News

May 14, 2013

३३ दलद्वारा अख्तियार कार्यालय घेराउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेकपा-माओवादी लगायत विभिन्न ३३ दलले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय घेराउ गरेका छन् । अख्तियारद्वारा दोषी ठहरिएका विवादस्पद छविका लोकमान सिंह कार्कीलाई नै अख्तियार प्रमुखमा नियुक्त गरिएपछि त्यसको विरोधमा आन्दोलन गरिरहेका ३३ दलले आज अख्तियार कार्यालय घेराउ गरेका हुन् । उनीहरुले बिहान ९ बजेदेखि ११ बजेसम्म अख्तियार कार्यालय घेर्दै नाराबाजी गरेका थिए। अख्तियारले सुन तस्करीकाण्डमा ७२ लाखको दोषी ठहर गरेको व्यक्ति तथा शाहीकालिन मुख्य सचिव र जनआन्दोलन दबाउन मुख्य भूमिका खेल्ने मध्ये एक रहेका कार्कीलाई अख्तियार जस्तो महत्वपुर्ण निकायमा प्रमुखको जिम्मेवारी दिएको भन्दै ३३ दलले आयोगको कार्यालयमा २ घण्टा धर्ना दिएका हुन् । आन्दोलनकारीहरुलाई अख्तियारको गेटसम्म पुग्न नदिएपछि उत्ततरतर्फ भाटभटेनी र दक्षिण टंगाल गणेश छेउमा आन्दोलनकारीहरुले धर्ना र नाराबाजी गरेका थिए ।

No comments: