News

Oct 21, 2008

कांग्रेस सरकारमा नजाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले सरकारमा सहभागी हुन गरेको प्रस्तावलाई नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले अस्वीकार गर्नुभएको छ। कांग्रेस सभापति कोइरालालाई सोमबार साँझ भेटेर प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह गर्दा कोइरालाले प्रतिपक्षमा बसेर नै संविधान निर्माणको काममा सहयोग पुर्याउने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसले विजयादशमी तथा दीपावलीको उपलक्ष्यमा आयोजना गरेको चियापान कार्यक्रममा समेत सत्तामा सहभागी हुन कांग्रेसलाई आग्रह गर्नुभएको थियो र सोही प्रक्रियालाई टुंगोमा पुर्याउन सोमबार साँझ भेटवार्ता भएको थियो। शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउन र संविधान निर्माणमा सहयोग पुर्याउन मैले सरकारमा सहभागी हुन आग्रह गरेँ तर कोइरालाले प्रतिपक्षमा नै बसेर सहयोग पुर्याउने बताउनुभयो’ -भेटपछि प्रचण्डले सञ्चारकर्मीहरूसँग भन्नुभयो।भेटमा आफूले शान्ति प्रक्रियालाई तात्त्विक निष्कर्षा पुर्याउने, नयाँ संविधान बनाउने र नयाँ आयोग बनाउने विषयमा लचिलो भइदिन पनि कोइरालालाई आग्रह गरेको प्रचण्डले जानकारी गराउनुभयो। करिब २० मिनेट लामो भेटमा कोइरालाले सबै पक्षलाई विश्वासमा लिएर अगाडि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको थियो। अबको मन्त्रिपरिषद् बैठकले विगतमा गरिएका सहमतिअनुरूप गठन हुन बाँकी रहेका समिति गठनको प्रक्रियालाई अगाडि बढाउनेछ र सो सम्बन्धमा पनि मैले सभापति कोइरालालाई जानकारी गराएँ’ -प्रचण्डले भन्नुभयो। प्रधानमन्त्री प्रचण्ड र सत्तासाझेदार दलहरूले तिहारअगडि सेना समायोजनसम्बन्धी विशेष समिति, राज्य पुनः संरचना आयोग, मेलमिलाप आयोगलगायत थुप्रै आयोग र समिति बनाउने बताउँदै आएका छन्।कांग्रेस सभापति कोइरालाको यो अस्वीकृतिपछि अब माओवादीले कांग्रेसलाई सत्तामा सहभागी गराउने पहललाई अन्त्य गरेको छ।यो अन्तरिम सरकारः कोइरालाकांग्रेस सभापति कोइरालाले प्रचण्डको नेतृत्वमा रहेको वर्तमान सरकार अन्तरिम मात्र भएको बताउँदै त्यसको बोध गर्न र पदीय दायित्व अनुसारको अभिव्यक्ति दिन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिनुभएको छ। पार्टी सभासद्हरूलाई संसदीय तालिम दिन सोमबार पार्टी विदेश विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति कोइरालाले भन्नुभयो- अन्तरिम संविधानअनुसार गठन भएको सरकार पनि अन्तरिम हुन्छ, त्यसलाई प्रचण्डले बुझनुपर्ने हो।’सभापति कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई एउटा ठोस नीति बनाउन र पदीय मर्यादाअनुरूप अभिव्यक्ति दिन पनि सुझाव दिनुभयो। प्रधानमन्त्री जुन देशमा गयो, सोही देशअनुसारको अभिव्यक्ति दिइरहनुभएको छ, प्रधानमन्त्रीले पदीय दायित्वअनुसारको अभिव्यक्ति दिनुपर्छ’ -कोइरालाले भन्नुभयो। सभापति कोइरालाले माओवादीले सहमति, सहकार्य र एकताको संस्कृतिलाई तोडेको आरोप लगाउनुभयो।सभापति कोइरालाले १२बँुदे सहमति अगाडि प्रचण्डसँग दिल्ली भ्रमणका क्रममा भएको पहिलो भेटका बारेमा पनि सभासद् र कार्यकर्ताहरूलाई जानकारी गराउनुभएको थियो। ँप्रचण्डले पहिलो भेटमा नै तत्कालीन राजासँग आŠनो भेट भएको र दुवै पक्ष मिली कांग्रेसलगायतका संसदीय पार्टीलाई सिध्याउने प्रस्ताव राखेको तर आफूले अस्वीकार गरेको जानकारी गराउनुभएको थियो’ -कोइरालाले भन्नुभयो।कार्यक्रममा पार्टीनेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेललगायतले आफना विचार व्यक्त गर्नुभएको थियो।प्रचण्ड-खनाल भेट प्रधानमन्त्री प्रचण्ड र एमाले महासचिव झलनाथ खनालबीच पनि सोमबार नै भेटवार्ता भएको छ। कांग्रेस सभापति कोइरालासँग भेट्नुअगाडि प्रचण्डले महासचिव खनालसँग वार्ता गरी कांग्रेसलाई सत्तामा सहभागी गराउने र अन्य राजनीतिक काम अगाडि बढाउने विषयमा छलफल गर्नुभएको थियो। भेटमा प्रधानमन्त्री प्रचण्डको आग्रहलाई स्वीकार गर्दै सरकार सञ्चालनका लगि गठन गर्न लागिएको उच्चस्तरीय राजनीतिक समिति संयोजकको जिम्मेवारी एमाले पूवमहासचिव माधवकुमार नेपाललाई दिन पार्टी सहमति रहेको जानकारी महासचिव खनालले गराउनुभएको थियो। प्रधानमन्त्री प्रचण्ड र एमाले पूवमहासचिव नेपालबीच अब वार्ता भएपछि उच्चस्तरीय राजनीतिक संयन्त्रले काम प्रारम्भ गर्ने भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको वार्तामा अब मन्त्रिमण्डल विस्तार गर्ने र धादिङलगायत विभिन्न ठाउँमा भएका झडपहरू अन्त्य गर्ने विषयमा पनि सहमति भएको थियो। भेटमा एमालेका नेता भरतमोहन अधिकारी, गृहमन्त्री वामदेव गौतम, अर्थमन्त्री डा.बाबुराम भट्टर्राई, रक्षामन्त्री रामबहादुर थापा पनि सहभागी हुनुहुन्थ्यो।

No comments: