News

Jul 5, 2012

प्रहरी कुटपिटको विषयले लहान बजार तनावग्रस्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
लहान असार, २१- लहान स्थित होटल विशालमा गएराती जिल्ला प्रहरी कार्यालयका घुमुवा र लहान प्रहरी कार्यालयका सदापोशाकका प्रहरी प्रवेश गरि जथाभावी कुटपिट गरेको विषयलाई लिएर लहान बजार तनावग्रस्त बनेको छ । प्रहरीको ज्यादतीको विरोधमा उत्रिएका स्थानीयवासी र व्यापारीले पूर्व पश्चिम लोकमार्गमा चक्का जाम गरेका छन् । बजारका सबै पसल बन्द छन् । जाम खुलाउन प्रहरीले बल प्रयोग गर्दा आक्रोशित स्थानीय र प्रहरीबीच झडप भएको छ । सहिद चोकमा अहिले स्थानीय र प्रहरीबीच झडप जारी छ । जिल्ला प्रहरी कार्यालयका घुमुवाहरु करिव ९:३० वजे होटलमा प्रवेश गरि म्यानेजर शुनील कुमार साह, निर्माण व्यवसायी संघका अध्यक्ष विशाल कुमार साह, उद्योग वाणिज्य संका पुर्व अध्यक्ष निरश चौधरीलाई कुटपिट गरेका थिए । म्यानेज साहका अनुसार, सादा पोशाकका सात आठ जना नकावधारी होटलमा प्रवेश गरि रुम सर्च गर्छु भनेपछि उनको परिचय मागे। ‘तपाई को हो चिनिन् भन्दा गाली गर्दै कुट्न थाले,' उनले भने, ‘हरेकसँग पेस्तोल थियो। पहिला त गुण्डा पो हो कि जस्तो लाग्यो उनले भने पछि एक जना युनिफर्मका असईलाई दखेर पुलीसहरु नै हो पक्का भयो।‘ होटलउत्तर टाँसिएकै सोनु वस्त्रालयका सञ्चालक सन्तोष साहका अनुसार, पाहुना देखि सञ्चालक सम्मलाई कुटपिट गर्दै होहल्या र गालीगलौजको आवाज सुनेर वाहिर निस्कदा सादा पोशाकका नकावधारीहरु पेस्तोल ताकेर भित्र वसछस् कि हानिदिउ भनेका थिए । पाहुना बसेका ईन्जीनियर गेहेन महर्जनले भने, ‘तल व्रस गर्दै के झरेको थिएँ लाठीले प्रहार गरिहाले। टाउकोमा प्रहार गरेको लठी रोक्न खोज्दा हात भाचियो,' उनले भने, ‘मेरो के दोष थियो कि प्रहरी जस्तो जिम्मेवार निकायका मान्छेले प्रहार गरे। रातीको घटनाले प्रहरीको रवैया पेसेवर गुण्डा जस्तो देखियो सुरक्षा दिनेले नै आक्रामण गर्न थालेपछि कसले बचाउने?' सिरहा प्रहरी प्रमुख राजेश लाला कर्णले भने अपहराधि खोज्न प्रहरी विशाल होटल गएको थियो कसैलाई कुटपिट नगरिएको दाबी गरे । ‘कसैले पनि राजमार्ग वन्द गराउन पाउदैन हामी सुरक्षाकर्मी लगाएर खोलाउँछौ,' उनले भने ।

No comments: