News

Apr 17, 2013

मातृका माओवादी देशव्यापी प्रशिक्षणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
उदयपुर, वैशाख ४- प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकार विघटनको माग राख्दै मातृका यादव नेतृत्वको नेकपा (माओवादी) देशव्यापी प्रशिक्षण कार्यक्रममा उत्रने भएको छ। चैत ३० र ३१ गते काठमाडौंमा भएको विस्तारित बैठकको निर्णयानुसार चुनावी मन्त्रिपरिषदको विघटन माग गर्दै पार्टीले आउँदो १५ गतेदेखि २५ गतेसम्म देशका विभिन्न ठाउँमा जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने तय गरेको जनाएको छ। पार्टीले देशका बिभिन्न चार ठाउँमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको पार्टी केन्द्र बैठकको निर्णय उदृत गर्दै उदयपुर इन्चार्ज हिमालसिंह राईले बताएका छन्। उनका अनुसार पूर्वी जिल्लाका कार्यकर्तालाई समेटेर पार्टीले पूर्वी व्युरोको आयोजनामा सर्लाहीमा आउँदो १५ गते प्रशिक्षण गर्ने भएको छ। त्यस्तै मध्यक्षेत्रका कार्यकर्तालाई नारायणी व्युरोले आउँदो २० गते प्रशिक्षण दिने, २२ गते लुम्बिनीमा र २५ गते सुदूर पश्चिमको कुनै जिल्लामा प्रशिक्षण कार्यक्रम राखिएको राईले बताए। विस्तारित बैठकले जनवादी क्रान्तिका लागि दीर्घकालीन जनयुद्धको तयारीमा लाग्न सबै कार्यकर्तालाई निर्देशन पनि दिएको जनाइएको छ। जनसंविधान निर्माण गर्न संयुक्त क्रान्तिकारी सरकारको गठन गर्नुपर्ने, राष्ट्रपतिले घोषणा गरेको २५ बुँदे घोषणापत्रको तत्काल खारेजीको माग पनि अघि सारेको छ। चारदलीय सिन्डिकेटको अन्त्य गर्न आन्दोलनको आँधी वेहरी सिर्जना गर्ने पूर्वाधार तयारीका लागि पार्टीले प्रशिक्षण कार्यक्रम आयोजना गरेको जनाएको छ। चुनाव गराउने नाममा गठित रेग्मी नेतृत्वको सरकारलाई कठपुतलीको संज्ञा पार्टीले दिएको छ। बैठकले भारत र चीनले गर्दै आएको सीमा अतिक्रमणविरुद्ध संघर्ष गर्न सबै देशवासीलाई आह्वान पनि गरेको छ भने 'बलिदान होईन संघर्ष' गर्ने प्रतिबद्धता प्रस्ताव पनि पारित गरेको जनाइएको छ। कठपुतली सरकार विघटन, क्रान्तिकारी सरकार गठन र दीर्घकालीन जनयुद्धको तयारीलाई प्रमुखता दिएर प्रशिक्षण गर्ने निर्णय गरेको जनाएको छ। बिभिन्न समसामयिक विषयमा केन्द्रित रहेर १२ बुँदे नारासमेत बैठकले तय गरेको पार्टीले जनाएको छ।

सञ्जय दत्तलाई एक महिने राहत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
वैशाख ४ (एजेन्सी) - प्रहरीसामु आत्मसमर्पण गर्न तोकेको समयभन्दा एक दिनअघि बलिउड हिरो सञ्जय दत्तको निवेदनको सुनुवाई गर्दै सर्वोच्च अदालतले थप एक महिना स्वतन्त्र रहनसक्ने निर्णय सुनाएको छ। सन् १९९३ को मुम्बई हमलामा आरोपित दत्तलाई पाँच वर्ष कैद सुनाइएको छ। मानवीय पक्षलाई आधार मान्दै उनलाई एक महिनाभित्र आत्मसमर्पण गर्न समय तोकिएको हो। दत्तले आफूमाथि बलिउडको ठूलो लगानी रहेकाले ६ महिनापछि जेल जाने शर्तमा काम गर्न छुट मागेका थिए। गैर कानुनी हतियार राखेका कारण उक्त घटनामा मुछिएका दत्तले जेल जानुभन्दा एक साता बाँकी रहँदा सर्वोच्च अदालतमा निवेदन गरेका थिए।

अमेरिकाको बोष्टनमा बम बिष्फोट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिकाको बोष्टन शहरमा बम बिष्फोट हुँदा तीन जनाको निधन भएको छ भने दर्जनौ मानिस गम्भिर घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् । बिष्फोटमा परि घाइते भएका १ सय ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बम बिष्फोटमा ८ जना बालबालिका समेत परेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । बम बिष्फोट म्याराथन टुंगाउने क्षेत्रमा भएको हो । बिष्फोटको खवरसँगै राष्ट्रपति बराक ओबामाले टेलिभिजन सम्बोधन गर्दै बम बिष्फोट गराउने जो सुकैलाई तत्काल खोजी कानुनी कारवाही गरिने चेतावनी दिएका छन् । बोष्टन प्रहरीले सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गरेको छ । बाहिर हिड्नु परेमा सानो संख्यामा हिंड्न पनि आग्रह गरेको छ । पहिलो बम बिष्फोट भएको १५ सेकेण्डमै दोस्रो बम बिष्फोट भएको थियो । तेस्रो बम प्रहरीले निष्कृय पारेको अमेरिकी संचार माध्यमले जनाएका छन् ।

Apr 9, 2013

एकात्मक स्ववियु चुनाबको बिरुद्धमा संघीय विद्यार्थी युनियनको प्रेस विज्ञप्ति

मितिः २०६९।१२।२४ 
प्रेस विज्ञप्ति 
नेपाली जनताका परिवर्तनको चाहना र सपनाहरू चरणवद्धरुपमा भएका रक्तिम आन्दोलनहरू जनयुद्ध, जनआन्दोलन २, आदिवासी जनजाति आन्दोलन, लिम्बुवान र मधेश आन्दोलनको सफलताले व्यक्त गरेकै हो । तर पनि विविध कारणले यी आन्दोलनहरू संस्थागत हुन सकिरहेको छैन । यसको पछाडि यथास्थितिवादी तथा परिवर्तन नचाहने तत्वहरूको गद्धार सोचाईको मुख्य भूमिका छ । संघीय विद्यार्थी युनियनले विगतदेखि यसको भण्डाफोर गर्दै आइरहेको छ । नेपाली जनताका चाहना र आवश्यकता अनुरुप संघीय विद्यार्थी युनियनले स्ववियुको चुनाव प्रणालीमा आमूल परिवर्तन गर्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग राखेर नेपाल सरकार, त्रि. वि. लगायत सम्बन्धित् निकायहरूमा ज्ञापन–पत्र बुझाउने लगायत विभिन्न समयमा आन्दोलनको घोषणा गरेको यहाँहरूलाई विदितै छ । यसै सन्दर्भमा बलजफ्ती यथास्थितिमा स्ववियुको चुनाव गराउन खोज्दा २०६५ चैत्र ६ गते लिम्बुवानको झापाको धुलाबारीमा शहीद मनिल तामाङको शहादत्त भएको हो । शहीद मनिलको सपनालाई साकार पार्न संघीय विद्यार्थी युनियन पूर्ण समानुपातिक स्ववियु चुनाव प्रणालीको पक्षमा अडिग भई उभिनेछ । तर हाम्रो माग र आन्दोलन साथै शहिदको बेवास्ता गरी एकलकाटे ढङ्गले चैत्र २३ गतेको त्रि. वि. सभामार्फत नाममात्रको समानुपातिक निर्वाचन प्रणाली पास गरेर मिश्रित चुनाव प्रणालीको नाममा लज्जास्पद ढङ्गले २०७० जष्ेठ १३ गते स्ववियुको चुनाव घोषणा गरेर त्रि. वि.ले विद्यार्थीहरूको परिवर्तनको चाहनामाथि कुठाराघात गरेको छ । संघीय विद्यार्थी युनियन यो घोषणाको घोर भत्र्सना गर्दछ । साथै, यही स्थितिमा जबरजस्त स्ववियुको चुनाव गर्ने दुस्साहस गरे सोको सशक्त बहिष्कार र प्रतिकारसमेत गर्ने यही प्रेस विज्ञप्तिमार्फत चेतवानी दिन चाहन्छौ । संघीय अभिवादन ! .................. 
लाहाङ लिम्बू 
अध्यक्ष संघीय विद्यार्थी युनियन संघीय कार्य समिति, 
काठमाडौं, नेपाल सम्पर्क फोन: ९८०८४८३४४३

“केःवा कोक्मा” फेरि प्रर्दशन हुने, नायिका र निर्देशकलाई सम्मानै सम्मान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं रविन लिङदेन, कल्पना तुम्रोक, 
हङकङ, ७ अप्रील,नेपाल इन्टरनेशनल इण्डिजिनस फिल्म फेस्टिवल २०१२ मा “पब्लिक च्वाइस” अवार्ड जितेका लिम्बु भाषा र संस्कृतीमा आधारित चलचित्र “केःवा कोक्मा” अर्थात “लाटो पहाड” हङकङमा सफलता पुर्वक प्रर्दशन भएको छ । चलचित्र “केःवा कोक्मा” फेरिपनि पर्दशन हुदैछ । किरात याक्थुङ चुम्लुङ हङकङको आयोजनामा सोमवार (८ अप्रिल) साँझ याक एण्ड ऐतिको हलमा प्रर्दशन हुदैछ । सेहोनाम्लाङ फिल्म्स प्रा. ली. को ब्यानरमा निर्माण भएको ठुलो पर्दाको चलचित्र “केःवा कोक्मा” पहिलो पल्ट हङकङमा ३१ मार्चको साँझ याउमातेइ कम्युनिटि सेन्टरको हलमा प्रदर्शन भएको थियो । चलचित्र प्रर्दशनपछि उक्त चलचित्रका निर्देशक रवि शेर्मा र नायिका प्रविन पन्धाकलाई जता–ततै भेट–घाट तथा सम्मान कार्यक्रमको आयोजना भएको छ । निर्देशक शेर्मा र नायिका पन्धाकलाई भेट–घाट तथा सम्मान गर्ने क्रममा “किरात धर्म तथा साहित्य उत्थान संघ हङकङ”ले सुक्रवार (५ अप्रिल) साँझ याउमातेई स्थीत आफ्नै माङहिम परिसरमा नायिका पन्धाक र निर्देशक शेर्मालाई भेट–घाट तथा सम्मानको कार्यक्रम आयोजना गरेको थियो । “पन्धाक समाज हङकङ”ले जोर्डन स्थीत फुलबारी क्लबमा विहिवार (४ अप्रिल) साँझ रात्रि भोजन सहित भेट–घाट तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । समाजको अध्यक्ष चन्द्र पन्धाकको साथमा समाजका पदाधिकारीहरुले नायिका पन्धाक र निर्देशक शेर्मालाई उपहार प्रदान गरि खदाले सम्मान गरेका थिए भने समाजका सचिव कृष्ण पन्धाकले कार्यक्रम संचालन गरेका थिए । एकैदिमा तीन छुट्टा–छुट्टै स्थानमा भएको कार्यक्रममा हङकङ नेपाली महासंघको कार्यालयमा नायिका पन्धाकले सुक्रवार साँझ नेपाल स्टक एक्सचेन्ज सम्बन्धी कक्षा संचालन गरेका थिए । नेपालको एकमात्र स्टक एकस्चेज “नेप्से”मा कार्यरत पन्धाकले संचालन गरेको काक्षामा यहाँका ब्यापारी वर्ग र स्टक एक्सचेन्ज सम्बन्धी अनुभविहरुले क्लासमा भाग लिएका थिए । उनि अहिले कानुनी विषयलाई लिएर एलएलवीमा अध्यायन गर्दैछिन विभिन्न कलेजमा अध्यापिका गर्दे छिन । किरात याक्थुङ चुम्लुङ हङकङले याक एण्ड एती रेस्टुरेन्टको हलमा निर्देशक नायीकालाई सम्मान तथा बिदाई कार्यक्रमको आयोजना गरेको थियो । चुम्लुङ हङकङका अध्यक्ष त्रिभुवन लुम्फुङवाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी चुम्लुङका निर्वतमान अध्यक्ष राज बहादुर चोङबाङ रहेका थिए भने बिषेश अतिथि नायीका प्रबिन पन्धाक र निर्देशक रवि शेर्मानै रहेका थिए । चुम्लुङको सल्लाहकार कृष्ण राज लावोती, (एनेकपा माओवादी हङकङका सचिव) जेवी ओख्राबु, हस्त लिबाङ, सनराईज साप्ताहिकका प्रधान सम्पादक भुपेन्द्र चेम्जोङ, किरात धर्म तथा साहित्य उत्थान संघ हङकङ अध्यक्ष मोहनमान नेम्बाङ, तेह्रथुम हङकङ मञ्चका अध्यक्ष श्याम ईङनाम, रमेश सिङगक, सुमन वनेम, संघीय सामाजवादी पार्टी हङकङका अध्यक्ष ओमराज सम्बाहाम्फे, इन्द्र वनेम, नेपाली आर्टस एण्ड कल्चर एसोसिएसनका अध्यक्ष नन्द चङसु, हेम अन्छम्बु लगायत कार्यक्रमका अतिथिहरुले आ–आफ्नो मन्तब्य राखेका थिए । लिम्बु भाषा र संस्कृतीमा आधारित चलचित्र “केःवा कोक्मा” को वारेमा बोल्दै ‘आफ्नै कथा वस्तु समेटिएको’ अतिथिहरुले मन्तब्य राख्ने क्रममा उक्त कुरा वताए । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष असली वनेमले गरेकी थिईन भने कार्यक्रम सन्चालन चुम्लुङका सह सचिव लाजेसा आङबुहाङले गरेका थिए । हङकङ तेह्रथुम मञ्चको आठौं वार्षिक कार्यक्रम (आज) आइतवार दिउसो मंकी हिलको डाँडामा भएको कार्यक्रमको अवसरमा चलचित्र “केःवा कोक्मा”लाई सम्मान गर्दे निर्देशक शेर्मालाई सम्मान गरेको थियो । त्यस्तैगरि, पान्थर मञ्च हङकङले मगलवार (३ अप्रिल)साँझ काउलुन करी हाउसमा भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । मञ्चका अध्यक्ष प्रताम कुमार कोयु राईको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव टिका माखिमले संचालन गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष कुमार गुरुङले गरेका थिए । निर्देशक रवि शेर्मा र नायिका प्रविन पन्धाकलाई किरात याक्थुङ चुम्लुङ हङकङले यहाँ वोलाएका थिए । उनिहरु २८ मार्चमा आइपुगेका थिए । एक औपचारीक कार्यक्रमको आयोजना गरि प्रदशन भएको चलचित्र “केःवा कोक्मा”ले दर्शको माया पाएको निर्देशक रवि शेर्मा र नायिका प्रविन पन्धाकले वताए यहाँको स्थानिय नेपाली संचारकर्मीलाई वताए । लिम्बु भाषा (मातृ भाषा) मात्र वोल्न सक्ने मानिस अथवा एउटा वच्चा नेपाली समुदायमा कसरी हुर्कन्छ भन्ने शिक्षा बोकेको चलचित्र “केःवा कोःक्मा”मा नेपालको प्रसासनले त्याहाँको आदिवासीहरुलाई थाहा नदिइ एकतर्फि ढंगले निति नियम वनाएर उनिहरुलाई कानुनको उल्लङघन गरेको भन्दै जवरजस्ती कानुनको दायरामा ल्याएको देखाएको छ । “कानुन बनाउदा त्याहाँको आदिवासीहरुलाई सोधेर, थाहा दिएर, प्रतिनिधि गराएर कानुन वनाए मात्र सहज स्वीकार गर्न सकिने” चलचित्रको कथावस्तुमा समेटिएको छ । रवि शेर्माले निर्देशन गरेको चलचित्रका प्रस्तुतकर्ता तथा नायक सविन तुम्बाहाङफेको “केःवा कोःक्मा”मा निर्माता आइन्द्र सुन्दर नेम्बाङ सहनिमार्ताहरुमा सुमन वनेम, इन्द्र आङदेम्बे, सक्ति नेम्बाङ, होम कुमारी सिङघक सुनुवार रहेका छन् । चलचित्रका नायिका प्रविण पन्धाक छिन भने बाल कलाकार अर्जुन वेघा रहेका छन । यासेली योङहाङ, सुर्य प्रकाश चेम्जोङ, आइन्द्र सुन्दर नेम्बाङ, अर्जुन वेघा लगायतका कालाकारहरुको विशेष भुमिका रहेको उक्त चलचित्रमा उपेन्द्र शुब्बाको लेखन तथा भुवानी विक्रम सम्बाहाम्फेले संगित दिएका छन् । चलचित्रका निर्देशक शेर्मा याक एण्ड ऐतीको प्रर्दशन पछि मात्र नेपाल जाने वताएका छन् भने नायिका पन्धाक पढाइ र जागिरको ब्यस्तताको कारण देखाउदै शनिवार नेपाल फर्किए ।

अमेरिकामा संघीय लिम्बुवान समाज अमेरिकाको विधिवत गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 न्युयोर्क, (यू.एस.ए) अप्रिल ७, २०१३,अमेरिकाको न्यूयोर्क शहरको ज्याक्सन्हाईट्समा ७ अप्रिल २००७ (चैत्र २५) का दिन राम चोङ्बाङ लिम्बूको अध्यक्षतामा २७ सदस्ययीय संघीय लिम्बुवान समाज अमेरिकाको कार्य समिति घोषणा भएको छ । नव घोषित संघीय लिम्बुवान समाज, अमेरिकाको कार्य समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षहरू केशर लिम्बू, दिपेश लिम्बू (खाम्बेक) र बीरेन्द्रहाङ लाबुङ लिम्बू (न्यू योर्क), रोशन लिबाङ (क्यालिफोर्निया), महेश लिम्बू (म्यासाचुसेट्स), सुहाङ (टिनेस्सी), पूर्ण लिम्बू (कनेक्टि
कट), शेरसिंह लिम्बू (डिसी) तथा दिल सेनेहाङ (टेक्सास) रहेका छन् । समितिका महासचिवमा राम सोदेम्बा लिम्बू रहनुभएको छ भने सचिवहरूमा योगेश लिङ्देन (न्यू योर्क), राम यक्सो (टेक्सास) र तेज सुब्बा फोम्बो (क्यालिफोर्नीया) रहेकाछन् | समाजको सचिवालय सचिवमा देशहाङ लिम्बू (न्यू योर्क) चुनिनु भएको छ | यसैगरी, समाजका कोषाध्यक्षमा राजकुमार पङयाङ्गु लिम्बू र सह-कोषाध्यक्षमा सन्तोष लिम्बू निङ्लेखु चयन हुनुभएको छ | संघीय लिम्बुवान समाज अमेरिकाका सदस्यहरुमा टेक्सास राज्यबाट- के.बी. थुप्पुको थेबे, आशिष लिङ्देन, ताराबहादुर लिम्बू, प्रेम फागो लिम्बू, देव लिम्बू (टिनेस्सी), डा. भरत लिम्बू ईवाहाङ् (नर्थ क्यारोलिना) चुनिनु भएको छ | यसैगरी, न्यू योर्क राज्यबाट टंकबहादुर मगर, बिनय सोदेम्बा र चेतन सुब्बा चोङ्बाङ चुनिएका छन् । संघीय लिम्बुवान समाज अमेरिका तदर्थ समितिका अध्यक्ष नगेन्द्र ईङ्नाम 'सेरि:त'को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जनजाति महासंघ अमेरिकाका उपाध्यक्ष र कार्यवाहक अध्यक्ष रहेका बिनोद पोमु लिम्बू मुख्य अतिथि रहनुभएको थियो | मगर संघ अमेरिकाका महासचिव मानबहादुर राना मगर कार्यक्रमका विशेष अतिथी रहेका थिए। "लिम्बुवानमा मानव अधिकारको संरक्षण, एक निर्वाचन क्षेत्र: एक संघीयवादी उम्मेदवार मित्र" भन्ने मूल नारा पारित भएको यस कार्य समितिको घोषणा कार्यक्रमलाई सुभाष लामा, केशबराम राई, लुइसाङ् वाइबा तमाङ, देवेन्द्र सम्बाहाम्फे, मनु लोहोरुङ, मणि वाङ्देल राई, प्रदीप थापा मगर, नगेन्द्र ईङ्नाम, बिनोद पोमु लिम्बू र मानबहादुर राना मगरले शुभकामना सम्बोधन गर्नुभएको थियो | संघीय लिम्बुवान समाज अमेरिकाको उक्त घोषणा कार्यक्रमलाई तदर्थ समितिका महासचिव दिपेश लिम्बू (खाम्बेक) ले सञ्चालन गरेका थिए भने तदर्थ समितिकै सचिव युगेश लिङ्देनले उपस्थित महानुभावहरूलाई स्वागत गर्नुभएको थियो । तदर्थ समितिका अध्यक्ष ईङनामले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली घोषणा गरी सार्वजनिक गरेपछि जिम्मेवारी हस्तान्तरण गरेर नयाँ कार्यसमितिको सफलताको लागि शुभकामना दिनुहुँदै कार्यक्रमको समापन भएको थियो | स्मरणरहोस, गत फेब्रुअरी २२ का दिन न्यूयोर्कमै नगेन्द्र ईङ्नाम "से:रित" को प्रमुख संयोजकत्वमा बनेको १७ सदस्यीय 'लिम्बुवान समाज अमेरिका' को संयोजन अर्थात् तदर्थ समिति गठन गरिएको थियो | तदर्थ समितिका सह-संयोजकहरुमा केशर लिम्बू (न्यू योर्क), 
रोशन लिबाङ (क्यालिफोर्निया), 
महेश लिम्बू (म्यासाचुसेट्स), 
सुमन सुहाङ (टिनेस्सी) 
र पूर्ण लिम्बू (कनेक्टिकट) रहनुभएको थियो | त्यसैगरी, संयोजन समितिको 
महासचिवमा दिपेश चबेगु "खाम्बेक",
सचिवमा योगेश लिङ्देन र
 कोशाध्यक्षमा बिरेन्द्रहाङ लाबुङ लिम्बू रहनुभएको थियो |
 तदर्थ समितिका सदस्यहरुमा राम चोङबाङ, टंक मगर, देश लिम्बू चोङबाङ, राजकुमार लिम्बू, राम लिम्बू सोदेम्बा, बुद्ध चेम्जोङ, चेतन सुब्बा र के.बी. लिम्बू रहेका थिए | नेपालमा मौलिक शैली, विचार र धरातलबाट पहिचानसहितको संघीय-लिम्बुवान आन्दोलनलाई निरन्तर हाँकीरहेको संगठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको अमेरिका सम्पर्क समितिको रुपमा समेत रहेर यो संस्थाले नेपालको लिम्बुवानमा मानवधिकार र लोकतन्त्रको रक्षार्थ सामाजिक कार्यहरु गर्ने भन्ने लक्ष्य रहेको छ । लिम्बुवान समाज अमेरिकाको तदर्थ समितले यस अघिनै लिम्बुवानको ताप्लिजोङ फुङलिङस्थित शेर्पा टोलका २८ अग्निपीडित घर-परिवारलाई लाखौंको आर्थिक राहत सहयोग समेत गरेको छ | 
 - राम सोदेम्बा लिम्बू, न्यू योर्क/डीबी आङबुङ लिम्बू लिम्बुवान, नेपाल

लोकमानको मुद्धा आज पनि सर्‍यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चैत २७ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व मुख्य सचिव लोकमानसिंह कार्कीलाई नियुक्त नगराउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनको सुनुवाई फेरी सरेको छ। सर्वोच्च अदालतका कायममुकायम प्रधान न्यायाधीश दामोदरप्रसाद शर्मा र शुशीला कार्कीको संयुक्त इजलासमा पेशी चढेको उक्त मुद्धाको सुनुवाई प्राविधिक कारणवश सरेको अदालतका सहायक प्रवक्ता हेमन्त रावलले बताएका छन्। अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिट निवेदनमा संवैधानिक परिषद्लाई विपक्षी बनाइएको छ। परिषद्का सदस्य समेत रहेका शर्माको इजलासमा पेशी चढेका कारण सुनुवाई सरेको अदालतका सहायक प्रवक्ता रावलले बताए।  

यस अघि आइतबार न्यायाधीश रामकुमारप्रसाद साह र गिरिशचन्द्र लालको संयुक्त इजलासमा पेशी चढे पनि सुनुवाई हुन सकेको थिएन।। आइतबार सर्वोच्च अदालतका पूर्व अस्थायी न्यायाधीश कमल नारायण दासका छोरा प्रसन्नकृष्ण दासले बहसमा उपस्थिति जनाएका कारण न्यायाधीश साह सुनुवाई गर्नबाट अलग भएका थिए। मुद्धाको कुनै पक्ष, वकिल वा नजिकको नातेदार भएमा न्यायाधीशले मुद्धा हेर्न अस्वीकार गर्ने विश्वव्यापी मान्यता र आचार संहिता छ। 
साथीका छोरा दासले पक्षको दर्फबाट बहस गर्न इजलास पुगेपछि न्यायाधीश साह मुद्धा सुनुवाईबाट अलग भएका थिए। मुद्धा हेर्नबाट अलग हुनुलाई न्यायाधीशको निष्पक्षता प्रतिको प्रतिबद्धताका रुपमा न्यायिक क्षेत्रमा हेरिन्छ। 

सुन तस्करी काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले र २०६२/०६३को जन आन्दोलन दबाउन भूमीका निर्वाह गरेको भन्दै रायमाझी आयोगले दोषी ठहर गरेकोले प्रमुख आयुक्तमा अयोग्य भएको दाबी रिट निवेदनमा गरिएको छ। 
दायर गरिएको निवेदनमा मन्त्रिपरिषद्का अध्यक्ष समक्ष प्रमुख आयुक्तका लागि कार्कीको नाम पेश हुनु जन विरोधी, गैर संवैधानिक र गैरकानूनी भएकोले परमादेश जारी गर्न माग गरिएको छ। निवेदन उपर अदालतमा सुनुवाई हुनु अघि कार्कीलाई प्रमुख आयुक्तमा नियुक्त गरेमा अधिकारपृक्षाको आदेशले पदमुक्त गर्न समेत माग गरिएको रिट निवेदक अर्यालले बताए। 
२०५१ सालमा सुन तस्करी कार्यमा संलग्न भएको दाबी गर्दै अख्तियारले कार्की विरुद्ध अदालतमा मुद्धा चलाएको छ। यस मुद्धा अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ। त्यस्तै,सर्वोच्च अदालतका पूर्व न्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा गठित आयोगले २०६२/०६३को जन आन्दोलनको दमन गर्ने कार्यमा कार्कीको मुख्य भूमिका निर्वाह गरेको भन्दै दोषि ठहर गरेको थियो। तत्कालिन मुख्य सचिव कार्कीलाई विभागीय कारबाहि गर्न सिफारिस गर्दै आयोगले भविष्यमा सरकारी पदको जिम्मेवारी नदिने गरी अभिलेख राख्ने सुझाव दिएको थियो।