर्णय नगर्ने प्रधानमन्त्री भट्टराईको दोहोरो चरित्र हो।' यादवलाई मन्त्री पदबाट हटाउन अध्यक्ष जयप्रकाश प्रसाद गुप्ताद्वारा हस्ताक्षरित पत्र समेत आफूहरुसँग सुरक्षित रहेको बताए। राजकिशोरलाई हटाउनेबारे अन्य मधेशी दलका शीर्ष नेताहरुसँग छलफल गरिसकेको खुलासा गरे। उपप्रधानमन्त्री विजयकुमार गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतोलगायतसँग छलफल भएअनुसार केही दिन पर्खन सुझाव आएबमोजिम मात्र धैर्य गरेको उनले बताए।

विश्वमा टेस्टटयुब बेबीको संख्या ५० लाख

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
टर्कीमा आयोजित प्रजनन विशेषज्ञको सम्मेलनले विश्वमा टेस्टटयुब बेबीको संख्या ५० लाख पुगेको बताएको छ । द इन्टरनेसनल कमिटी फर मनिटरिङ असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजीले टेस्टटयुब बेबीको संख्या ५० लाख पुगेको बताएको हो । तथ्याङकले २००८ भित्रमा संसारभर ५० लाखको संख्यामा टेस्टटयुब बेबीको जन्म भएको सार्वजनिक गरेको हो ।