News

Oct 21, 2008

कांग्रेस सरकारमा नजाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले सरकारमा सहभागी हुन गरेको प्रस्तावलाई नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले अस्वीकार गर्नुभएको छ। कांग्रेस सभापति कोइरालालाई सोमबार साँझ भेटेर प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह गर्दा कोइरालाले प्रतिपक्षमा बसेर नै संविधान निर्माणको काममा सहयोग पुर्याउने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसले विजयादशमी तथा दीपावलीको उपलक्ष्यमा आयोजना गरेको चियापान कार्यक्रममा समेत सत्तामा सहभागी हुन कांग्रेसलाई आग्रह गर्नुभएको थियो र सोही प्रक्रियालाई टुंगोमा पुर्याउन सोमबार साँझ भेटवार्ता भएको थियो। शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउन र संविधान निर्माणमा सहयोग पुर्याउन मैले सरकारमा सहभागी हुन आग्रह गरेँ तर कोइरालाले प्रतिपक्षमा नै बसेर सहयोग पुर्याउने बताउनुभयो’ -भेटपछि प्रचण्डले सञ्चारकर्मीहरूसँग भन्नुभयो।भेटमा आफूले शान्ति प्रक्रियालाई तात्त्विक निष्कर्षा पुर्याउने, नयाँ संविधान बनाउने र नयाँ आयोग बनाउने विषयमा लचिलो भइदिन पनि कोइरालालाई आग्रह गरेको प्रचण्डले जानकारी गराउनुभयो। करिब २० मिनेट लामो भेटमा कोइरालाले सबै पक्षलाई विश्वासमा लिएर अगाडि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको थियो। अबको मन्त्रिपरिषद् बैठकले विगतमा गरिएका सहमतिअनुरूप गठन हुन बाँकी रहेका समिति गठनको प्रक्रियालाई अगाडि बढाउनेछ र सो सम्बन्धमा पनि मैले सभापति कोइरालालाई जानकारी गराएँ’ -प्रचण्डले भन्नुभयो। प्रधानमन्त्री प्रचण्ड र सत्तासाझेदार दलहरूले तिहारअगडि सेना समायोजनसम्बन्धी विशेष समिति, राज्य पुनः संरचना आयोग, मेलमिलाप आयोगलगायत थुप्रै आयोग र समिति बनाउने बताउँदै आएका छन्।कांग्रेस सभापति कोइरालाको यो अस्वीकृतिपछि अब माओवादीले कांग्रेसलाई सत्तामा सहभागी गराउने पहललाई अन्त्य गरेको छ।यो अन्तरिम सरकारः कोइरालाकांग्रेस सभापति कोइरालाले प्रचण्डको नेतृत्वमा रहेको वर्तमान सरकार अन्तरिम मात्र भएको बताउँदै त्यसको बोध गर्न र पदीय दायित्व अनुसारको अभिव्यक्ति दिन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिनुभएको छ। पार्टी सभासद्हरूलाई संसदीय तालिम दिन सोमबार पार्टी विदेश विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति कोइरालाले भन्नुभयो- अन्तरिम संविधानअनुसार गठन भएको सरकार पनि अन्तरिम हुन्छ, त्यसलाई प्रचण्डले बुझनुपर्ने हो।’सभापति कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई एउटा ठोस नीति बनाउन र पदीय मर्यादाअनुरूप अभिव्यक्ति दिन पनि सुझाव दिनुभयो। प्रधानमन्त्री जुन देशमा गयो, सोही देशअनुसारको अभिव्यक्ति दिइरहनुभएको छ, प्रधानमन्त्रीले पदीय दायित्वअनुसारको अभिव्यक्ति दिनुपर्छ’ -कोइरालाले भन्नुभयो। सभापति कोइरालाले माओवादीले सहमति, सहकार्य र एकताको संस्कृतिलाई तोडेको आरोप लगाउनुभयो।सभापति कोइरालाले १२बँुदे सहमति अगाडि प्रचण्डसँग दिल्ली भ्रमणका क्रममा भएको पहिलो भेटका बारेमा पनि सभासद् र कार्यकर्ताहरूलाई जानकारी गराउनुभएको थियो। ँप्रचण्डले पहिलो भेटमा नै तत्कालीन राजासँग आŠनो भेट भएको र दुवै पक्ष मिली कांग्रेसलगायतका संसदीय पार्टीलाई सिध्याउने प्रस्ताव राखेको तर आफूले अस्वीकार गरेको जानकारी गराउनुभएको थियो’ -कोइरालाले भन्नुभयो।कार्यक्रममा पार्टीनेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेललगायतले आफना विचार व्यक्त गर्नुभएको थियो।प्रचण्ड-खनाल भेट प्रधानमन्त्री प्रचण्ड र एमाले महासचिव झलनाथ खनालबीच पनि सोमबार नै भेटवार्ता भएको छ। कांग्रेस सभापति कोइरालासँग भेट्नुअगाडि प्रचण्डले महासचिव खनालसँग वार्ता गरी कांग्रेसलाई सत्तामा सहभागी गराउने र अन्य राजनीतिक काम अगाडि बढाउने विषयमा छलफल गर्नुभएको थियो। भेटमा प्रधानमन्त्री प्रचण्डको आग्रहलाई स्वीकार गर्दै सरकार सञ्चालनका लगि गठन गर्न लागिएको उच्चस्तरीय राजनीतिक समिति संयोजकको जिम्मेवारी एमाले पूवमहासचिव माधवकुमार नेपाललाई दिन पार्टी सहमति रहेको जानकारी महासचिव खनालले गराउनुभएको थियो। प्रधानमन्त्री प्रचण्ड र एमाले पूवमहासचिव नेपालबीच अब वार्ता भएपछि उच्चस्तरीय राजनीतिक संयन्त्रले काम प्रारम्भ गर्ने भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको वार्तामा अब मन्त्रिमण्डल विस्तार गर्ने र धादिङलगायत विभिन्न ठाउँमा भएका झडपहरू अन्त्य गर्ने विषयमा पनि सहमति भएको थियो। भेटमा एमालेका नेता भरतमोहन अधिकारी, गृहमन्त्री वामदेव गौतम, अर्थमन्त्री डा.बाबुराम भट्टर्राई, रक्षामन्त्री रामबहादुर थापा पनि सहभागी हुनुहुन्थ्यो।

'राजनीतिक सेनालाई नेपाली सेनामा समायोजन हुन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नेपाली सेनामा कुनै राजनीतिक सेनालाई समायोजन गर्न नहुने बताउनुभएको छ । कांग्रेस विदेश विभाग तथा सोसलिष्ट इन्टरनेशनलले कांग्रेस सभासदहरुको सम्मानमा आयोजना गरेको कार्यक्रममा सभापति कोइरालाले राजनीतिबाट प्रेरित सेनालाई राष्ट्रिय सेनामा समायोजन गरिए सेनाको छवि धुमिलिने बताउनुभयो ।संसदीय प्रणाली मान्दैनौ भन्ने माओवादीले संसदीय प्रणाली अन्तर्गतको सरकारमा रहेको भन्दै उहाँले सरकार कुन प्रणालीमा रहेको प्रष्ट पार्न माओवादी नेताहरुलाई आग्रह गर्नुभयो । अन्तरिम संविधान अन्तरगत बनेको सरकार पनि अन्तरिम भएकाले महत्वपूर्ण निर्णय गर्न नपाउने उहाँको भनाइ थियो ।कांग्रेस सभापति कोइरालाले शान्ति प्रक्रियाको लागि आफूले विगतमा गरेको सहमति र सम्झौताबारे सभासदहरुलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले माओवादी सेना राजनीति प्रशिक्षित सेना भएकोले उनीहरुलाई कुनै पनि सुरक्षा दस्तामा समायोजन गर्न नहुने बताउनुभयो ।

Oct 20, 2008

दुइ मन्त्रीको हानथाप कर्मचारी अन्योलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सूचनाप्रविधि उच्चस्तरीय आयोगलाई लिएर वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश साह र सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराबीच विवाद बढेपछि आयोगका कर्मचारी अन्योलमा परेका छन्। स्रोतका अनुसार वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयअर्न्तर्गत रहेको सो आयोगलाई सूचना तथा सञ्चारमन्त्री महराले सुटुक्क आफनो मन्त्रालयमा गाभ्ने प्रयास गरेका कारण दुइ मन्त्रीबीच विवाद बढेको हो।ँमन्त्री महराले डेढ वर्षघिदेखि सूचनाप्रविधि उच्चस्तरीय आयोगलाई सूचना तथा सञ्चार मन्त्रालयमा गाभ्ने कोसिस गरे पनि अहिले यसको अन्तिम तयारी भइरहेको छ’, स्रोत भन्छ- पहिला आयोगलाई मात्र सार्ने र पछि हाल कार्यरत सम्पूर्ण कर्मचारी हर्टाई आफना मानिस राख्ने तयारी गरेका कारण कर्मचारीहरू अन्योलमा परेका छन्।’सूचनाप्रविधि उच्चस्तरीय आयोगको गठन २०६० सालमा विज्ञान तथा प्रविधि मन्त्रालय मातहतमा प्रधानमन्त्री यसको अध्यक्ष रहने गरी तत्कालीन मन्त्रिपरिषद्ले गरेको थियो।सूचनाप्रविधि -आईटी) सम्बन्धी नीति तर्जुमा एवम् पुनरवलोकन गर्ने, आईटीसम्बन्धी अनुसन्धान र विकास गर्नेलगायतका काम, कर्तव्य र अधिकार दिई सो आयोगको गठन गरिएको थियो।स्रोतका अनुसार विगत पाँच वर्षेखि वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयअर्न्तर्गत रहेको सो आयोगलाई सूचना तथा सञ्चारमन्त्री महराले आफनो मन्त्रालयमा सार्ने प्रयास भित्रभित्रै गरेको थाहा पाएपछि विज्ञानमन्त्री साहले त्यसो नगर्न आग्रह गर्नुभएको थियो। तर सूचना तथा सञ्चारमन्त्री महराले आयोगलाई आफनो मन्त्रालयमा गाभ्ने अड्डी कसेपछि दुइ मन्त्रीबीचको विवाद चर्किएको हो’ -स्रोत बताउँछ।प्रधानमन्त्री आयोगको अध्यक्ष रहने भएकाले सार्नै परे यसलाई प्रधानमन्त्री कार्यालयको मातहतमा राखिनुपर्छ’, स्रोत भन्छ- अन्यथा यसलाई अन्य मन्त्रालयमा र्सार्न मिल्दैन।’ स्रोतका अनुसार सूचना तथा सञ्चारमन्त्री महराले शुरूमा बनेपास्थित सूचनाप्रविधि (आईटी) पार्क आफनो मन्त्रालयका लागि माग गर्नुभएको थियो। आयोगको रेखदेखमा रहेको सो पार्क आयोगले नदिने बताएपछि मन्त्री महराले आयोगलाई नै आफनो मन्त्रालयमा गाभ्ने प्रयास गर्नुभएको हो’ -स्रोत बताउँछ।ँआयोगलाई लगे विज्ञान मन्त्रालयसँग महत्त्वपूर्ण् अंग केही नरहने बताउँदा पनि लान्छु भन्छन्’ -महरासँगको विवादपछि आफना कर्मचारीसँग विज्ञानमन्त्री साहले भनेको भनाइ स्रोतले उद्धृत गर्दै बतायो।

गृह प्रशासनमा व्यापक हेरफेर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शान्तिसुरक्षालाई सबल बनाउने उद्देश्यले गृह मन्त्रालयले आफू मातहतका निकायमा व्यापक हेरफेर र सरुवा गरेको छ। जसअनुसार कारागार व्यवस्था विभागको महानिर्देशकमा भोलाप्रसाद शिवाकोटी र निर्देशकमा डिल्लीप्रसाद शिवाकोटीलाई सरुवा गरेको छ।मन्त्रालयले ६७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई सरुवा गर्नुका साथै हेटौंडाका सहक्षेत्रीय प्रशासकमा गणेशबहादुर खत्री र पोखराका सहक्षेत्रीय प्रशासकमा केशरबहादुर बानियाँलाई सरुवा गरेको छ।गृहले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा ध्रुव शर्मा, ललितपुरमा लक्ष्मीप्रसाद ढकाल, भक्तपुरमा कमलमणि काफले, मोरङमा शशीशेखर श्रेष्ठ, झापामा नरेन्द्र दाहाल, सप्तरीमा रामविलास राय, सिरहामा गेहनाथ भण्डारी र धनुषामा शम्भु कोइरालालाई सरुवा गरेको छ।त्यसै गरी र्सलाहीमा बलिरामप्रसाद सिंह, महोत्तरीमा तारानाथ गौतम, पर्सा शंकरप्रसाद कोइराला, रौतहटमा कमलेशकुमार सिंह, मकवानपुरमा अनिलकुमार पाण्डे, कास्कीमा माधवप्रसाद ओझा, दाङमा श्रीवत्स घिमिरे, कैलालीमा बाबुराम लामिछाने, सुर्खेतमा रुद्रप्रसाद पौडेल, बाँकेमा माधवप्रसाद रेग्मी र कञ्चनपुरमा कलाघर देउजालाई प्रजिअका रूपमा सरुवा गरिएको छ।त्यस्तै धादिङमा उद्धवबहादुर थापा, नुवाकोटमा अब्दुलकलाम खान, काभ्रेमा नेत्र न्यौपाने, सिन्धुपाल्चोकमा भानुभक्त पोखरेल, दोलखामा काशीराज दाहाल, जुम्लामा जनकराज रेग्मी, हुम्लामा शिवप्रसाद नेपाल, मुगुमा जितेन्द्रबहादुर भण्डारी, कालिकोटमा सीताराम कार्की, डोल्पामा बलदेवप्रसाद भट्टलाई सरुवा गरेको छ।गृहले प्रमुख अध्यागमन अधिकृतमा द्रोण पोखरेल र क्षेत्रबहादुर भण्डारीलाई ल्याएको छ भने प्रहरी किताब खानाको महानिर्देशकमा उद्धवप्रसाद भट्टर्राईलाई सरुवा गरेको छ।मन्त्रालयले सुनसरी, चितवन, रूपन्देही, गोर्खा, म्याग्दी, पाल्पा, अर्घार्खाँची र दार्चुलाको प्रमुख जिल्ला अधिकारीलाई भने यथावत् राखेको छ। अन्य जिल्लाका सबै प्रजिअको सरुवा गरेको गृह मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले केही सहायक प्रमुख जिल्ला अधिकारी र केहीलाई मन्त्रालयमा काजमा ल्याएको छ।

कांग्रेस पनि वर्तमान गठवन्धन सरकारमा आउने - प्रचण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठवन्धन सरकारको विकल्प नभएकाले कांग्रेस पनि सरकारमा आउने बताउनुभएको छ । माओवादी वा कांग्रेसलाई अलग्याएर नयाँ संविधान बनाउन नसकिने भन्दै उहाँले सरकारमा नजाने अडानवाट काग्रेस विस्तारै पग्लदै गएको बताउनुभयो ।नेपालगञ्जका माओवादी निकटका बुद्धिजिविहरुसँग भएको अन्तरक्रियामा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले दलहरु एक आसपमा मिल्नुको कुनै विकल्प नरहेको धारणा राख्नुभयो । गठवन्धन सरकारमा कुनै विवाद नरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकर नरहे मुलुकको अस्तित्व नरहने दावी गर्नुभयो ।तिहार अघि नै राजनीतिक नियुक्तिको टुङ्गो लगाएर सुरक्षा निकाय र कर्मचारीहरुको सरुवा बढुवा गरिने र द्वन्द्वकालमा घर परिवार गुमाएकाहरुको लागि राहत तथा पुनस्थापना कार्यक्रम ल्याइने उहाँको भनाई थियो । उहाँले माओवादीप्रति अन्तर्राष्ट्रिय समुदायमा रहेका भ्रम अन्त्य भइरहेको र आफ्नो विदेश भ्रमणले त्यसलाई ठूलो टेवा दिएको बताउनुभयो ।

कोसी विस्थापितहरुलाई तेस्रो चरणको राहत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोसी बाढीबाट विस्थापित भएकाहरुलाई तेस्रो चरण अन्तर्गतको राहत र रासन वितरण सुरु गरिएको छ । दैवी प्रकोप उद्धार समिति सुनसरीले तेस्रो चरणमा प्रत्येक परिवारलाई थप डेढ महिनाको लागि राहत र रासन वितरण सुरु गरेको हो ।समितिका सदस्य पुण्यप्रसाद भट्टराइका अनुसार जल्पापुरस्थित मदरसा शिविर, लौकही शिविर, जनता उच्च माध्यमिक विद्यालय, मधुवन शिविर, जामिया इस्लामिया मदरसा शिविरका विस्थापितहरुलाई तेश्रो चरणको राहत वितरण भइरहेको छ ।दुइ महिनादेखि शिविरहरुमा बस्दै आएका विस्थापितहरुले भने राहत र राशन कार्ड वितरण पारदशी नभएको भन्दै गुनासो गर्दै आएका छन्. । भदौ २ गते कोसीमा आएको वाढिले सप्तकोसीको तटबन्ध भत्कँदा विस्थापित भएका ४० हजार स्थानीय बासिन्दा अहिलेपनि शिविरहरुमा बस्दै आएका छन् ।

वाइसिएल कार्यकर्ताको मृत्यु भएपछि धादिङस्थित तनाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
युथ फोर्ससँग भएको झडपका क्रममा वाइसिएल कार्यकर्ताको मृत्यु भएपछि धादिङस्थित पृथ्वी राजमार्ग क्षेत्रमा बिहानैदेखि तनाव जारी रहेको छ । झडपका बेला हिजो युथ फोर्सका कार्यकर्ताले लखेटेपछि भाग्न लाग्दा वाइसिएल कार्यकर्ता कृष्णबहादुर भण्डारीको त्रिशुली नदीमा खसेर मृत्यु भएपछि अवस्था तनावग्रस्त भएको हो ।तनावकै कारण थप घटना हुन नदिन स्थानीय प्रशासनले हिजो राति १० बजेदेखि लगाएको कर्फयु भने आज सोमबार बिहान ६ बजेबाट हटाएको छ । आक्रोशित वाइसिएल कार्यकर्ताले धादिङ पिडा गाविसको बेल्खु बजारमा ना२ख ६६९७ टि्रपर र बा१२प ३१०५ नम्बर मोटरसाइकलमा आगजनी गरेका छन् ।मोटरसाइकलमा आएका अज्ञात समूहले सिम बजारमा दुइ दिनअघि एमाले कार्यकर्ता राजेन्द्र रिमालमाथि खुकुरी हानेपछि दुइ समूहबीच विवाद सुरु भएको थियो ।